झरही र पिडुराखोला दोभान कुण्डको गोही संरक्षण गर्न गोही आरक्ष क्षेत्र घोषणा गर्ने तयारीमा स्थानिय

नवलपरासी,७ मंसिर
जिल्लाका तिन पालिकालाईको मिलनविन्दु समेत रहेको पिडुरा झरही दोभान कुण्डमा रहेका गोहीलाई संरक्षण गर्न त्यसलाई गोही आरक्ष क्षेत्र घोषणाको तयारीमा स्थानिय जुटेका छन् । रामग्राम १७ पिपरहिया,पाल्हीनन्दन ३ कुश्मा र सरावल ४ पुर्नहा र ललितपुर गाँउको विचमा रहेको करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको दोभान जलासय र कुण्ड क्षेत्रलाई गोही आरक्ष क्षेत्रको रुपमा विकास र संरक्षण गर्न स्थानिय जुटेका हुन् ।
ति कुण्डमा दर्जनौ साना ठूला गोही रहेकोले सो क्षेत्रलाई गोही आरक्ष क्षेत्र घोषणा गराउन पहल भई रहेको रामग्राम १७ का वार्ड अध्यक्ष कन्यैया मौर्यले बताए । बर्षायामा झरही र पिडुरा खोलामा घुम्ने र रमाउने गोहीहरु हिउँद र गर्मिमा पिडुराको कुण्डमा बास बनाई बस्दै आएको जनाए । अब्यवस्थित रुपमा रहेका गोहीलाई ब्यवस्थित गर्न आवश्यक देखिएको छ । अब्यवस्थित गोहीहरुले स्थानिय स्तरमा जोखिम र चुनौती पनि बनेको छ, उनले भने,तर ब्यवस्थित गर्न सकियो भन्ने पर्यटकिय क्षेत्रको रुपमा अवसरको रुपमा विकास गर्न सकिन्छ । यसका लागि स्थानियबासी सबै तयार रहेको उनले दाबी गरेका थिए ।
बर्षाै देखी बस्दै आएको गोहीलाई किन मार्ने ? उनले भने,त्यस क्षेत्रलाई बरु जाली तारले ब्यवस्थित गरि जोगाउन सकियो भन्ने पर्यापर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने अवस्था छ । गोहीहरुकै डरले कम्तीमा ति क्षेत्रमा बन तथा खोलानाला अतिक्रमणले पनि जोगिएको छ । जुन जलश्रोतको रुपमा स्थानियले प्रयोग गर्दै आएका छन् । झरही खहरे खोला भए पनि पिडुरा खोलामा जमिनमुनिबाट नै पानी निस्कने मुल जस्तै छ,उनले थपे,त्यही भएर जतिसुकै सुख्खा भए पनि पिडुरा खोलाका पानी सुक्दैन् । त्यसैले ति जलासय र कुण्ड गोहीहरुको लागि सुरक्षति बास स्थान बनेको छ ।
गोहीका लागि सुरक्षित बास बनेको भए पनि सो क्षेत्रमा कहिले काही बाख्राहरु चर्न गएको बेला गोहीले आक्रमण गरि आहारा बनाउने गरेको वार्ड अध्यक्ष मौर्यले सुनाए । स्थानियले बाख्रा हराएको कुरा उठ्दा गोहीले लगेको अनुमान गर्छन्,त्यो बेला पानी सुकाएर गोहीलाई नै नष्ट गरिदिने आक्रोस पनि पोख्ने गरेका छन् । तर अहिलेसम्म गाँउलेहरुलाई सम्झाई बुझाई राखिएको छ । तर अब गोहीको खत्तराले देखिएको चुनौतीलाई अवसरमा बदल्ने प्रयासमा जुटेका छौ,उनले भने, लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री देवकरन कलवार जिल्लाकै मन्त्री हुन् । उनीसँग गोही आरक्ष क्षेत्र घोषणाका लागि कुरा भएको छ । उनी पनि त्यसमा सकारात्मक देखिएका छन् ।
रामग्राम नगरपालिका,सरावल र पाल्हीनन्दन गाउपालिकाको जोडेको उतm स्थानमा अन्य पर्यटकिय पुर्वाधार पनि रहेको हुदा गोही आरक्ष क्षेत्र घोषणाले थप पर्यटनको क्षेत्रलाई बढावा दिईनेमा उनले विश्वास ब्यतm गरेका थिए । पाल्हीनन्दन ३ कुश्मा स्थित कुटी पार्क समेत रहेको छ । त्यसै गरि सोही जलासयसँग जोडिएको अनरीमाई मन्दिर,उत्तरबहनी(उत्तरायण) झरही नदी पनि भएकोले साँस्कृतिक पर्यटन पनि रहेका छन् । कुटीपार्कमा पनि विभिन्न मठमन्दिर रहेका छन् । स्थानियले शव अन्त्येष्टि गर्ने स्थान(मासन घाट) पनि सोही क्षेत्रमा रहेको छ ।
त्यसै गरि सरावल गाउपालिकाको ललितपुर गाँउमा मधेश साँस्कृतिक पार्क पनि सञ्चालनमा आएका छन् । मधेशका विभिन्न साँस्कृतिक कला प्रर्दशन गरिने क्षेत्र पनि रहेको हुदा आन्तरिक तथा बाह््य पर्यटन केन्द्र बन्न सक्ने आधार उनले प्रस्तुत गरेका थिए । गोही आरक्ष क्षेत्रलाई सडक सञ्जाललाई पनि जोडेको उनको भनाई थियो । उनका अनुसार पुर्वपश्चिम महेन्द्र राजमार्गको बासा देखि महेशपुर जोड्ने बासा पिपरहिया महेशपुर सडक सोही क्षेत्र भएर गएको छ । त्यसै गरि पुर्वपश्चिम राजमार्गकै भुतहा देखी महेशपुर नाका जोड्ने भुतहा महेशपुर सडकले पनि उतm क्षेत्रलाई जोडेको छ । ३२ किलो मिटर लामो नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीका सेवा सडकले जोडिएको हुदा पर्यटकलाई आँउ जाँउमा पनि समस्या नहुने उनको भनाई थियो ।
गोही आरक्ष क्षेत्र बनाउन भई रहेको प्रयास सकारात्मक रहेको पाल्हीनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक)ंले त्यसका लागि गाउपालिकाबाट हुने सहयोग र सहकार्यका लागि गाउपालिका तयार रहेको बताए । ढिलो भए पनि गोही संरक्षण गर्ने प्रयास सकारात्मक रहेको छ,उनले भने,त्यसका लागि विस्तृत कार्ययोजना बन्दा पाल्हीनन्दन गाउपालिकाले के गर्नु पर्छ,भनेर दिईने जिम्मेवारी पुरा गाउपालिको गर्ने छ । तर यो कार्य हुनु पर्छ,उनी उत्साही हुदै भने,संघ सरकार र लुम्बिनी प्रदेश सरकारलाई समेत साथमा लिई स्थानियबासीसँग सहकार्य गरि अगाडी बढनु पर्छ ।
यता सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गोहीको संरक्षण गरि आरक्ष क्षेत्र बनाउने योजना खुशीको कुरा हो । सरावल गाउपालिकाले के गर्नु पर्छ ? त्यसका लागि तयार रहेको उनको भनाई थियो । भारत सिमासँग जोडिएको यो क्षेत्रमा प्राकृतिक रुपमा रहदै आएका गोहीको सरक्षणले आउने पुस्तालाई पनि प्राकृतिक संरक्षणको आभास गराउने छ,उनले उत्साह ब्यतm गरे, पर्यापर्यटन र साँस्कृतिक पर्यटन दुबै जोडेर यो क्षेत्रमा भारतिय पर्यटकलाई समेत आकर्षित गर्न सक्ने आधार बन्छ । भारतको महेशपुर मुल नाका भई रहेको हुदा भारतबाट आउने पर्यापर्यटकलाई प्राकृतिक मनोरम दृष्य बनाई देखाउन सकिन्छ । स्थानिय विद्यार्थीलाई पनि सो पर्यटकिय क्षेत्रको अवलोकन भ्रमण गराउने नजिकको स्थान बन्नेमा उनले विश्वास ब्यतm गरेका थिए । स्थानिय गोही आरक्ष क्षेत्र बनाउने कार्य सराहनिय भएको बन तथा वातावरण मन्त्री कलवारले यसका लागि लुम्बिनी प्रदेश सरकारको तर्फबाट पनि नियमसँगत आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *