नवलपरासी,
जिल्लाको सुनवल स्थित लक्ष्मि स्टिल लिमिटेडले सुनवलबासीलाई १ सय थान सडक बत्ति उपलब्ध गराएको छ । उद्योगले आफ्नो समाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उज्जयाले सुनवल अभियानलाई सहयोग हुने गरि सुनवल वार्ड नम्बर ७ लाई सो सडक बत्ति उपलब्ध गराएको हो ।
आईतवार एक कार्यक्रमको आयोजना गरि उद्योगका महाप्रबन्धक(जिएम) दामोदर पौडेलले सय थान सडक बत्ति वार्ड अध्यक्ष नारायण प्रसाद अचार्यलाई हस्तानान्तरण गरेको थियो । सडक बत्तिको लागत ६ लाख रहेको जिएम पौडेलले बताए । उनका अनुसार उद्योगले बेला बेलामा आफ्नो समाजिक उत्तरदायित्व अन्तरगत यस्तो समाजिक कार्यमा हातेमालो गर्दै आएको छ । यो कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाएका थिए । उद्योगको समान्य लगानीले सुनवल उज्जयालो अभियानलाई मद्दत पुगेको वार्ड अध्यक्ष अचार्यले जानकारी गराएका थिए । उद्योग सोही वार्डमा सञ्चालन हुदै आएको छ ।