
नवलपरासी,१० मंसिर
एमसिसी नेपालद्धारा न्यु बुटवल सब स्टेसन र १८ किलोमिटर प्रसारणलाईन निर्माण कार्यको शुभारम्भ नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनाल र अमेरिकी राजदुत डिन आर थम्पसनले संयुतm रुपमा शुभारम्भ गरेका छन् । बहुचर्चित अमेरिकी सहयोगको आयोजना(मिलिनियम च्यालेन्ज कार्पोरेसन(एमसिसी) अन्तरगतको एमसिसि नेपालद्धारा न्यु बुटवल सब स्टेसन र १८ किमि प्रसारणलाई निर्माणको शुभारम्भ गरेका हुन् ।
सुनवल नगरपालिका १२ बडेरा स्थित आयोजना स्थलमा बेल्चाले दुबै जना माटो खन्दै आयोजना कार्य शुभारम्भ भएको जानकारी गराएका थिए । एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तरगत निर्माण गर्न लागिएको यि नयाँ पुर्वाधारले नेपालको विद्युतय सञ्जाललाई सशतिmकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपुर्ण उर्जा ब्यपार अन्तर सम्बन्ध स्थापना गर्ने विश्वास अर्थमन्त्री खनालले गरेका थिए । अमेरिकी राजदुत थम्पसन,एमसिसिका आवासीय राष्ट्र निर्देशक डायन प्रान्सििस्को,एमसिए नेपालका कार्यकारी निर्देशक खड्क बहादुर विस्ष्ट सहितको सहभागिता रहेको थियो । स्वच्छ उर्जामा पहुँचको विस्तार,क्षेत्रिय उर्जा ब्यपारमा अभिवृद्धि तथा दीर्घकालिन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने नेपाल सरकारको सशतm प्रतिवद्धता यस आयोजनामा प्रतिविम्बित भएको अर्थमन्त्री खनालको भनाई थियो ।
एमसिसी र एमसिए नेपालको सहयोगबाट राष्टहितका लागि भएका सम्झौतालाई कार्यरुपमा रुपान्तरण हुने बताउदै उनले थप भरपदौ उर्जा प्रणाली निर्मा(ा गर्नेै कार्यमा एक प्रतिवद्ध साझेदारका रुपमा नेपालसँग उभिन पाउदा अमेरिकालाई समेत गर्व लागेको राजदुत थम्प्सनले बताएका थिए । उनले प्रसारणलाईन तथा ससस्टेसन जस्ता आयोजनाहरु घर परिवार तथा ब्यवसायहरुमा बत्ती बाल्नमा मात्र सघाउने नभई यस क्षेत्र भरि नै ब्यपार,वृद्धि तथा प्रगतिका लागि पनि अवसरहरु सृजना गरिने दाबी गरेका थिए । बडेरा देखी भारतिय सिमा रहेको ठूठीबारी बजारसम्म नेपालको तर्फबाट तावर पोलहरु बन्ने छन् । भारतीय भुभागमा टावर पोलहरु गाड्ने अधिकाँस काम भई सकेको तर नेपालमा बडेरा देखी सिमासम्मको कार्य गर्न जग्गा अधिग्रहण गर्ने कार्य निरन्तर भई रहेको छ ।
नेपालका राष्ट्रिय प्रसारणलाईन २२० केभि प्रसारणलाईनको कार्यालय तथा स्टेसनका कार्य भई सकेका छन् । त्यहीबाट भारत तर्फ विद्युत पठाउनका लागि थप कार्यका लागि शुभारम्भ गरिएको थियो । नेपालमा विद्युत उत्पादन गरि भारत लगायत अन्य देशमा विद्युत विक्रि गर्नका लागि सो प्रसारणलाईन मार्फत विद्युत पठाइने छ । त्यसमा अमेरिकी सहयोग भएको हुदा अमेरिकी लगानीको प्रतिफल अमेरिकी सरकारले कसरी उठाउने ? र सबै आयोजनाका लागतहरुको रहस्य पनि अहिले गर्भमै रहेको छ ।
