
नवलपरासी,२ मंसिर
जिल्लाको सिमावर्ति भुजहवा क्षेत्रको डुबान नियन्त्रणका लागि बनेको मास्टरप्लान (गुरुयोजना) १ अर्ब ७० करोडको भए पनि निकासा एक करोड मात्र भएको छ । सरावल,प्रतापपुर र पाल्हीनन्दन गाउपालिकामा विगत चार दशक देखी डुबानको समस्या झेल्दै आएका तिन पालिकाका दर्जन बढि गाँउको डुबान नियन्त्रण गर्ने उदेश्यले डेढ अर्ब बढिको गुरुयोजना बनाइए पनि १ करोडको मात्रै सरकारले निकासा गरे पछि काम कर्ताबाट शुरु गर्नेमा प्राविधिकहरु नै अन्यौलमा परेका हुन् ।
गुरुयोजना अर्बको भए पनि निकासा एक करोड मात्र भएको नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीले जनाएको छ । गुरुयोजना भित्र थुप्रै काम गर्ने कुरा उल्लेखति भए पनि काम के र कहाँबाट शुरु गर्नेमा अहिले अलमल भएको कार्यालय प्रमुख तिलकराम बुढाथोकीले बताए । ति पालिकाहरुको डुबान नियन्त्रण गर्नका दुई बर्ष पहिला गुरुयोजना बनाउने माग भएको थियो, सोही अनुसार सो क्षेत्रमा संघिय साँसद विनोद चौधरीको पहलमा गुरुयोजना बनाउन बजेट निकासा भयो । प्राविधिक टोलीले गुरुयोजना बनायो ।
गुरुयोजनाको लागत १ अर्ब ७० करोड बराबरको रहेको छ । अहिले पहिलो बर्ष उतm गुरुयोजनामा काम गर्नका लागि एक करोड रुपिया विनियोजन भएर अख्तियारी आएको कार्यालय प्रमुख बुढाथोकीले बताए । एक तँ बजेट थोरै छ,त्यसमा पनि भारतिय पक्षसँग परामर्श गरि जलनिकासको प्राविधिक कार्य गर्नु पर्ने छ । अहिलेसम्म नेपाल भारतको बैठक चार बर्ष देखी बस्न सकेको छैन् । डुबान नियन्त्रणका कार्य गर्न चुनौती नै देखिएको उनले सुनाएका थिए ।
सरकारले बजेट निकासा गर्ने हो भने ति गुरुयोजना पुरा गर्नका लागि १ सय ७० बर्ष लाग्ने देखिएको कार्यालयका प्राविधिकहरुले बताएका छन् । चार दशक देखीको समस्या समाधान गर्न सरकारलाई डेढ शताब्दी समय लाग्ने अवस्थाले सरकारले ति क्षेत्रका जनतालाई मुर्ख मात्र बनाउने देखिएको प्रतापपुर ३ सोमनीका स्थानिय निवास यादवले बताए । सरकारी अधिकारी र नेता जहिले पनि जनतालाई जन्तु नै ठान्ने गरेको उनले आरोप लगाउदै भने,अहिले पनि जन्तु सम्झेर नै जनता मुर्ख बनाउने कार्य सरकारी स्तरबाट भएको छ । एक तँ गुरुयोजना नै ठेकेदार र इन्जिनियरलाई लाभ हुने लक्षित बनाइएका छन् । त्यसमा पनि झिनो रकम विनियोजन भएका छन् ।
स्थानियको परामर्श बिना नै प्राविधिक सोचले मात्रै ति गुरुयोाजना बनाइएको आरोप पनि स्थानियले लगाएका थिए । जलनिकासको बैज्ञानिक र स्थलगत नगरिदा डुबान नियन्त्रण हुने प्रति आशँका पहिला देखी नै स्थानियले ब्यक्त गर्न गरेका थिए । अहिले सरकारको बजेट विनियोजनले पनि डुबान क्षेत्रले निकास पाउला जस्तो लागेको छैन् । गुरुयोजना प्राविधिक रुपमा डुबान क्षेत्रका प्रमुख झरही र धनेवा खोलामा बाँध अग्लो बनाउने,ठोक्करहरु निर्माण गर्ने जस्ता विषयहरु समेटिएका छन् । तर डुबानको कारण भन्ने यकिन छैन् ।
डुबानको कारण र बास्तविक रुपमा निकास कसरी हुने भन्नेबारे प्राविधिकहरुले ध्यान नदिइएकै कारण अर्बौ रुपिया खर्चिर्ए पनि डुबान जस्ताको तस्तै रहने दाबी स्थानियको थियो । जनताको समस्या एका तिर छ,स्थानिय मुरारी मौर्यले भने,गुरुयोजना र आर्कै प्रकारको छ । यसले इन्जिनियर र ठेकेदारलाई मात्रै लाभ हुने देखिन्छ । बाढीको समस्या जस्ताको त्यस्तै रहन्छ । उनका अनुसार झरहीखोलाको पानीलाई पाल्हीनन्दनको सुगौलीबाट नै बाँध बनाई धनेवा खोलामा मिसिने कार्य बन्द नगराएसम्म डुबानले निकास पाउदैन् । चुरेबाट बग्ने झरही खोलाको पानीको घनत्व बढि हुन्छ । धनेवा खोलाको पानी खेतको पानी हो । खेतको पानीको घनत्व कम हुन्छ ।
बुडन्तवापुर स्थित झरही खोला र धनेवा खोला मिसिदा झरहीखोलाको पानी नै बाँध जस्तो काम गछृ । धनेवा खोलाको पानी बग्न पाउदैन । जुन पानीले पाल्हीनन्दनको वार्ड नं.१ र २,सरावल गाउपालिकाको ५,६ र ७ र प्रतापपुरको वार्ड नं.३ लाई डुबान गर्छ । यि समान्य कुरा पनि प्राविधिकले ध्यान नदिईने बाँधको उचाई बढाउने,ठोक्कर निर्माण गर्ने कार्यलाई मात्र समेटेका छन् । त्यसमा प्राविधिक(इन्जिनियरलाई भत्ता र ठेकेदारलाई ठेक्का मात्र हुन्छ ।
गण्डक परियोजनाका कारण पनि सो क्षेत्रमा डुबान हुने गर्दा त्यसमा गण्डक परियोजना कार्यालय बाल्मिकी नगर, भु आर्जन तथा सम्पर्क कार्यालय (लाईजन)ले समेत चाँसो लिइनु पर्ने हो,तर चाँसो नलिएको प्रति स्थानियले नैराश्यता प्रकट गरेका थिए । धनेवाखोलाको सिमा प्रतापपुर,पाल्हीनन्दन गाउपालिका र केही भागमा वर्दघाट नगरपालिकालाई समेत जोडेको छ । खोलाको उदगम स्थल वर्दघाट नगरपालिका भए पनि यो झरही खोलामा मिसिदै भारत तर्फ प्रवेश गरेको छ ।
विगत बर्षमा खुल्ला रुपमा रहेको धनेवा खोला गण्डक सम्झौता पश्चात कण्डक कमाण्ड क्षेत्रमा परे पछि खोलाको दुबै किनारमा भारतिय पक्षबाट बाँध बनाइएको थियो । अन्य कुलाहरुको पानी समेत धनेवा खोलामा जादै मिसिने गरेको र त्यसको लागि धनेवा खोलामा सोही बेला विभिन्न ६ वटा साईफन समेत निर्माण भएको थियो । ति साईफलहरु बने देखी मर्मत सम्भारको अभावमा भत्किने र जिर्ण अवस्थामा भएको कारण जुन बाँध बाढीबाट जोगाउनका लागि बनाइएको थियो,त्यही बाँध डुबानको कारण बनेको छ । धनेवा खोला पानी उचित ब्यवस्थापन नहुदा हजार विघा भन्दा बढि खेत डुबानमा पर्दै आएको छ ।
