
नवलपरासी,४ मंसिर
जिल्लाको सुस्ता गाउपालिकाले डेढ करोड लगानी गरि बनाएको ‘सुस्ता नमुना ताल’ को स्वरुपले आकर्षण थपिएको छ । पटेर लगायतका झाडीले भरिएको पुरानो जलासयलाई लगानी गरि सुस्ताले तालको स्वरुप पाए पछि तालमा हेर्न आउनेको आकर्षण बढदै गएको हो ।
लुम्बिनी प्रदेश सरकारसँग पनि सो जलायस ब्यवस्थित गरि ताल बनाउने योजना अगाडी सारेको थियो । त्यसै प्रयोग विहिन रहेको जलासयलाई ब्यवस्थित गरि तालको स्वरुप बनाउने र पर्यायर्टन,जलविहार लगायतका पर्यटन गतिविधि गर्ने गरि गाउपालिकाले काम गर्न शुरु गरेको थियो । तालमा तिन बर्ष देखी सुस्ता गाउपालिको निरन्तर लगानी गर्दै सरसफाई तथा ब्यवस्थापनमा जुटे पछि अहिले तालले नयाँ स्वरुप पाएको स्थानियले बताएका छन् । यस्तो ताल बन्ला भनेर लागेको थिएन्,स्थानिय लख्खु यादवले भने, तर अहिले सफा भए पश्चात तालले स्वरुप वाएको छ ।
ताल नयाँ स्वरुप पाउदै गर्दा स्थानियमा पनि उत्साह थपिएको यादवको भनाई थियो । सुस्तालाई तालले नयाँ पहिचान गराउने छ, उनले भने, त्यसै खेर गई रहेको जलासयलाई तालमा परिवर्तन गरि पर्यापर्यटन बढाउनमा हामी विश्वस्त छौ । गाउपालिका भित्र रहेको करिब डेढ सय विघाको जलासयलाई तालको रुपमा संरक्षण गर्नका लागि काम थालेको छ । सुस्ता गाउपालिका कुडिया र नर्सही गाउको विचमा रहेको जलासयलाई तालको रुपमा ब्यवस्थित गर्नका लागि लुम्बिनी प्रदेश सरकारसँग १० करोड रकम माग गरिएको सुस्ता गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले थिए । उनका अनुसार हालसम्म डेढ करोड खर्च भई सकेको छ । एक करोड रुपिया अझ लगानी गरिदिएमा तालमा स्टिमर मोटर ढुगाँ लगायतका जलविहार गर्न पाउने अवस्था हुन्छ । तालको वरिपरि आउने पर्यटकका लागि बस्ने,रमाउने स्थानको समेत निर्माण गर्न सकिन्छ । विगत भन्दा अहिले तालमा आकर्षण बढदै गएको छ ।
थोरै रकम विनियोजन भई आए पनि क्रमशः काम गर्दै जाने लक्ष्य अनुसार नै काम अगाडी बढेको उनको भनाई थियो । बर्षाै देखी गण्डक नदीको छाडन भनेर चिन्ने गरिएको उतm जलासयमा गोही लगायतमा बिभिन्न जलचरहरु रहेका छन् । पटेरले भरिएको छ । सो जलासयलाई जैविक विविधताको संरक्षण गर्दै तालको रुपमा परिणत गरिने छ । जहाँ पर्यापर्यटनका लागि पनि धेरै पर्यटक आउन सक्ने स्थानियको अनुमान छ । विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि केही काम गरेको थियो । विचमा बेवारिसे जस्तै भयो । अहिले गाउपालिका र प्रदेश सरकारले यसमा काम गर्न लागेको छ ।
वेवारिसे सो जलासय ताल र सिमासारको रुपमा विकास हुनेछ ,यो एउटा विश्वसम्पदामा जान सक्ने सम्भावना देखिएको छ । ब्यवस्थापन पछि सिमसार सम्बन्धि रामसार महासन्धि अनुसार सुचिकृत हुने र विश्व सम्पदाको स्वरुप पाउनेमा उनले विश्वास ब्यतm गरे । सुस्ता गाउपालिकालाई पर्यापर्यटन र जैविक विधिताको पहिचान गराउने छ । स्थानियलाई आर्यआर्जनको माध्यम पनि हुनेमा उनले विश्वास ब्यतm गरे । स्थानियबासीले धेरै बर्ष देखी यो जलासयको संरक्षण गरि ताल बनाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए । तर हुन सकेको थिएन् । अहिले स्थानिय सरकारको रुपमा रहेको सुस्ता गाउपालिकाले निर्णय गरि अग्रसरता लिएको छ ।
ताललाई ब्वस्थित गर्नका लागि आफु लुम्बिनी प्रदेशसँग निरन्तर लागेको सो क्षेत्रमा लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री देवकरण कलवार(सन्तु)ले बताए । यो बर्ष पनि ३० लाख रकम बजेट विनियोजन भएको छ । सुस्ता पुल,भगवान गौतम बुद्धको महाभिनिष्क्रमण स्थल अनेमा घाट(ठाढीघाट),सुस्ता ताल,सतपति तथा मदारबाबा लगायतका स्थान जोडेर पर्यटकिय करिडोरको रुपमा विकास गर्ने गरे आफु लागेको दाबी गरे । सबै क्षेत्रमा केही न केही बजेट विनियोजन गरिएको छ, उनले भने, बजेटले मात्रै नभई स्थानिय सरकार र स्थानियबासी पनि पर्यटकिय क्षेत्र बनाउन,प्रचार प्रसार गर्नमा अग्रसरता लिनु पर्छ । बजेट खोज्ने र बजेट खर्चने काम गरेर मात्रै पर्यटन क्षेत्रको विकास सम्भवन नहुने बताउदै सम्बन्धित क्षेत्रलाई स्थानिय संस्कृति,परम्परा तथा आर्थिक उपार्जनका माध्यम समेत बनाई स्थायिन लाग्नु पर्छ ।
स्थानियबासीको माग अनुसार नै सो जलासयलाई सिमासार र सुस्ता नमुना तालको रुपमा चिनाउनका लागि गाउपालिकाले काम शुरु गरेको छ । एकिकृत रुपमा जलासयको पहिलो चरणमा सिमाँकन गर्ने र तत्पश्चात यसलाई गुरुयोजना बनाई काम पनि गर्दै लैजाने रहेको छ । गण्डक नदीले विगत बर्षमा आफ्नो धार परिवर्तन गरि पश्चिम तर्फ फर्केको थियो । पछि गण्डक बाँध बाधेर नदीको धार पुर्व तर्फ फर्काइयो । त्यही बेला देखी सो क्षेत्र जलासयको रुपमा रहेको छ । स्थानिय स्तरमा त्यसलाई छाडन भनेर चिन्ने गरिएको छ । छाडन भनेको गण्डक नदीले आफ्नो मुलधारबाट छाडेर गएको जलासय हो । त्यसमा जलचारहरुको बास बनेको छ । सो जलासयमा साईबेरियन लगायत विदेशी चराहरु समेत आउने गरेका छन् । करिब १० देखी १५ मिटर गहिराई भएको अनुमान गरिएको छ । प्राकृतिक रुपमा रहेको उतm जलासय आयआर्जनको स्रोत पनि बन्ने र सिमासारको रुपमा रहने गरि पर्यापर्यन गराउने गरि सजाउने योजना रहेको गाउपालिकाको रहेको छ ।
सुस्ता गाउपालिकाको मात्रै सम्पदा रहेको छ,ब्यवस्थित गरेर यसलाई राष्ट्रिय सम्पदा बनाउदै विश्व सम्पदामा समेत सुचिकृत गराउने गरि गाउपालिका लाग्ने उनको भनाई थियो । गण्डक नदीले छाडेको जलासय भएको हुदा सो जलासयमा जल अभाव पनि नहुने अवस्था हुन्छ । गण्डक नदी हिम नदी हो । सो नदीमा पानी अभाव कहिलै हुदैन् । नदीकै पानी चुहिएर(सिपेज) भई सो जलासय भरिभराउ रहने छ । जलासयमा जल विहारसँगै अन्य खुल्ला मत्यपालन समेत गर्ने सम्भावना पनि उत्तिकै रहेको छ, तर पहिला तालमा रहेका झाडी सोतरहरु सफा गरेर तालको स्वरुपमा फर्काउन पर्छ । अनि मात्र सम्भाब्यताको आधारमा अन्य काम गर्दै जानु पर्ने विज्ञहरुको भनाई रहेको छ ।
