
नवलपरासी,१९ मंसिर
उखु कृषकलाई अहिले समस्यै समस्या देखिन थालेको छ । उखु क्रसिगँ सिजन शुरु भई सक्दा पनि उखुको समर्थन मुल्य निर्धारण सरकारले नगरेको,सस्तोमा क्रसरले उखु खरिद गर्न बाध्य पारेको र चिनी उद्योगहरुले विगतका भुतmानी नदिई उद्योग नै सञ्चालन नगर्ने गरि सम्पर्क विहिन भएको हुदा उखु किसानलाई समस्या नै समस्या देखिन थालेको हो ।
विगतमा उधारोमा उखु किसानसँग उखु खरिद गरि भुतmानी नदिएर अहिले प्रतापपुर ८ गंगापुर स्थित इन्द्रा सुगर एण्ड एग्रो इन्ड्रिटिज प्रालिका सञ्चालक राकेश अग्रवाल सम्पर्क विहिन हुदा किसानको भुतmानीसँगै कर्मचारीको तलब बक्यौता रहेको छ । ७ करोड भन्दा बढि उखु किसानको भुतmानी नै बाकी रहेको उखु उत्पादक किसान महासंघका प्रवतmा समेत रहेका प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । कर्मचारीको तलब र कृषकको उधारो बाकी छ,नै ,उनले भने, केही लगानीकर्ताको लगानी समेत डुब्ने अवस्था देखिएको छ । उद्योगको सम्पती भन्दा बढि बैकका ऋणहरु समेत रहेका छन् । तर पनि सञ्चालक अग्रवालको खोजी गरि सम्पर्कमा ल्याउने र उद्योग सञ्चालनका लागि आफु लागि परेको बताएका थिए ।
बैकका कर्मचारी समेत उतm उद्योगलाई निगरानीमा राख्ने गरेका छन् । किसान र कर्मचारी समेत उद्योग सञ्चालक कतिखेर आउछन भनेर प्रतिक्षारत छन् । उद्योग सञ्चालक नै सम्पर्क विहिन हुदा यो बर्ष उद्योग समेत चल्ने अवस्था नदेखिएकोले किसानलाई थप चिन्ताले सताएको छ । तिन वटा चिनी उद्योग सञ्चालन हुदा बेलामै किसानको उधारो भए पनि उखु क्रसिगँ हुन्थ्यो,तर यो उद्योग नचल्ने देखिदा किसानलाई भुतmानी भन्दा उखु विक्रिको थप चिन्ता भएको स्थानिय उखु कृषक निवास यादवले बताए । कम्तीमा उद्योग सञ्चालक सम्पर्कमा आए नयाँ ब्यवस्थापनले उद्योग सञ्चालनको चाजो पाजो मिलाउथ्यो,उनले भने,तर अब त्यसको जिम्मेवारी कस्ले लिईने ?
जिल्लामा इन्द्रा,लुम्बिनी र बागमति गरि तिन वटा चिनी उद्योग रहेको थियो,अहिले इन्द्रा सुगर मिल्स नचल्ने लक्षण देखिएकोले लुम्बिनी र बागमति मात्र चल्न सक्ने अवस्था छ । लुम्बिनी चिनी उद्योगले समेत बैंकलाई देखाउने उदेश्यले नाम मात्रका लागि क्रसिगँ गर्ने गर्छ । बाकी भार बागमति चिनी उद्योग माथि नै पर्ने हुदा उद्योगको एकाधिकार अवस्था हुन सक्ने खत्तरा पनि बढदै गएको देखिन्छ । उद्योगपतिले जनता,सरकार र बंैकलाई समेत ठग्दै गर्ने गरेको अवस्था प्रष्ट देखिन्छ, यादवले भने, किसानलाई ठगेर भाग्ने,बंैंकलाई डुबाएर भाग्ने र सरकारलाई पनि झुक्याउने देखिएको छ । सरकारमा बस्ने दलालहरुका कारण यस्ता समस्याहरु आउने गरेको उनको भनाई थियो ।
यता सरकारले बेलामै समर्थन मुल्य तोकिदिएको भए उधारो भए पनि तोकिएको मुल्य पाउने अवस्था हुन्थ्यो,तर अन्यौलताको बेला विक्रि गर्दा उधारोमा विक्रि त्यसमा पनि कुन मुल्यले भुतmानी लिइने ? समेत अन्यौलता कायम नै रहेको अवस्था देखिएको प्रतापपुरका स्थानिय किसान युवराज मौर्यले बताए । सरकारले उखु किसानलाई कहिलै प्राथमिकतामा राखेर सहजीकरण गरेन,उनले आरोप लगाउदै भने,चाहे दलिय सरकारको होस, वा नागरिक सरकार होस उखु किसान उनीहरुको प्राथमिकता मै परेनन् । उद्योगपतिकै हालीमुहाली चल्ने गरेको छ, उनले थपे,उखु उत्पादक किसान संघ पनि औपचारिकतामा मात्र काम गर्दै आएको छ । नेपालका कुनै पनि सरकार आन्दोलन बाहेक हार गुहारको कुरा सुन्दैन्,आन्दोलन नै गर्नु पर्ने अवस्था सृजना गर्ने सरकारले नै गर्दै आएको उनका भनाई थियो ।
हरेक वर्षजस्तो यस वर्ष पनि उखु किसानले आफू उत्पादन गरेको उखुको मूल्य कै चिन्ता छ । सरकारले समर्थन मूल्य नतोक्दा उद्योगीले तोकेकै मूल्यमा उखु बेच्नु पर्ने समस्याले उनीहरु चिन्तित बनेको बताएका थिए । सरकारले अहिलेसम्म चालु आर्थिक वर्षमा काटिने उखुको समर्थन मूल्य अझै तोकेको छैन । समर्थन मूल्य नतोकेसम्म उखु उपलब्ध नगराउने हुने खाने किसानहरु तँ अडान छन् । तर उखु नै दैनिकी टार्ने किसानको बाध्यता अहिले जति मुल्य पाए पनि क्रसरलाई उखु विक्रि गर्दै आएका छन् । क्रसरले प्रति क्वीन्टल ३ रुपियासम्म मुल्य झारेर खरिद गर्ने गरेको किसानहरुले बताए । सरकार र उद्योगीको साठगाँठमा समर्थन मूल्य तोक्न ढिलाइ हुने गरेको किसानको आरोप छ ।
गत वर्ष पनि सरकारले अनुदान बाहेक ढिलो गरि प्रति क्विन्टल ५ सय ८५ रुपैयाँ समर्थन मूल्य तोकेको थियो । तर आर्थिक वर्ष २०८१÷०८२ का लागि तोकिएको प्रति क्विन्टल ७० रुपैयाँलाई घटाएर सरकारले ३५ रुपैयाँ दिने निर्णय गरेको थियो । सरकारले जिल्लाका किसानको अनुदान रकम भुक्तानीका लागि कुल ८ करोड ३६ लाख ५७ हजार निकासा पठाएको थियो । ति मध्ये हालसम्म ७ करोड ८२ लाख १९ हजार भुक्तानी भइसकेकोे छ । ६ सय ४० किसानको ५४ लाख ३८ हजार रकम भुक्तानी दिन बाँकी छ ।
उद्योग सञ्चालकहरुले भने किसानहरुसँग विवरण माग्दा नदिएकाले पठाउन नसकिएको बताएका छन् । किसानसँग उखु लगाएको क्षेत्रको प्रमाण सहित अन्य कागज मागेका थिए । विवरण पठाउन बाँकी रहेका उद्योग मध्ये लुम्बिनी चिनी उद्योगबाट १ सय ८१ किसानको आउन बाँकी छन् । उक्त किसानको विवरण आएमा ४ लाख २२ हजार हुन्छ । बागमती चिनी उद्योगको २ सय ४१ किसानको विवरण नआउँदा ७ लाख ७२ हजार निकासा दिन सकिएको छैन । इन्दिरा चिनी उद्योगले नै २ सय १८ जनाको विवरण नपठाउँदा ४२ लाख ३३ हजार रुपैयाँ निकासा पठाउन नसकिएको कोलेनिकाले जनाएको थियो । उखु किसानको समस्या आन्तरिक तँ छदैछ,उखु किसानकै आडमा भारतबाट उखु ल्याएर पनि विक्रि वितरण गर्ने सिमावर्ति क्षेत्रका केही तौल केन्द्र(काँटा)हरुले समेत उद्योगलाई उखु विक्रि गरेका कारण अनुदान रकम दाबी गर्न समस्या भई रहेको स्थानिय किसानले बताएका थिए ।
