समाचार

रामग्राम—पण्डितपुर पर्यटन मार्ग अन्तिम चरणमा, तिन बर्ष देखी सोही मार्गको पुल अलपत्र
पर्यटन, रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रामग्राम—पण्डितपुर पर्यटन मार्ग अन्तिम चरणमा, तिन बर्ष देखी सोही मार्गको पुल अलपत्र

नवलपरासी,१० मंसिरप्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर जोड्ने रामग्राम —पण्डितपुर पर्यटन मार्ग पक्कि गर्ने कार्य अन्तिम चरणमा पुगे पनि सोही सडकलाई जोड्ने पुल तिन बर्ष देखी अलपत्र रहेको छ । जिल्लाको रामग्राम १५ सुक्राली स्थित तुरियाखोला पुलको डिजाईन फेल भएर निर्माण कार्य रोकिएको र हालसम्म सुचारु हुन नसकेको स्थानियले बताएका हुन् ।रामग्राम — पण्डितपुर पर्यटन मार्गको पुल म्याद सकिएको तिन बर्ष पुग्न लाग्दा पनि निर्माण कार्य पुनः सुचारु हुन सकेको छैन् । पुल प्रति स्थानिय जनप्रतिनिधि तथा सरोकारवालाको बेला बेलामा लुम्बिनी प्रदेश सरकार तथा सम्बन्धित मन्त्रालयलाई ताकेता,जानकारी गराउदै आए सम्बन्धित मन्त्रालयले काम गराउन चाँसो नलिदा पुल हालसम्म अलपत्र परेको हो ।पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाँई नै कम राखेर डिजाईन गरेको कारण अहिले पुलको डिजाईन नै फेल भएको थियो । पुललाई अग्लो बनाउने...
खोलाजन्य समाग्रिको चोरी तस्करी रोक्न बैधानिक निकासीको तयारी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

खोलाजन्य समाग्रिको चोरी तस्करी रोक्न बैधानिक निकासीको तयारी

नवलपरासी, ९ मंसिरबर्षायाम सकिना साथै खोलाजन्य समाग्रिको चोरी तस्करी हुन थाले पछि खोला जन्य समाग्रि निकासी ब्यवस्थापन र नियमन गर्ने निकायहरु ठेक्का बन्दोबस्तमा लागेको बताएका छन् । बन क्षेत्रको खोलानाला डिभिजन बन कार्यालय र बन बाहिरका नारायणी नदी लगायतका खोलानालाहरु सम्बन्धित स्थानिय सरकारले निकासी बन्दोबस्तमा जुटेका हुन् ।खोला निकासीका लागि दुई दिन पहिला सुस्ता गाउपालिकाले स्थानियसँग नारायणी नदिबाट खोलाजन्य समाग्रि निकासीबारे सार्वजनिक सुनुवाई गरेको छ,भने प्रतापपुर गाउपालिकाले समेत विशेष गाउसभाबाट खजुरा खोलाबाट भस्कट,माटो,बालुवा निकासी गर्ने गरि निर्णय गराएको छ । यता डिभिजन बन कार्यालयले समेत जिल्ला भित्र रहेको बन क्षेत्रमा पर्ने १४ वटा खोलाको निकासी प्रकृया अगाडी बढाएको छ । डिभिजन बन कार्यालयका अनुसार सुनवल नगरपालिका स्थित आदर्श सामुदायिक बन क्षेत्र भित्र पर्ने तुरिया खोला,बडेरा सामुदायिक ...
उत्खननले पण्डितपुरमा भेटिदै प्राचीन इनार तथा शहरका भग्नावेश
पर्यटन, रामग्राम नगरपालिका, समाचार

उत्खननले पण्डितपुरमा भेटिदै प्राचीन इनार तथा शहरका भग्नावेश

नवलपरासी, ७ मंसिरदुई साता देखी पुरातत्व विभागको टोलीले सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) गरि रहेको उत्खननमा प्राचीन शहर(सिटी)का भग्नावशेषहरु भेटिन थालेको छ । विगत तिन दशक देखी निरन्तर पुरातात्विक खोज अन्वेषण हुदै आएको विभागको टोलीले उत्खनन गर्दा प्राचीन इनार तथा इनार नजिकैका भवन पुर्वाधारहरु देखिन थालेका हुन् ।भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर)लाई भौतिक रुपमा नै उत्खनन गरि अन्वेषण गर्ने उदेश्यले पुरातत्व विभागले उत्खननले प्राचीन पुर्वाधारहरु भेटिन थाले पछि उत्खननमा लागेको टोली उत्साही भएको छ । पुरातत्व विद भास्कर ज्ञवालीको नेतृत्वमा कातिक २४ गते आई पुगेको २५ गते देखी उत्खनन टोलीले उत्खनन कार्य शुरु गरेको थियो ।उत्खननले भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्विक बस्तु पत्ता लगाउन उत्खननका लागि ट्रेन्च लगाइएको प...
झरही र पिडुराखोला दोभान कुण्डको गोही संरक्षण गर्न गोही आरक्ष क्षेत्र घोषणा गर्ने तयारीमा स्थानिय
पर्यटन, रामग्राम नगरपालिका, समाचार

झरही र पिडुराखोला दोभान कुण्डको गोही संरक्षण गर्न गोही आरक्ष क्षेत्र घोषणा गर्ने तयारीमा स्थानिय

नवलपरासी,७ मंसिरजिल्लाका तिन पालिकालाईको मिलनविन्दु समेत रहेको पिडुरा झरही दोभान कुण्डमा रहेका गोहीलाई संरक्षण गर्न त्यसलाई गोही आरक्ष क्षेत्र घोषणाको तयारीमा स्थानिय जुटेका छन् । रामग्राम १७ पिपरहिया,पाल्हीनन्दन ३ कुश्मा र सरावल ४ पुर्नहा र ललितपुर गाँउको विचमा रहेको करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको दोभान जलासय र कुण्ड क्षेत्रलाई गोही आरक्ष क्षेत्रको रुपमा विकास र संरक्षण गर्न स्थानिय जुटेका हुन् ।ति कुण्डमा दर्जनौ साना ठूला गोही रहेकोले सो क्षेत्रलाई गोही आरक्ष क्षेत्र घोषणा गराउन पहल भई रहेको रामग्राम १७ का वार्ड अध्यक्ष कन्यैया मौर्यले बताए । बर्षायामा झरही र पिडुरा खोलामा घुम्ने र रमाउने गोहीहरु हिउँद र गर्मिमा पिडुराको कुण्डमा बास बनाई बस्दै आएको जनाए । अब्यवस्थित रुपमा रहेका गोहीलाई ब्यवस्थित गर्न आवश्यक देखिएको छ । अब्यवस्थित गोहीहरुले स्थानिय स्तरमा जोखिम र चुनौती पनि बनेको छ, उ...
गाउपालिकाको ब्यवस्थापनले आकर्षित बन्दै सुस्ता नमुना ताल
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

गाउपालिकाको ब्यवस्थापनले आकर्षित बन्दै सुस्ता नमुना ताल

नवलपरासी,४ मंसिरजिल्लाको सुस्ता गाउपालिकाले डेढ करोड लगानी गरि बनाएको ‘सुस्ता नमुना ताल’ को स्वरुपले आकर्षण थपिएको छ । पटेर लगायतका झाडीले भरिएको पुरानो जलासयलाई लगानी गरि सुस्ताले तालको स्वरुप पाए पछि तालमा हेर्न आउनेको आकर्षण बढदै गएको हो ।लुम्बिनी प्रदेश सरकारसँग पनि सो जलायस ब्यवस्थित गरि ताल बनाउने योजना अगाडी सारेको थियो । त्यसै प्रयोग विहिन रहेको जलासयलाई ब्यवस्थित गरि तालको स्वरुप बनाउने र पर्यायर्टन,जलविहार लगायतका पर्यटन गतिविधि गर्ने गरि गाउपालिकाले काम गर्न शुरु गरेको थियो । तालमा तिन बर्ष देखी सुस्ता गाउपालिको निरन्तर लगानी गर्दै सरसफाई तथा ब्यवस्थापनमा जुटे पछि अहिले तालले नयाँ स्वरुप पाएको स्थानियले बताएका छन् । यस्तो ताल बन्ला भनेर लागेको थिएन्,स्थानिय लख्खु यादवले भने, तर अहिले सफा भए पश्चात तालले स्वरुप वाएको छ ।ताल नयाँ स्वरुप पाउदै गर्दा स्थानियमा पनि उत्साह थपिएको यादव...
परासी हाट बजारको डिपिआर नपाए पछि जिसस गुहार्दै ब्यवसायी
अर्थ, कृषि, रामग्राम नगरपालिका, समाचार

परासी हाट बजारको डिपिआर नपाए पछि जिसस गुहार्दै ब्यवसायी

नवलपरासी,२ मंसिरजिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही ब्यतिmले अतिक्रमण गरिरहेको भन्दै ब्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गर्दा नपाए पछि जिल्ला समन्वय समितिलाई गुहारेका छन् । हाट बजार ब्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाईन सहितको डिपिआर कातिक १५ गते नै माग गरेको तर हालसम्म उपलब्ध नभए पछि उनी सोमवार जिससमा निवेदन दर्ता गराएका हुन् ।अतिक्रमण नरोक्ने डिपिआर र डिजाइन पनि सार्वजनिक नगर्ने नगरपालिकासँग लिखित निवेदन दिई आफुले बजारको डिपिआर माग गरिएको तर नगरपालिकाले सो डिपिआर उपलब्ध नगाए पछि आफुले जिससमा निवेदन दर्ता गराएको अग्रहरीले बताए । सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्ने निकाय नगरपालिका नै हो, उनले भने,तर संरक्षण भन्दा अहिले अतिक्रम्ण भई राख्दा मौन देखिएको छ । कानुनी प्रकृया अपनाई अतिक्रमण रोकाउनका लागि आफु बजारको डिपिआ...
भारतको गँगा बाढी नियन्त्रण आयोगद्धारा गण्डक क्षेत्रमा अनुगमन
कृषि, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

भारतको गँगा बाढी नियन्त्रण आयोगद्धारा गण्डक क्षेत्रमा अनुगमन

नवलपरासी,३ मंसिरगण्डक परियोजनासँग दर्जनौ समस्या दुई देशका प्राविधिकहरुको बैठक चार बर्ष देखी बस्न नसकिरहेको बेला अहिले भारतको गँगा बाढी नियन्त्रण आयोगको टोलीले अनुगमन गरेको छ । गण्डक क्षेत्रको डुबान,कटान तथा नदि नियन्त्रणका कार्य प्रगति तथा देखिने समस्याबारे आयोगको टोलीले अनुगमनसँगै दुबै नेपाल भारत दुबै देशका सिचाई प्राविधिकहरुसँग छलफल गरेको हो । अयोगका प्रतिनिधि सेर सिँह सहितको टोलीले सुस्ता ३ स्थित गण्डक कोलोनीमा संयुतm बैठक बस्नुका साथै गण्डक बाँधका संरचनाहरुको स्थलगत अनुगमन समेत गरेको थियो । अनुगमन पश्चात गण्डक बाँध अन्तरगतका विभिन्न बाँध,स्परहरुमा कामको गुणस्तरियता माथी प्रश्न उठाउदै सोधपुछ समेत गरेको थियो । स्पर बनाउदा फिनिसिँग(सफाई) काम नगरिएको बारे जिज्ञासा राखेको थियो । स्पर तथा नदि तटबन्ध गर्दा नदिको सतहसँग म्याचिगँ(मिलान) नगरि काम गर्दा तलबाट ब्लकहरु बग्ने अवस्था रहेको ,नद...
गुरुयोजना १ अर्ब ७० करोड, निकासा १ करोड
कृषि, समाचार, सरावल गाउँपालिका

गुरुयोजना १ अर्ब ७० करोड, निकासा १ करोड

नवलपरासी,२ मंसिरजिल्लाको सिमावर्ति भुजहवा क्षेत्रको डुबान नियन्त्रणका लागि बनेको मास्टरप्लान (गुरुयोजना) १ अर्ब ७० करोडको भए पनि निकासा एक करोड मात्र भएको छ । सरावल,प्रतापपुर र पाल्हीनन्दन गाउपालिकामा विगत चार दशक देखी डुबानको समस्या झेल्दै आएका तिन पालिकाका दर्जन बढि गाँउको डुबान नियन्त्रण गर्ने उदेश्यले डेढ अर्ब बढिको गुरुयोजना बनाइए पनि १ करोडको मात्रै सरकारले निकासा गरे पछि काम कर्ताबाट शुरु गर्नेमा प्राविधिकहरु नै अन्यौलमा परेका हुन् ।गुरुयोजना अर्बको भए पनि निकासा एक करोड मात्र भएको नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीले जनाएको छ । गुरुयोजना भित्र थुप्रै काम गर्ने कुरा उल्लेखति भए पनि काम के र कहाँबाट शुरु गर्नेमा अहिले अलमल भएको कार्यालय प्रमुख तिलकराम बुढाथोकीले बताए । ति पालिकाहरुको डुबान नियन्त्रण गर्नका दुई बर्ष पहिला गुरुयोजना बनाउने माग भएको थियो, सो...
रामग्राम स्तुप क्षेत्रमा भ्रमण गर्न एक बर्षमा ३१ देशका १५ हजार बढि आए तेश्रो मुलुकका पर्यटक
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप क्षेत्रमा भ्रमण गर्न एक बर्षमा ३१ देशका १५ हजार बढि आए तेश्रो मुलुकका पर्यटक

नवलपरासी, २९ कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रमा सन २०२५ नोवेम्बर महिनाको पहिलो सातासम्म १५ हजार भन्दा बढि तेश्रो मुलुकमा पर्यटक तथा बौद्ध तिर्थयात्रीले भ्रमण गरेका छन् । पर्यटकिय पुर्वाधार नभए पनि बुद्ध प्रति श्रद्धा राख्ने भारत र नेपाल बाहेक ३१ देशबाट धार्मिक पर्यटक तथा बौद्ध तिर्थयात्रीले भ्रमण गरि स्तुपको दर्शन गरेका हुन् ।सबै भन्दा थाईलैण्डबाट ६ हजार १ सय ६० जना धार्मिक पर्यटकले भ्रमण गरेको रामग्राम विकास कोषको कार्यालयले जनाएको छ । थाइलैण्डका पर्यटकलाई बास बस्नका लागि थाईहरुको आफ्नै बौद्ध विहार बनाएको लाईलैण्डका बढि पर्यटक आउने र बास बस्ने गरेको रामग्राम विकास कोष कार्यालयका प्रमुख अरविन्द चौधरीले जानकारी गराएका थिए । एक बर्ष देखी रामग्राम स्तुप परिसरमा रामग्राम नगरपालिकाले आफ्नै रामग्राम विकास कोष गठन गरि कार्यालय समेत सञ्चालनमा ल्याए पछि अहिले आउने पर्यट...
करदाता सेवा कार्यालय खारेजी प्रति सरकारको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र
नवलपरासी (ब.सु.प.), समाचार, समाज

करदाता सेवा कार्यालय खारेजी प्रति सरकारको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र

नवलपरासी,२८ कातिकजिल्ला स्थित राजस्व सेवा कार्यालय खारेज गर्ने सरकारले निर्णय परे पछि नागरिक समाज नवलपरासी सहित विभिन्न सरोकारवाला संघसस्थाले प्रधानमन्त्री तथा अर्थमन्त्रीको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका छन् । समाजको अगुवाईमा संघस्थाका प्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी र कर सेवा कार्यालयमा छुट्टा छुट्टै ज्ञापनपत्र बुझाउदै उतm कार्यालय खारेजी भन्दा स्तरोन्नती गर्नु पर्ने ध्यानाकर्षण गराएका हुन् ।नागरिक समाजका अध्यक्ष बेचु गौड सँगै उपभोतmा हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष भोजराज बाराकोटी,भ्रष्टाचार विरुद्ध नागरिक निगरानी सस्था नवलपरासीका अध्यक्ष रामजी ज्ञवाली,कृषक हक हित संरक्षण मञ्चका अध्यक्ष सम्भु उपाध्याय र उद्योग बाणिज्य संघ नवलपरासीका सचिव रामशंकर कुर्मीले संयुतm हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएका थिए । करदाता सेवा कार्यालयले २० हजार करदाता रहेको र १ अर्ब ११ करोड राजस्व हाल...