समाचार

बुद्धको मावली तथा यशोधराको जन्म स्थल प्राचीन कोलनगर(पण्डितपुर)मा पुनः उत्खनन शुरु
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

बुद्धको मावली तथा यशोधराको जन्म स्थल प्राचीन कोलनगर(पण्डितपुर)मा पुनः उत्खनन शुरु

नवलपरासी, २८ कातिकविगत तिन दशक देखी निरन्तर पुरातात्विक खोज अन्वेषण हुदै आएको सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुनः भई रहेको उत्खनन शुरु भएको छ । भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर)लाई भौतिक रुपमा नै उत्खनन गरि अन्वेषण गर्ने उदेश्यले पुरातत्व विभागले उत्खनन शुरु गरेको हो ।पुरातत्व विद भास्कर ज्ञवालीको नेतृत्वमा कातिक २४ गते आई पुगेको उत्खनन टोलीले उत्खनन कार्य शुरु गरिएको जानकारी गराएको हो । पहिला भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्विक बस्तु पत्ता लगाउन उत्खननका लागि ट्रेन्च लगाइएको पुरातत्व अधिकृत ज्ञवालीले देखाए । अहिले पण्डितपुरसँगै सहायक साईटको रुपमा बन्जारिन माई स्थानको पुरातात्विक क्षेत्रमा पनि यस पटक उत्खनन गरिने उनले बताए । मंसिर १ गते देखी त्रिभुवन विश्वविद्यालयका पुरातत्व विषयमा अध्ययन गर्ने व...
चार बर्ष देखी जेसिकेजिपी बैठक बस्न नसक्दा गण्डक क्षेत्रमा काम गर्न समस्या
कृषि, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

चार बर्ष देखी जेसिकेजिपी बैठक बस्न नसक्दा गण्डक क्षेत्रमा काम गर्न समस्या

नवलपरासी,२७ कातिकगण्डक परियोजनासँग दर्जनौ समस्या दुई देशका प्राविधिकहरुको बैठक हुन नसक्दा निकास निकाल्न जटिलता थपिएको छ । नेपाल भारत विच भएको गण्डक क्षेत्रको समस्या समाधानका लागि बर्षेनी हुने गण्डक कोशी संयुतm आयोजना बैठक(ज्वान्ट कमिटि आफ गण्डक कोशी परियोजना) जेसिकेजिपीको बैठक विगत चार बर्ष देखी बस्न नसक्दा सो क्षेत्रका समस्या हल हुन नसकेको हो ।गण्डक परियोजनासँग दर्जनौ समस्याहरुबारे दुई पक्षिय आपसी समझदारी,सहकार्य,समन्वय नगरि गर्न नसकिने हुदा जेसिकेजिपी बैठक नभएर समस्याहरु जटिल बन्दै गएको नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीले जनाएको छ । भारतसँग भएको गण्डक र कोशी परियोकजनामा उत्पन्न हुने समस्या समाधानका लागि नेपाल भारतका उच्च अधिकारी तथा प्राविधिक टोलीहरुको संयुतm बैठक बसेर निर्णय गरि कार्यान्वयन गरिन्छ । तर चार बर्ष देखी बैठक बस्न सकेको छैन्,ब्यस्थापन कार्यालयका...
पहुँच मार्ग नबन्दा दुई बर्ष देखी करोडौ लगानीको परासी बसपार्क सञ्चालनमा आएन
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

पहुँच मार्ग नबन्दा दुई बर्ष देखी करोडौ लगानीको परासी बसपार्क सञ्चालनमा आएन

नवलपरासी,२७ कातिकजिल्लाको सदरमुकाम परासीमा करोडौ लागनी भएको र निर्माणकार्य सम्पन्न दुई बर्ष वित्दा पनि बसपार्क जाने पहुँच मार्ग निर्माण नहुदा बसपार्क नै अलपत्र परेको छ । दुई बर्ष पहिला नै सञ्चालनमा ल्याउने हल्ला भए पनि पहुँच मार्ग निर्माण नभएको बहनाबाजी गर्दै नगरपालिकाले उतm बसपार्क सञ्चालनसञ्चालनमा ढिलाई गर्दा बसपार्क नै अलपत्र अवस्थामा देखिएको हो । बसपार्क सञ्चालनमा नआउदा करोडौको सरकारी लगानी खेर गई रहेको स्थानियले जनाएका छन् । बसपार्क निर्माणमा पाँच करोड लगानी गर्ने निकायले १ करोड लगानी गरि पहुँच मार्ग बनाइ दिएको भए बसपार्क सञ्चालनमा नगरपाकिलाले बहाना बनाउन सक्दैन्थ्यो, नागरिक समाजका पुर्व अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, अर्बको बजेट बनाउने नगरपालिकाले पनि यस्त पहुँच मार्ग बनाउन सक्दैन् । नेपालका विकासको यो के मोडेल हो, उनले आश्चर्य ब्यतm गर्दै थपे, पुर्वाधार लगानी जो जस्ले ग...
नाम दर्ता गराउन निर्वाचन कार्यालयमा नागरिकको भिडभाड
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नाम दर्ता गराउन निर्वाचन कार्यालयमा नागरिकको भिडभाड

नवलपरासी,२५ कातिकमतदाता नामावली संकलन गर्ने समय जति सकिदै जादा जिल्ला स्थित निर्वाचन कार्यालयमा मतदाता नामावलीका लागि फोचो खिचाउनेको भिडभाड बढदै गएको छ । शुरु शुरुमा नआउने तर समय सकिदै जादा मतदाता नामावलीका लागि कार्यालयमा भिडभाड लाग्ने नेपालीहरुकै प्रवृति भएको निर्वाचनन कार्यालयका कर्मचारीहरुले बताउन थालेका हुन् ।जेनजी आन्दोलन पश्चात बनको नागारिक सरकारले फागुन २१ संघिय संसद प्रतिनिधिसभाको निर्वाचन तोकेको थियो । निर्वाचन आयोगले त्यसका लागि थालेको निर्वाचन प्रकृया अनुसार नै अहिले मतदाता नामावलीमा नास समावेश गराउने र मतदान गर्ने स्थान परिवर्तन गराउन चाहनेका लागि निर्वाचन कार्यालयले काम शुरु गरे पनि कातिकको दोश्रो साता देखी मात्र भिडभाड हुने गरेको छ । आन्दोलन पश्चात दशै तिहार,छठ जस्ता चाडपर्वले पनि मानिसको ब्यस्तता तथा विदाले पनि निर्वाचन कार्यालयमा भिडभाड कम हुने गरेको तर अहिले दिनहुँ विहान ...
बफरमा छुट्याइएका मल वितरणमा दुरुपयोग भईरहेको आशँका,हटाउनु पर्ने माग
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

बफरमा छुट्याइएका मल वितरणमा दुरुपयोग भईरहेको आशँका,हटाउनु पर्ने माग

नवलपरासी,२६ कातिकसरकारले किसानका लागि वितरण गर्दै आएको रासायनिक मलखाद्यमा उपलब्ध हुने सरकारी अनुदान किसान भन्दा विभिन्न विउँ विजन कम्पनीले फाईदा लिइने गरेको प्रति सरोकारावालाहरुको ध्यानाकर्षण भएको छ । जिल्लामा रासायनिक मलखाद्य विगतरण सहज सुलभ तरिकाले गर्नका लागि जिल्ला स्तरिय सरोकारवाला कार्यालय तथा सस्था विच भएको बैठकमा सो कुरा उठाइएको हो ।जिल्ला समन्वय समिति नवलपरासीले जहिले पनि मलखाद्यका समस्या देखिने र त्यसबारे गुनासो जिल्ला समन्वयमा समेत आउने गर्दा सरोकारवालाहरुको सर्वपक्षिय बैठक बोलाएका थिए । उतm सरकारी अनुदानमा आउने मलखाद्यमा बफर जोन भनेर प्रदेश सरकारहरुले केही मलखाद्य छुट्याएर मात्र जिल्ला जिल्लामा विगतरण गर्दा किसान भन्दा कम्पनीले उतm अनुदान राहत पाउने गरेको हुदा बफर कोटा हटाउन समेत माग गरेका थिए । सरकारले प्रदेशलाई मलखाद्यको कोटा उपलब्ध गराए पश्चात प्रदेश सरकारले जिल्ला जिल्लाका ...
रामग्राम स्तुप नजिकै रामजानकी मन्दिर निर्माण,रामलिला गराई मन्दिरमा प्राणप्रतिष्ठा मंसिरमा गर्ने तयारी
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम स्तुप नजिकै रामजानकी मन्दिर निर्माण,रामलिला गराई मन्दिरमा प्राणप्रतिष्ठा मंसिरमा गर्ने तयारी

नवलपरासी, २५ कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा रामजानकी मन्दिर निर्माण गरि मंसिर ५ गते रामलिला सहित प्राणप्रतिष्ठा गर्ने कार्यक्रम तय भएको छ । प्राचीनकाल देखी कै हिन्दु सनातनी दर्शनमा आधारित राम जानकी मन्दिर रहेको उतm स्थानमा २५ लाख लगानीमा मन्दिर निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको हुदा सो मन्दिरमा रामजानकी मुर्ति स्थापना तथा प्राणप्रतिष्ठा गर्नुका साथै ९ दिनसम्म रामलिला कार्यक्रम गर्ने तय भएको हो ।रामलिलाका लागि रामकै जन्मभुमि अयोध्याबाट धर्मगुरु,प्रवचनकर्ता तथा रामलिलाका कलाकार समेत आउने तय भई सकेको उतm मन्दिर निर्माणमा लागनी गर्दै आएका उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष समेत रहेका ओमप्रकाश अग्रहरीले बताए । उतm मन्दिर आफ्नै निजी लगानीमा गराउदै आएको बताउदै उनले स्थानियको समेत सहभागिता रहेको जानकारी गराए । रामग्राम स्तुप पछि नै सो स्थानमा रामजानकी मन्दि...
पृथ्वीचन्द्र अस्पतालमा करोड बढिका अनियमितताको आरोप
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा करोड बढिका अनियमितताको आरोप

नवलपरासी,२४ कातिकजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा करोड बढिको अनियमित कार्य भएको आरोपबारे आन्तरिक अनुसंधानमा अस्पताल प्रशासन लागेको छ । विगतका अस्पताल ब्यवस्थान तथा प्रशासनद्धारा भएका अनियमितताबारे वास्तविकता पत्ता लगाउनका लागि आन्तरिक अनुसंधान भई रहेको अस्पतालले जनाएको हो ।अस्पताल अनियमिततामा ब्यवस्थापन,प्रशासन मात्रै नभई मन्त्रालय तथा निर्देशनालयसम्म पहुँचले भएको अस्पतालका कनिष्ठ कर्मचारीहरुले आशंका गरेका छन् । जस्मा सबै भन्दा बढि हतार हतारमा अस्पतालको नयाँ भवन हस्तानान्तरण लिने ब्यवस्थापन तथा प्रशासनले अस्पतालका लिफ्ट नचल्ने अवस्थाको भए पनि भवन बुझेका थिए । कुल १४ करोड बढिको योजनाम दुई करोड भन्दा बढि लिफ्टमा खर्चको भुतmानी सम्बन्धित ठेकेदारले लिई सकेको छ,एक कर्मचारीले भने,तर लिफ्ट सञ्चान नै भई रहेको छैन् । दोश्रो र तेश्रो तल्लामा जाने विरामी स्वाँ स्वाँ गर्दै कठिनाई पुर्वक चट्न...
पाल्ही क्याम्पसको शिक्षा संकायमा समाजिक विषयसँगै डेढ बर्षे अधिस्नातक तह थपिदै
रामग्राम नगरपालिका, शिक्षा, समाचार

पाल्ही क्याम्पसको शिक्षा संकायमा समाजिक विषयसँगै डेढ बर्षे अधिस्नातक तह थपिदै

नवलपरासी,२३ कातिकजिल्लाकै पुरानो पाल्ही बहुमुखी क्याम्पसमा अध्यापन गराईदै आएको चार बर्षे (विएड) ब्याचलर अफ एजुकेसन(शिक्षा संकाय)मा थप आवश्यकता पहिचान गरि विषय र कार्यक्रम थपिने भएको छ । चार बर्षे वि एडमा समाजिक अध्यक्ष शिक्षा विषय थपिने निर्णय भएको र त्यसको जानकारी जिल्ला स्थित सर्वदलिय तथा जनप्रतिनिधिहरुलाई समेत जानकारी गराइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राधेश्याम पाठकले जानकारी गराएका हुन् ।उनका अनुसार विगत बर्षमा खारेज भएको एक बर्षे विएडको स्वरुप परिवर्तन भई अहिले तिन समेस्टरमा परिक्षा दिइने गरि डेढ बर्षे अधिस्थानक तह पनि थपिने निर्णय भएको छ । एक बर्षे विएड गर्न खोव्ने जुन सुकै संकाय र विषयका विद्यार्थीले उतm कार्यक्रममा भर्ना लिई पढन पाउने भएका छन् । क्याम्पसमा अहिले ब्यवस्थापन संकायको विविएस र शिक्षा संकाय(विएड) को अध्ययन अध्यापन हुदै आएको छ । मानविकिय संकाय.विए) को सम्बन्धन भए ...
दश करोड बढि राजस्व गुमाएकोसुनवल नगरपालिका खोला निकासीको गृहकार्यमा जुट्दै
अर्थ, समाचार, सुनवल नगरपालिका

दश करोड बढि राजस्व गुमाएकोसुनवल नगरपालिका खोला निकासीको गृहकार्यमा जुट्दै

नवलपरासी, २२ कातिकगत बर्ष जिल्लाको सुनवल नगरपालिकाका खोलाजन्य निकासीका लागि ठेक्का गर्न नसक्दा करोडौ राजस्व गुमाउन परेको अवस्थालाई मध्यनजर राख्दै नगरपालिकाले पहल थालेको छ । डिभिजन बन कार्यालयसँग केही असमझदारीका कारण खोला निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समागिको्र अभाव देखी नगरपालिकाको राजस्व समेत गुम्दाा अहिले खोला निकासी लागि नगरपालिकाले पहल थालेको हो ।खोला निकासीका लागि ठेक्का गराउन नसक्दा नगरपालिकाको राजस्व मात्रै नभई खोलाजन्य समाग्रिको आपुर्तिमा समेत समस्या आएको हुदा अहिले बेलामै निकासीका लागि नगरपालिका आन्तरिक गृहकार्यमा जुटेको नगरपालिकाका उपमेयर सुर्य दुबेले जानकारी गराए । उनका अनुसार गत बर्ष खोला ठेक्का नलाग्दा नगरपालिकाको १० करोड बढि राजस्व गुमेको थियो । खोलाका निकासीका लागि सरोकारवाला कार्यालयसँग सहकार्य गर्नका लागि कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरुसँग छलफल र प...
सिमा क्षेत्रमा तस्करी मौलाउदै, महेशपुर भन्सारको राजस्व घटदै
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

सिमा क्षेत्रमा तस्करी मौलाउदै, महेशपुर भन्सारको राजस्व घटदै

नवलपरासी, २१ कातिक  जिल्ला स्थित महेशपुर भन्सारमा राजस्व उठ्नमा कमि हुदा लक्ष्य भेटाउन पनि गा्रहो हुदै गएको देखिएको छ । गत बर्ष लक्ष्यसम्म भेटाउदै राजस्व उठाउदै आएको महेशपुर भन्सारलाई अहिले लक्ष्य अनुसारको राजस्व उठाउन मुस्किल हुदै आएको हो ।भन्सार भन्दा तस्करी मौलाउदै जादा भन्सार राजस्व घट्दै जाने गरेको स्थानियले बताएका छन् । माल समान भारतबाट प्रठारी हुने क्रम रोकिएको छैन्,एक स्थानियले भने, तर भन्सारले लक्ष्य अनुसारको राजस्व उठाउन नसक्दा स्थानिय प्रशासन राजस्व भन्दा खाजस्वलाई प्राथमिकतामा राखेर तस्करी गराई रहेको अनुमान गर्न सकिन्छ । चालु आर्थिक बर्ष २०८२।०८३ को साउनमा पनि भन्सारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन्,उनले तथ्याँक देखाउदै भने,भदौ महिनामा केही राजस्व उठ्ने क्रम बढ्यो,तर पनि लक्ष्य भेटाउन सकेन्,अहिले असोज महिनामा भदौ भन्दा पनि कम राजस्व संकलन भएको देखिन्छ । भन्सार कार्यालयको...