समाचार

मालपोत कार्यालयको सर्भर डाउन हुदा सेवाग्राहीलाई समस्या
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मालपोत कार्यालयको सर्भर डाउन हुदा सेवाग्राहीलाई समस्या

नवलपरासी,१९ मंसिरजिल्ला स्थित भुमिसुधार तथा मालपोत कार्यालयमा सर्वर डाउन भन्दै सेवाग्राहीको काम गर्नमा ढिलाई हुदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । फाटवालाहरुले सर्वर डाउन भएको बहाना बनाउदै सेवाग्राहीको काम छाडेर बाहिर घुम्न जाने,आलटाल गर्दै काम ढिलो गराउने र केही दलाल मार्फत अनुचित लाभभको प्रस्ताव गर्ने गरेको आरोप समेत सेवाग्राहीले लगाउने गरेका हुन् ।टाढा टाढाबाट मालपोतमा सेवा लिनका लागि आउने सेवाग्राहीलाई कसरी हैरान पर्न सकिन्छ,भन्ने नियती राख्ने गरेको गुनासो मालपोतमा आउने सेवाग्राहीको रहेको थियो । काम ढिलो भयो भने टाढाका सेवाग्राही बाध्य भएर दलालको शरणमा जानु पर्ने बाध्यता छ, एक सेवाग्राहीले भने, दलालले काम गराउदा सर्वर चल्ने र सिधै सेवाग्राहीले फाईल लिएर जादा सर्वर नचल्ने हुन्छ ? कार्यालय प्रमुख र अधिकारीहरुसँग सोधपुछ गर्दा सर्वर चलेको भन्ने तर फाटमा सर्वर नचल्ने के हो ? बुझनै गाह्र...
उखु क्रसिगँको बेला इन्दिरा सुगर मिलका सञ्चालक सम्पर्क विहिन ः उखु किसानलाई समस्यै समस्या
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

उखु क्रसिगँको बेला इन्दिरा सुगर मिलका सञ्चालक सम्पर्क विहिन ः उखु किसानलाई समस्यै समस्या

नवलपरासी,१९ मंसिरउखु कृषकलाई अहिले समस्यै समस्या देखिन थालेको छ । उखु क्रसिगँ सिजन शुरु भई सक्दा पनि उखुको समर्थन मुल्य निर्धारण सरकारले नगरेको,सस्तोमा क्रसरले उखु खरिद गर्न बाध्य पारेको र चिनी उद्योगहरुले विगतका भुतmानी नदिई उद्योग नै सञ्चालन नगर्ने गरि सम्पर्क विहिन भएको हुदा उखु किसानलाई समस्या नै समस्या देखिन थालेको हो ।विगतमा उधारोमा उखु किसानसँग उखु खरिद गरि भुतmानी नदिएर अहिले प्रतापपुर ८ गंगापुर स्थित इन्द्रा सुगर एण्ड एग्रो इन्ड्रिटिज प्रालिका सञ्चालक राकेश अग्रवाल सम्पर्क विहिन हुदा किसानको भुतmानीसँगै कर्मचारीको तलब बक्यौता रहेको छ । ७ करोड भन्दा बढि उखु किसानको भुतmानी नै बाकी रहेको उखु उत्पादक किसान महासंघका प्रवतmा समेत रहेका प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । कर्मचारीको तलब र कृषकको उधारो बाकी छ,नै ,उनले भने, केही लगानीकर्ताको लगानी समेत डुब्ने अवस्था देखि...
संस्कृति र सम्पदा संरक्षणका लागि नवलपरासीमा महाअभियान
रामग्राम नगरपालिका, समाचार, संस्कृति

संस्कृति र सम्पदा संरक्षणका लागि नवलपरासीमा महाअभियान

नवलपरासी,१८ मंसिरसंस्कृति तथा प्राचीन सम्पदाहरुको संरक्षणमा स्थानिय सरकारले चाँसो नलिएको जनाउदै जिल्लामा संस्कृति र सम्पदामा संरक्षणका लागि महाअभियान शुरु गरेका छन् । संस्कृति र सम्पदा जोगाउनका लागि स्थानिय स्तरमा जागरण मुखी कार्यक्रम तथा विज्ञहरुद्धारा स्थानियलाई सन्देश दिलाउनका लागि समन्वयात्मक कार्य गर्दै विभिन्न अभियान चलाउनका लागि महाअभियान शुरु गरिएको हो ।प्राचीन सम्पदाको संरक्षण तथा लोपोन्मुख संस्कृतिको जगेर्ना गर्ने उदेश्यले यस्तो महाअभियान शुरु गरिएको महाअभियानका संयोजक अनिल शर्माले जानकारी गराए । जिल्ला भित्र रहेका प्राचीन सम्पदाहरु माथि अहिले अज्ञानता र स्वार्थीपनले नष्ट गरिने कृयाकलाप भई रहेका छन्,उनले भने, प्राचीन सम्पदा स्थलमा पुरातत्व विभागले औपचारिक कानुनी प्रावधान उल्लेख गरि बोर्ड राख्ने सिवाय अरु केही गर्न सकेको छैन् । सम्पदा संरक्षण गर्नु पर्ने जिम्मेवारी समेत स्थानिय सर...
नवलपरासीमा बढदै एचआईभी संक्रमण
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

नवलपरासीमा बढदै एचआईभी संक्रमण

नवलपरासी,१७ मंसिरजिल्लामा अहिले एचआई संक्रमितको संख्या बढदै गएको पृथ्वीचन्द्र अस्पतालमा रहेको एन्ट्रोभाईरल थेरापी(एआरटी) सेन्टरले जानकारी गराएको छ । विगतको तुलनामा अहिले एचआईभि संक्रमितको संख्या थपिदै गएको जानकारी गराएको हो ।समाजमा अहिले पनि संक्रमितको थप संख्या हुन सक्ने अनुमान समेत सेन्टरले गरेको छ । केही जागरुक समाजका ब्यतिmहरुले एआरटी सेवा लिन आएको भए पनि यो भन्दा बढि अझ समाजमा खुल्न नखोज्ने समुदायका ब्यतिmमा एचआईभी संक्रमितको संख्याले आउने दिनमा यसलाई थप बढाउन सक्ने आशका अस्पतालले गरेको छ । यसका लागि पालिका स्तरबाट पनि सचेतना गरि परिक्षण गराउन उन्मुख गराउने र परिक्षणमा एचआईभि पोजेटिभ देखिए उनीहरुलाई निदानका लागि एआरटी सेन्टरमा पुर्याउने कार्य गर्न सकेमा मात्र एचआईभी निर्मुल पार्न सक्ने सेन्टरका काउन्सेलर दिपेन्द्र ठाकुरले बताए । परिक्षण पश्चात सेन्टरमा सेवा लिन आउने सेवाग्राहीको सुचना...
नारायणी नदीको कटानले सुस्ता सकिने खत्तरा बढदै
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

नारायणी नदीको कटानले सुस्ता सकिने खत्तरा बढदै

नवलपरासी,१५ मंसिरभारतिय सिमा सुरक्षा बल(एसएसबी)को त्रासमा बाच्ने नेपालका सुस्ताबासीलाई अहिले आर्को त्रास नारायणी नदी कटान बनेको बताएका छन् । नेपाली सुस्त भुमि पटक पटक भारतिय एसएसबीको आडमा अतिक्रमणको चपेटामा पर्ने गरेको सुस्ता तर्फ नारायणी नदीको धार फर्कदै कटान थाले पछि थप त्रासदी बनेको हो ।गत बर्ष सुस्ता गाउपालिकाले नदीबाट नदीजन्य पदार्थको निकासीको ठेक्का लगाए पछि निकासी गर्ने ठेकेदारले नदीको धार नै परिवर्तन हुने गरि खनन गरेका कारण धार परिवर्तन भएको आरोप समेत सुस्ताबासीले लगाएका छन् । गाउपालिकाले क्षतिक लाभको लागि हजारौ हेक्टर भुमि नै गुमाउनु पर्ने अवस्था निम्त्याएको छ, स्थानिय रविन्द्र जैसवालले भने,नदीबाट निकासी गर्दा धार परिवर्तन भएर नदीको पुर्वि क्षेत्र तर्फ बढि पानीको प्रवाहले कटान गर्दा सुस्ता नै जोखिममा परेको सुनाए । नदीको प्रवाह रोक्नका लागि बलौटे माटोले बनाइएको बाँध खति समय रोक्छ ।...
संस्कृति सम्पदा संरक्षण महाअभियान नवलपरासीद्धारा पण्डितपुरमा उत्खननकर्तालाई सम्मान
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

संस्कृति सम्पदा संरक्षण महाअभियान नवलपरासीद्धारा पण्डितपुरमा उत्खननकर्तालाई सम्मान

नवलपरासी, १४ मंसिरपुरातत्व विभागको टोलीसँगै उत्खनन कार्यमा सहभागि त्रिभुवन विश्व विद्यालय तथा लुम्बिनी बौद्ध विश्व विद्यालयका पुरातत्व अध्ययन गर्ने विद्यार्थी अन्तरक्रिया तथा सम्मान गरिएको छ । सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा भई रहेको उत्खनन कार्यमा सहभागि रहेका दुबै विद्यालय विद्यालयका ४० जना पुरातत्व विषय अध्ययन गर्ने स्नातकोत्तर तह(एमए)का विद्यार्थीलाई संस्कृति सम्पदा संरक्षण महाभियान नवलपरासीले सम्मान गरेको हो । उत्खनन कार्यले प्राचीन संस्कृति र सम्पदाको संरक्षण कार्यमा योगदान पुर्याएको भन्दै सहभागि विद्यार्थी तथा विद्यार्थीसँगै रहेको अध्यापन गर्ने प्राध्यापकलाई समेत सम्मान गरिएको महाअभियानका संयोजक अनिल शर्माले बताएका थिए । आफु नेपालको संस्कृति र सम्पदाको संरक्षण कार्यमा निरन्तर लागि रहेको र अहिले पहिचानमा आएको यो प्राचीन स्थलको खोजी कार्यमा ...
रामग्राम स्तुप परिसरमा रामजानकी मन्दिरको जिर्णोद्धार गरि प्राणप्रतिष्ठा कार्य सम्पन्न
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम स्तुप परिसरमा रामजानकी मन्दिरको जिर्णोद्धार गरि प्राणप्रतिष्ठा कार्य सम्पन्न

नवलपरासी, १४ मंसिरभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा रामजानकी मन्दिरको जिर्णोद्धार गरि प्राणप्रतिष्ठा गरिएको छ । हिन्दु दुबै दर्शनमा आधारित रहेको रामग्राम स्तुप परिसर नजिकै रहेको प्राचीन रामजानकी मन्दिर स्तुपकै समकालिन भएको भए पनि जिर्णेद्धार हुन नसकेर अलपत्र अवस्थाको उतm मन्दिरलाई पुनःब्यवस्थित गरि प्राणप्रतिष्ठा गरिएको हो ।उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष समेत रहेका ओम प्रकाश अग्रहरीको पहलले अहिले उतm स्थानको पुरानो मन्दिरको जिर्णेद्धारा गरी मंसिर ५ गते रामलिला सहित प्राणप्रतिष्ठा गरिएको उनले जानकारी गराएका थिए । रामलिला कार्यक्रमको मंसिर १३ गते औपचारिक समापन गरिएको बताउदै अध्यक्ष अग्रहरीले यस स्थानमा बालउद्धानको समेत ब्यवस्थापन गरिनुका साथै नियमित पुजापाठ ध्यान साधान हुने कार्यलाई ब्यवस्थापन गरिने जानकारी गराएका थिए उनले कुटीमा हुने भण्डारा संस्कृतिलाई पनि राम...
नेपालमा माछा तस्करी नियन्त्रण र कृषकलाई प्रोत्साहन गर्न सकेमा माछा मै छ अवसर
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

नेपालमा माछा तस्करी नियन्त्रण र कृषकलाई प्रोत्साहन गर्न सकेमा माछा मै छ अवसर

नवलपरासी, १३ मंसिरसिमावर्ति क्षेत्रबाट हुने माछा तस्करी रोक्न सके र सरकारले प्रोत्साहन गर्न सके नेपालमा माछामै अवसर रहेको मत्स्य पालक कृषकहरुले बताएका छन् । काठमाडौ उपत्यकामा मात्रै दैनिक २० मे.ट. खपत हुने गरेको हुदा माछामा सम्भावना रहेको कृषकहरुले बताएका हुन् ।काठमाडौ लगायतका अन्य शहरी क्षेत्रमा दैनिक हुने माछा खपतको आपुर्ति गर्न नेपालमा उत्पादित माछाले नभ्याउने अवस्था रहेको हुदा नेपालमा माछापालनमा ठूलो अवसर भएको कृषकहरुको भनाई छ । सिमाबाट हुने माछा तस्करी नियन्त्रण तथा सरकारले माछा किसानलाई प्रोत्साहन गर्न नसक्नु प्रमुख चुनौती रहेको मत्यपालक कृषकले बताएका थिए । माछापालक किसानलाई आवश्यक प्राविधिक सेवा,प्रयाप्त प्रविधिहरुको अभावसँगै सरकारले माछापालन किसानलाई प्रोत्साहन गर्न नसक्दा युवा किसानहरु बैदेशिक रोजगारी रोजाई बन्न थालेको माछापालक कृषक संघका जिल्ला अध्यक्ष समेत रहेका प्रतापपुर सेमरीक...
सरकारले उखुको समर्थन मुल्य नतोक्दा किसानलाई उखु विक्रिमा अन्यौलता
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

सरकारले उखुको समर्थन मुल्य नतोक्दा किसानलाई उखु विक्रिमा अन्यौलता

नवलपरासी,१२ मंसिरउखु क्रसिगँ सिजन शुरु भई सक्दा पनि उखुको समर्थन मुल्य निर्धारण सरकारले नगरि दिदा उखु किसान अन्यौलमा परेका छन् । खेतमै उखु राखिराखौ तँ दैनिक गर्जो टार्न समस्या,विक्रि गरौ तँ सस्तामा भेली(सख्खर) बनाउने उद्योगलाई सस्तोमा बेच्नु पर्ने बाध्यताका विच उखु किसान अन्यौलमा परेका हुन् ।सरकारले बेलामै समर्थन मुल्य तोकिदिएको भए उधारो भए पनि तोकिएको मुल्य पाउने अवस्था हुन्थ्यो,तर अन्यौलताको बेला विक्रि गर्दा उधारोमा विक्रि त्यसमा पनि कुन मुल्यले भुतmानी लिइने ? अवस्था देखिएको प्रतापपुरका स्थानिय किसान युवराज मौर्यले बताए । सरकारले उखु किसानलाई कहिलै प्राथमिकतामा राखेर सहजीकरण गरेन,उनले आरोप लगाउदै भने,चाहे दलिय सरकारको होस, वा नागरिक सरकार होस उखु किसान उनीहरुको प्राथमिकता मै परेनन् । उद्योगपतिकै हालीमुहाली चल्ने गरेको छ, उनले थपे,उखु उत्पादक किसान संघ पनि औपचारिकतामा मात्र काम गर्दै आए...
एमसिए नेपालद्धारा १८ किलोमिटरको प्रसारणलाईन निर्माण कार्य शुभारम्भ
अर्थ, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

एमसिए नेपालद्धारा १८ किलोमिटरको प्रसारणलाईन निर्माण कार्य शुभारम्भ

नवलपरासी,१० मंसिरएमसिसी नेपालद्धारा न्यु बुटवल सब स्टेसन र १८ किलोमिटर प्रसारणलाईन निर्माण कार्यको शुभारम्भ नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनाल र अमेरिकी राजदुत डिन आर थम्पसनले संयुतm रुपमा शुभारम्भ गरेका छन् । बहुचर्चित अमेरिकी सहयोगको आयोजना(मिलिनियम च्यालेन्ज कार्पोरेसन(एमसिसी) अन्तरगतको एमसिसि नेपालद्धारा न्यु बुटवल सब स्टेसन र १८ किमि प्रसारणलाई निर्माणको शुभारम्भ गरेका हुन् ।सुनवल नगरपालिका १२ बडेरा स्थित आयोजना स्थलमा बेल्चाले दुबै जना माटो खन्दै आयोजना कार्य शुभारम्भ भएको जानकारी गराएका थिए । एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तरगत निर्माण गर्न लागिएको यि नयाँ पुर्वाधारले नेपालको विद्युतय सञ्जाललाई सशतिmकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपुर्ण उर्जा ब्यपार अन्तर सम्बन्ध स्थापना गर्ने विश्वास अर्थमन्त्री खनालले गरेका थिए । अमेरिकी राजदुत थम्पसन,एमसिसिका आवासीय राष्ट्र निर्द...