सरावल गाउपालिका अध्यक्ष चौधरी स्कुटीमै सरर……….

विभिन्न गाउपालिका र नगरपालिकामा सवारीसाधनको विषयलाई लिएर विवादको विषय बन्ने गरेको छ । केही पालिकाका अध्यक्षले पाएको गाडीलाई आफ्नो निजी बाहनजस्तै ठान्ने गरेको पनि पाईने गरिएको छ,तर नवलपरासी जिल्लाको सरावल गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीलाई सवारीसाधनको कुराले कुनै मतलब राखेको छैन् । उनी आफ्नो दैनिक गाउपालिकाको कामलाई नै दैनिकी बनाई काम गर्ने क्रममा आवश्यकता अनुसार सवारी साधनको प्रयोग गर्ने गरेका छन् । कम आन्तरिक आय भएको गाउपालिकाको साधन स्रोतलाई मितब्ययी बनाउने मान्यता उनी राख्ने गरेका छन् । विहिवार उनी गाउपालिकाको चारपाँग्रे वाडी भन्दा स्कुटीमै चढेर गाउपालिका भित्र हुदै गरेको विद्युतीकरण क्षेत्रमा स्थान देखाउन पुगे ।
सरावल ४ गोबरहिया देखी हातीबनसम्म सडक किनारमा स्कुटीमा भेटिएका गाउपालिका अध्यक्ष चौधरीले विद्युतको पोल गाड्ने स्थान स्थानिय मजदुरलाई देखाउदै थिए । उनका अनुसार अहिले विद्युतीकरण नभएको क्षेत्रमा विद्युतीकरण नेपाल विद्युत प्राधिकरणले गर्ने कार्य गर्दै छ । विद्युतीकरण गर्दा केही समस्या पनि आउने गरेको हुदा आफु स्थलगत नै पुगेर सहजीकरण गर्दै गरेको पनि सुनाए । उनले चारपाँग्रे गाडी भन्दा स्कुटी मै घुम्न रमाईलो भएको सुनाए । चारपाँग्रेमा चढ्दा धेरै मान्छेसँग नजिक हुन गाहे भई रहेको आफुले महशुस गरेको अनुभवन पनि सुनाए । तर स्कुटीले जो जहाँ मिल्यो,त्यही आफु रोकेर कुराकानी गर्न सकिदो रहेछ,उनले भने, चारपाँग्रे गाडी भने आफुले प्रयोगै नगरेको भने होईन,तर अति आवश्यक ठाँउमा जादा मात्र प्रयोग गर्ने सोच बनाएको छु । जुन स्थानमा म मात्र पुग्नु पर्ने आवश्यकता छ,त्यहाँ आठ जना बस्ने सिटको गाडी लिएर जानु भन्दा त यहिँ स्कुटी नै ठिक भएको उनले आफ्नो अनुभव सुनाए ।

कार्यालयमा गाडी भए अन्य कर्मचारी,पदाधिकारीले पनि अतिआवश्यक कार्यमा प्रयोग गर्न सक्छन्,उनले भने, कामको प्राथमिकता र आवश्यकता अनुसार सवारीसाधनको प्रयोग गर्न जान्नु पर्छ । कस्ले के भन्ला ? अन्य पालिकाले के कस्तो गर्दै छ,त्योसँग आफु नक्कल गर्दै हिड्नु भन्दा आफुलाई जे जसरी सहज हुन्छ,त्यसरी नै काम गर्नु पर्ने मान्यता राख्छु,अध्यक्ष चौधरीले थपे,अहिले गाउपालिका नजिकै यो विद्युतकरणको काम भई रहेको छ,त्यो पनि खेत खेतमा गएको सडक किनारमा भई रहेको छ । यहाँ गाडी ल्याउन आवश्यक ठानिन । त्यही भएर आफुले यो स्कुटी लिएर आएको उनले बताए ।
हुन त स्कुटी पनि सरकारी नै हो,उनले भने , अघिल्लो कार्यकालमा उपाध्यक्षलाई चढ्ने गरि गाउपालिकाले खरिद गरेको स्कुटी हो । त्यही स्कुटी अहिले प्राय आफुले प्रयोग गर्ने गरेको सुनाए । कहिले आवश्यक परेमा उपाध्यक्षले प्रयोग गर्न पनि सक्छिन् । काममा पनि एउटै कार्यक्रममा दुबै जना जानु भन्दा एक जना मात्र जाने गरेका उनको दाबि थियो । यसले काम विभाजन गरि काम गरियो भन्ने जनप्रतिनिधिको पहुँच जनतासम्म हुन्छ । जनताले पनि आफ्ना समस्या निर्धक्कले राख्न सक्छन् । सरावल गाउपालिका चुरे देखी भारतिय सिमासम्म फैलिएको छ । जिल्लाकै डुबान प्रभावित गाउपालिका पनि हो,उनले भने, सबै गाउमा पुग्न पनि सजिलो छ । यो बर्षायाममा चारपाँग्रे भन्दा स्कुटीले हिड्नको मजा नै आर्कै छ । गाउपालिकाले जनप्रतिनिधि र कर्मचारी भन्दा जनता सेवालाई प्राथमिकतामा राख्दै आएको उनको दाबी थियो । स्वास्थ्य सेवा पनि सरावल गाउपालिका अहिले दोश्रो स्थानमा छ । शिक्षामा पनि अन्य केही नगरपालिका भन्दा पनि गुणस्तरिय शिक्षा सेवा छ । कृषि क्षेत्रको विकासमा पनि सन्तोषजनक नै काम गर्दै आएको भनाई अध्यक्ष चौधरीको थियो ।

2 Comments

  • You actually make it appear really easy with
    your presentation but I in finding this topic to be really something that I feel
    I would by no means understand. It seems too complex and very extensive for me.
    I’m taking a look forward for your subsequent submit,
    I will try to get the grasp of it!

  • I’m really enjoying the design and layout of your website.
    It’s a very easy on the eyes which makes it much more pleasant for me to come here and visit more often. Did you hire out
    a designer to create your theme? Great work!

Leave a Reply

Your email address will not be published. Required fields are marked *