Health Advertisement

सुत्केरी गाईभैसीका लागि पोषणभत्ता

नवलपरासी,
गर्भवती महिलालाई गर्भजाँच देखी गर्भाावस्था देखी सुत्केरीसम्म सरकारले विभिन्न पोषण कार्यक्रम चलाउदै आएको सुन्नु भए होला, तर यहाँ जिल्लाको सुस्ता गाउपालिकाले महिलालाई मात्रै नभई सुत्केरी गाईभैसीलाई पनि सुत्केरी पोषण भत्ताको योजना ल्याएको छ । गाउपालिका भित्र पशुपालन फस्टाउने र किसानलाई राहत दिने उदेश्यले यस्तो गाईभैसी सुत्केरी भत्ता कार्यक्रम ल्याएको हो ।
जिल्लाको सुस्ता गाउपालिकाले सुत्केरी गाईभैसी हुने किसानलाई गाईभैसीलाई आवश्यक पोषणका लागि पोषणपत्ता लिनका लागि आवेदन माग गरेको छ । चालु आर्थिक बर्ष २०७९/०८० बार्षिक कार्यक्रममा पशुसेवा प्रवद्र्धनात्मक कार्यक्रममा सो कार्यक्रम राखिएको हुदा पशुपालक किसानसँग आवेदन माग गरेको छ । मानिसमा जस्तै सुत्करी अवस्थामा पशुलाई पनि पोषण आवश्यक पर्ने पशु चिकित्सकको परामर्श अनुसार नै सो कार्यक्रम राखिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए ।
अहिले गाउपालिका भित्रका पशुपालक किसानलाई सो सुविधा लिनका लागि आवेदन आह्वान गरिएको छ । पशुलाई स्वस्थ्य रहन,स्वस्थ्यकर दुध दिन र बाच्छाबाच्छी तथा पाडापाडी पनि स्वस्थ्य रहुन भन्ने पोषण भत्ताको उदेश्य रहेको छ,अधिकृत पौडेलले भने, यसले किसानलाई राहत हुनेमा विश्वास गाउपालिकाले लिएको छ । पोषणपत्ता प्राप्त गरि किसानले सुत्केरी गाईभैसीलाई पोषणयुतm दाना चारा खुवाउन सकेमा दुधको उत्पादकत्व बढने र किसानलाई समान्य भन्दा केही बढि आय आर्जन पनि हुने उनको भनाई छ ।
सुन्दा समान्य ब्यतिmलाई यो नौलो र आश्चर्य लाग्न सक्छ,अधिकृत पौडेलले भने,तर पोषण पशुको दुध स्वस्थ्यकर हुने र ति दुध अन्तममा मानिसले नै सेवन गर्दा त्यसको लाभ अन्तमा मानिसलाई नै हुनेछ । त्यस्ता पशुको पोशिलो दुध सुत्केरी महिला र बच्चाले सेवन गर्दा स्वास्थ्य लाभ हुने छ । किसानलाई आर्थिक दृष्किोणले मात्रै नभई यो कार्यक्रमले पोषणको स्रोतमै लगानी हुने हुदा अन्ततःत्यसले मानिसको स्वास्थ्यलाई हुनेछ । जसरी स्वस्थ्यकर बालनालीका लागि आवश्यक पोषण,मलखाद्य सिचाई आवश्यक पर्छ,त्यसै गरि पशुमा पनि दुधदिने वा पाडा मासुमा प्रयोग हुदा स्वस्थ्यकर मासु पनि हुने छ । यसले पनि घुमिफिरी मानिसकै स्वास्थ्यसँग जोडिन्छ । परिक्षणको रुपमा यस बर्ष नमुनाका लागि यस्तो बजेट कार्यक्रम राखिएको छ । यसको प्रभावकारिताका आधारमा अगामी दिनमा विस्तार गर्दै लगिने छ ।
गाईभैसी सुत्करी भत्ताका लागि सम्बन्धित किसानले गाईभैसीको विवरण सहितको वार्डबाट सिफारिस,फर्म दर्ता भएको प्रमाणपत्र,किसानको नागरिकता प्रमणपत्र लगायतका कागजात माग गरिएको छ । पशुपालक किसानले यो आयोजनालाई कसरी उपभोगमा ल्याउने र त्यसको प्रभावकारिताले सुस्ता गाउपालिकालाई अगामी योजना बनाउन मार्ग निर्देश गर्ने विश्वास गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । यो जिल्लाका लागि सम्भवतःनौलो कार्यक्रम हो । सुस्ता गाउपालिकामा हाल ६ वटा वार्ड रहेका छन् । पशुपालनका लागि विगत बर्ष देखी नै अग्र स्थानमा रहेको पालिकाले पशुपालन क्षेत्रको विस्तार लैजाने लक्ष्य रहेको छ । विगत बर्ष देखी नै बर्षायाममा जिल्लाको सरावल,प्रतापपुर,पाल्हीनन्दन लगायतका गाँउका किसान बर्षायाममा भैसी लिएर सुस्ताको चरन क्षेत्रमा चराउन जाने गरेका थिए । त्यो क्रम अहिले केही घटे पनि निरन्तता अहिले पनि छ । सुस्ता भुमिमा छाडा रुपमा गाईभैसी चराउने क्षेत्र रहेको हुदा यहाँका किसानले गर्मियाम र बर्षायाममा पशु चराउर गएको भनेर सुस्तालाई प्रायबाचीको रुपमा लिने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *