परासी हाट बजारको डिपिआर नपाए पछि जिसस गुहार्दै ब्यवसायी

नवलपरासी,२ मंसिर
जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही ब्यतिmले अतिक्रमण गरिरहेको भन्दै ब्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गर्दा नपाए पछि जिल्ला समन्वय समितिलाई गुहारेका छन् । हाट बजार ब्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाईन सहितको डिपिआर कातिक १५ गते नै माग गरेको तर हालसम्म उपलब्ध नभए पछि उनी सोमवार जिससमा निवेदन दर्ता गराएका हुन् ।
अतिक्रमण नरोक्ने डिपिआर र डिजाइन पनि सार्वजनिक नगर्ने नगरपालिकासँग लिखित निवेदन दिई आफुले बजारको डिपिआर माग गरिएको तर नगरपालिकाले सो डिपिआर उपलब्ध नगाए पछि आफुले जिससमा निवेदन दर्ता गराएको अग्रहरीले बताए । सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्ने निकाय नगरपालिका नै हो, उनले भने,तर संरक्षण भन्दा अहिले अतिक्रम्ण भई राख्दा मौन देखिएको छ । कानुनी प्रकृया अपनाई अतिक्रमण रोकाउनका लागि आफु बजारको डिपिआर माग गरेको हो,तर नगरपालिकाबाट पाइएको छैन् । नगरपालिका भन्दा माथिल्लो निकाय जिल्ला स्तरको जिल्ला समन्वय समिति ठानेर आफुले जिसस प्रमुख भगौती यादवलाई निवेदन बुझाएको छु । जिससले निवेदन अनुसारको डिपिआर उपलब्ध गराई दिन नगरपालिकाको नाँउमा पत्राचार गरेको छ । अब नगरपालिकाले पक्कै डिपिआर उपलब्ध गराउछ,आफु आशाबादी भएको उनले सुनाए ।
डिपिआर प्राप्त पछि उनले रोक्का गराउनका लागि अदालत जाने समेत सोच बताएका बताएका थिए । उनले मौखिक रुपमा आफु नगरपालिकाको योजना शाखामा माग गर्दा योजना शाखाका इन्जिनियर माधव न्यौपानेले डिपिआर नै नगरपालिकामा नभएको बताउदै कार्यालय प्रमुख समक्ष जान भनेका थिए । त्यस पछि लिखित निवेदन दिएको छु,उनले भने, प्रमुख प्रशासकिय अधिकृत नभएकोले निमित्त प्रमुख कुन्दन चौधरीले पुर्वाधार शाखालाई तोक लगाएका छन्, उनले निवेदन देखाउदै भने,उतm निवेदनमा नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको आदेशानुसार गर्नु भनि उल्लेख गरिएको छ । अग्रहरीले आफु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई पनि भेटेर निवेदनबारे जाहेर गर्दा उनी शहरी विकाससँग माग गरेर उपलब्ध गराउने गैरजिम्मेवारी पुर्वक प्रस्तुत भए । अहिलेसम्म सो डिपिआर कहाँ गायब गरिएको छ,पत्ता लागेको छैन् ।
परासी हाटबजारको डिपिआर तत्कालिन कार्यकारी अधिकृत निरन्जन श्रेष्ठकै बेला बजारका ब्यवसायी,राजनीतिक दलसँग छलफल गराइ निर्माण गराएका थिए । पछि सोहीलाई आधार मानी शहरी विकास कार्यालय चितवनले पनि बजारमा निर्माण कार्य गराउदै आएको छ । नगरपालिकाले बर्षेनी बजार ठेक्का लगाउदै लाखौ रुपिया राजस्व समेत संकलन गर्दै आएको छ । तर बजारको डिपिआर माग गर्दा पनि पुर्वाधार शाखामा डिपिआर नै छैन्,भनेर गैरजिम्मेवारीपन देखाएको आरोप उनको थियो । नगरपालिकाको यो रवैयाले अतिक्रमणमा नगरपालिकाकै मिलोमतोमा भई रहेको हो कि भने आशँका ब्यतm गरेका थिए ।
आफ्नै नगरपालिकाको राजस्वको स्रोत भएको हाटबजार अतिक्रमण समेत रोकन असक्षम देखिएको बताउदै ब्यवसायीले चाँसो लिदा पनि गैरजिम्मेवारी देखाउनु नगरपालिकाकै मिलोमतोमा अतिक्रमण भएको हो कि समेत आशँका ब्यवसायीले गरेका छन् । डिपिआर नदिए पनि आफु उच्च अदालत जाने छु । हाटबजारसँग सायौ मानिसको रोजगारी र स्वरोजगार जोडिएको छ । नगरपालिकाका लागि अन्य राजस्व स्रोत हुन सक्छ,त्यसलाई चाँसो नहुन पनि सक्छ, जनप्रतिनिधिलाई भोटको स्वार्थी राजनीति गर्ने दाउ पनि हुन सक्छ,तर हाटबजारसँग रोजगार जोडिएका ब्यवसायीहरु बजारको बचाउमा उभिनु पर्ने उनको तर्क थियो ।

Health Advertisement
Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *