रामग्राम स्तुप क्षेत्रमा भ्रमण गर्न एक बर्षमा ३१ देशका १५ हजार बढि आए तेश्रो मुलुकका पर्यटक

नवलपरासी, २९ कातिक
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रमा सन २०२५ नोवेम्बर महिनाको पहिलो सातासम्म १५ हजार भन्दा बढि तेश्रो मुलुकमा पर्यटक तथा बौद्ध तिर्थयात्रीले भ्रमण गरेका छन् । पर्यटकिय पुर्वाधार नभए पनि बुद्ध प्रति श्रद्धा राख्ने भारत र नेपाल बाहेक ३१ देशबाट धार्मिक पर्यटक तथा बौद्ध तिर्थयात्रीले भ्रमण गरि स्तुपको दर्शन गरेका हुन् ।
सबै भन्दा थाईलैण्डबाट ६ हजार १ सय ६० जना धार्मिक पर्यटकले भ्रमण गरेको रामग्राम विकास कोषको कार्यालयले जनाएको छ । थाइलैण्डका पर्यटकलाई बास बस्नका लागि थाईहरुको आफ्नै बौद्ध विहार बनाएको लाईलैण्डका बढि पर्यटक आउने र बास बस्ने गरेको रामग्राम विकास कोष कार्यालयका प्रमुख अरविन्द चौधरीले जानकारी गराएका थिए । एक बर्ष देखी रामग्राम स्तुप परिसरमा रामग्राम नगरपालिकाले आफ्नै रामग्राम विकास कोष गठन गरि कार्यालय समेत सञ्चालनमा ल्याए पछि अहिले आउने पर्यटक मध्ये नेपाल र भारत बाहेक तेश्रो मुलुकका पर्यटकहरुको लगत विवरण राखिने गरिएको उनको भनाई थियो ।
उनका अनुसार तिब्बत तथा अपर मुस्तागँका २ हजार २ सय ८६ जना र निचिया पर्यटक २ हजार २ सय ७ जना पर्यटक आएका थिए । केही दर्शन पुजापाठ गरि फर्केका थिए,भने केही कोरियनले बनाएको गेष्टहाउसमा बास बसेका थिए । अधिकाँस परासी तथा भैरहवाका होटलमा बास बस्न गरेका थिए । त्यसै गरि भुटानी पर्यटक ३ सय ५० जना,कम्बोडियन पर्यटक २ सय १० जना आएका थिए । मलेसियन २ सय ८५ जना बर्माबाट ९ सय ७५ जना पर्यटक आएको तथ्याँकमा देखिन्छ ।
दक्षिण कोरियाबाट ७ सय ९६ जना श्रीलँकाबाट १ सय १३ जनाले भ्रमण गरेको उल्लेख छ । रामग्राम स्तुप क्षेत्रमा आउने पर्यटक ३१ देशबाट आएको प्रमुख चौधरीले जनाए । उनका अहिलेसम्म अमेरिका,अष्ट्रेलिया,भुटान,क्यानाडा,फ्रान्स,जर्मनी,हंकगँ,इण्डोनेसिया,इटली, जापना, कोरिया,मंगोलिया,रसिया,साइप्रस,सिँगापुर,स्पेन, स्विडेन,स्वीस,ताईवान,युगाण्डा भियतनामका पर्यटकहरु पनि आएका थिए । पर्यटक आउने संख्या विगत भन्दा अहिले बढदै गएको छ, उनले भने, रामग्राम विकास कोषले अहिले आफ्नै कार्यालय सञ्चालनमा ल्याएको छ,तगत विवरण र स्तुपाबारे जानकारी गराउदै आएको छ । केही पुर्वाधार,सरसफाई तथा विभिन्न साँस्कृति कार्य पनि गर्दै आएको उनले सुनाएका थिए ।
अहिले यस क्षेत्रमा आउने पर्यटकले होटल तथा बास स्थान खोज्दा नपाएर भैरहवा नै फर्किने हुदा स्तुपा क्षेत्रमा पर्यटकका लागि खाना बासको लागि निजी क्षेत्रबाट पुर्वाधार निर्माण आवश्यक रहेको उनले जनाएका थिए ।
मगधका तत्कालिन सम्राट अशोक स्तुप उत्खनन गराउदै ८४ हजार स्थानमा स्तुप बनाउने गरि स्तुपको उत्खनन गराउने क्रममा अन्तिम समयमा रामग्राम स्तुपको उत्खनन गर्न आई पुगेका थिए । तर स्तुपमा पुजा ध्यान गर्दै आएका नागबंशीहरुको आग्रहमा रामग्राम स्तुप उत्खनन गरेनन् । बरु रामग्राम स्तुप नजिकै स्नान गर्न पोखरीको निर्माण गराई दिए । भिच्छुलाई बस्नका लागि बौद्ध विहार बनाई दिए । उपासकहरुको बसोबासका लागि पनि आवास बनाई दिएका थिए । अहिले सो स्थान रामग्राम ७ देउरवामा रहेको छ । त्यसै गरि सम्राटकै निर्देशन अनुसार हजारौ भिच्छु संघका लागि आराम गर्ने स्थान संघाग्राम र ठूलो पोखरीको निर्माण रामग्राम १७ देवगावमा बनाउन लगाएका थिए । जुन अहिले पुरातात्विक खोजले पहिचानमा ल्याइ रहेको छ ।
मगधमा मौर्यकालको अन्त्य पश्चात मौर्यबंशका अन्तिम राजा वृहद्रत मौर्यको हत्या गरि उनका सेनापति पुष्पमित्र सुगँले सत्ता हत्याए । मगध राजधानी पाटलीपुत्र(हालको भारत विहार प्रदेशको राजधानी पटना) मा सेनापति विरुद्ध जनताले विद्रोह शुरु गरिदिएका थिए । त्यसको त्रासले सुगँले मगध राजधानी मध्य प्रदेशको उज्जैनमा सारेर शासन सत्ता गर्न थाले र बौद्ध विहार,बौद्ध स्थललाई ध्यस्त बनाउने र भिच्छुहरुको हत्या हिँसा गर्दै भगाउने अभियान चलाएका थिए । सोही क्रममा उज्जैनबाट नै आएका सुगँ शासनका सैनिक रामग्राम स्तुपलाई नष्ट गर्ने,संघाग्राम नष्ट गर्ने र बौद्धभिच्छुलाई लखेटने कार्य गरेको हुन सक्ने जानकारहरु बताउछन् ।
उज्जैनबाट आएका सैनिकहरु बस्ने स्थान नै सम्भवतः कालान्तरमा उजैनी गाँउको रुपमा परिणत भएको हुन सक्ने स्थानिय बताउछन् । सुगँ शासनले बौद्ध धर्म नष्ट गरि सनातनी हिन्दु धर्मलाई स्थापित गराउनका लागि स्तुप नजिकै झरहीखोला पश्चिममा रामजानकी मन्दिर बनाउन लगाएको हुन सक्छ । पछि मगधमा गुप्त शासन स्थापना भयो,गुप्त शासनले हिन्दु दर्शन होसा वा बौद्ध दर्शन दुबैलाई संरक्षण,ब्यवस्थापन,प्रवद्र्धन गराउने क्रममा स्तुपको संरक्षण र हिन्दु धर्मको प्रवद्र्धन गर्न मन्दिर निर्माण गरि धार्मिक सहिसुष्णता कायम गर्नका लागि काम गरेको हुन सक्ने स्थानिय बताउछन् ।
रामग्राम स्तुप क्षेत्रमा राजजानकी मन्दिर हिन्दुहरुको आस्थाको क्षेत्र हो,भने रामग्राम स्तुप बौद्धहरुको आस्थाको क्षेत्र हो । दुबै स्थान नै प्राचीन भएको हुदा दुबै स्थानको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक नै छ । तर विदेशीहरुले बौद्ध दर्शन मान्ने हुदा विदेशीहरुले स्तुपा क्षेत्रमा विभिन्न विहारको निर्माण गराउनमा लागेका छन् । तर नेपालका सरकारहरुबाट बौद्ध विहार बन्न नसक्नु दुखद भएको उनी बताउछन् । स्तुप क्षेत्रमा थाईलैण्ड,कोरिया,चिनिया र जापनीहरुले जग्गा खरिद गरि विहार निर्माण गराउदै आएका छन्, तर नेपालका सरकारले अहिलेसम्म नत मन्दिर नै बनाउन सकेको छ, नत नेपाली बौद्ध विहार बनाउन सकेको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *