
नवलपरासी,३ मंसिर
गण्डक परियोजनासँग दर्जनौ समस्या दुई देशका प्राविधिकहरुको बैठक चार बर्ष देखी बस्न नसकिरहेको बेला अहिले भारतको गँगा बाढी नियन्त्रण आयोगको टोलीले अनुगमन गरेको छ । गण्डक क्षेत्रको डुबान,कटान तथा नदि नियन्त्रणका कार्य प्रगति तथा देखिने समस्याबारे आयोगको टोलीले अनुगमनसँगै दुबै नेपाल भारत दुबै देशका सिचाई प्राविधिकहरुसँग छलफल गरेको हो ।


अयोगका प्रतिनिधि सेर सिँह सहितको टोलीले सुस्ता ३ स्थित गण्डक कोलोनीमा संयुतm बैठक बस्नुका साथै गण्डक बाँधका संरचनाहरुको स्थलगत अनुगमन समेत गरेको थियो । अनुगमन पश्चात गण्डक बाँध अन्तरगतका विभिन्न बाँध,स्परहरुमा कामको गुणस्तरियता माथी प्रश्न उठाउदै सोधपुछ समेत गरेको थियो । स्पर बनाउदा फिनिसिँग(सफाई) काम नगरिएको बारे जिज्ञासा राखेको थियो । स्पर तथा नदि तटबन्ध गर्दा नदिको सतहसँग म्याचिगँ(मिलान) नगरि काम गर्दा तलबाट ब्लकहरु बग्ने अवस्था रहेको ,नदीमा राखिएका परक्युपाईनहरु पनि बगेर भासिए गएको अवस्थाबारे समेत चाँसो राखिएको थियो ।
अर्बाै लगानी गर्दा पनि बाँध भत्किने र खत्तरा अहिले पनि उस्तै रहेको हुदा गण्डक क्षेत्रमा बाढीको चुनौती कायमै रहेको समेत आयोग टोलीले अवलोकन गरेको थियो । अवलोकन पश्चात बस्ने दुबै देशका प्राविकि टोलीसँग विभिन्न विषयमा छलफल गरिने र निस्कर्ष निकाले पछि सार्वजनिक गरिने उतm टोलीले जानकारी गराएको थियो । नेपालको तर्फबाट सिचाई विभागका उप महानिर्देशक कुसाँग सेर्पा र नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीका प्रमुख तिलकराम बुढाथोकी सहितका प्राविधिकहरु छलफलमा सहभागि रहेका थिए । त्यसै गरि भारतको तर्फबाट पनि उत्तर प्रदेश र विहार प्रदेश सरकारका सिचाई अभियन्ता कार्यालयका प्राविधिकहरु सहभागिता रहेको थियो । प्राविधिक छलफल पश्चात के के काम गर्ने ? कस्ले के जिम्मेवारी लिई काम गर्ने सहितको विवरण आउने अनुमान गरिएको छ ।
आयोगसँग छलफल पछि आवश्यक प्राविधिक विषयहरु आउने जेसिकेजिपि बैठकमा पनि प्रस्तुत गर्न सहज हुने दुबै देशका प्राविधिकहरुले बताएका थिए । चार बर्ष देखी नसक्दा निकास निकाल्न जटिलता थपिएको छ । नेपाल भारत विच भएको गण्डक क्षेत्रको समस्या समाधानका लागि बर्षेनी हुने गण्डक कोशी संयुतm आयोजना बैठक(ज्वान्ट कमिटि आफ गण्डक कोशी प्रोजेक्ट) जेसिकेजिपीको बैठकले निर्णय गरि काम गुर्न पर्छ । तर त्यो भन्दा माथिल्लो स्तरको भारतको केन्द्रिय सरकारको गँगा बाढी नियन्त्रण आयोगले अनुगमन गरि सकेको छ । भारत सरकारले गठन गरेको उतm आयोगले गँगा नदिमा मिसिने गण्डक सहित कोशी,महाकाली, लगायतका अन्य ठूला हिमनदीले नेपाल भारतमा पार्ने प्रभावको नियमित अनुगमन,निर्देशन गर्दै आएको छ । आयोगको नियमन र निर्देशन अनुसार नै भारत सरकारका केन्द्रिय मन्त्रालय तथा प्रदेश सरकार मन्त्रालयहरुले काम गर्ने गरेका छन् ।
गण्डक परियोजनासँग दर्जनौ समस्याहरुबारे दुई पक्षिय आपसी समझदारी,सहकार्य,समन्वय नगरि गर्न नसकिने हुदा जेसिकेजिपी बैठक नभएर समस्याहरु जटिल बन्दै गएको नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीले जनाएको थियो । भारतसँग भएको गण्डक र कोशी परियोकजनामा उत्पन्न हुने समस्या समाधानका लागि नेपाल भारतका उच्च अधिकारी तथा प्राविधिक टोलीहरुको संयुतm बैठक बसेर निर्णय गरि कार्यान्वयन गरिन्छ ।
सरकारले पनि कुटनीतिक पहल गरि बैठक बस्नका लागि वातावरण मिलाई दिनु पर्ने हो,तर चार बर्ष बैठक नबसेकोले दर्जनौ समस्या समाधान गर्ने कार्य ओझेलमा परेको उनले सुनाएका थिए । नेपाल भारतमा सिचाई,जलविद्युत तथा ढुबान नियान्त्रण गर्ने उदेश्यले वि.स.२०१६ सालमा गण्डक सम्झौता भई परियोजना शुरु भएको थियो । परियोजना अन्तरगत नै नेपाल भारतमा गण्डक सिचाई आयोजनाहरु निर्माण भई सञ्चालनमा ल्याएका छन् । जलविद्युतका लागि पनि तिनै गण्डक नहरहरुबाट जलविद्युत केन्द्र स्थापना गरि विद्युत उत्पादन गर्ने काम भई रहेका छन् । त्यसै गरि गण्डक प्रभावित क्षेत्र(गण्डक कमाण्ड) क्षेत्रमा हुने डुबान,कटान,पटानका समस्यालाई क्रमशः पुर्वाधार निर्माण गर्दै समाधान गर्ने लक्ष्य पनि आयोजनाले लिएको छ ।
गण्डक बाँधसँग सम्बन्धित समस्या लामो समय देखी समाधान नभए पनि गण्डक क्षेत्रका गण्डक पिडितहरुले संघर्ष समिति बनाई २०६५ सालमा ३३ दिन नहरको पानी रोकेर आन्दोलन गरेका थिए । अन्दोलनका माग सम्बोधन गर्नका लागि दुबै देशका अधिकारीहरु बसेर २१ बुदे सहमति गरेका थिए । तर चार बर्षसम्म बैठकका लागि सरकारले पहल गर्न नसक्नु यो नेपालको कुटनीतिक असफलता पनि हो । परियोजना स्तरको दुई पक्षिय कुटनैतिक कार्य गर्नका लागि परियोजना भित्र नै भु आर्जन तथा सम्पर्क अधिकृत(लाईजन) कार्यालयको समेत ब्यवस्था छ ।
गण्डक क्षेत्रमा धेरै पुराना संरचनाहरु जिर्ण भई सकेका छन । ति संरचनाहरुको पुर्ननिर्माण गर्नु पर्ने आवश्यकता देखिन थालेको छ । दुई दर्जन बढि पुलहरु जिर्ण अवस्थामा भएका छन् । दुई दर्जन बढि साना ठूला साईफन मर्मत,सम्भार,पुर्ननिर्माण तथा केही थपिनु पर्ने आवश्यकताहरु देखिका छन् । आधा दर्जन बढि नदि नाला,खोलाको सफाई पनि आवश्यक रहेको छ । गण्डक बाँध अन्तरगत नै रहेका ए ग्याप बाँध,वि ग्याप बाँध,सि ग्याप बाँध,लिँक बाँध र नेपाल बाँधमा पनि धेरै जसो संरचना मर्मत सम्भारको आवश्यकता छ । नदिमा बढदै गएको सिल्ट ब्यवस्थान गर्न र नदिलाई च्यानलाईज गर्नु पर्ने समस्या छन् । गण्डक जलविद्युत केन्द्र सुयपुरामा पनि पुर्ण क्षमतामा सञ्चालन गर्न भारतिय पश्चिमी नहरमा जमेका सिल्ट सफाई,जल नियमनका समस्याहरु पनि विद्यमान छन् ।
