नवलपरासीमा बढदै एचआईभी संक्रमण

नवलपरासी,१७ मंसिर
जिल्लामा अहिले एचआई संक्रमितको संख्या बढदै गएको पृथ्वीचन्द्र अस्पतालमा रहेको एन्ट्रोभाईरल थेरापी(एआरटी) सेन्टरले जानकारी गराएको छ । विगतको तुलनामा अहिले एचआईभि संक्रमितको संख्या थपिदै गएको जानकारी गराएको हो ।
समाजमा अहिले पनि संक्रमितको थप संख्या हुन सक्ने अनुमान समेत सेन्टरले गरेको छ । केही जागरुक समाजका ब्यतिmहरुले एआरटी सेवा लिन आएको भए पनि यो भन्दा बढि अझ समाजमा खुल्न नखोज्ने समुदायका ब्यतिmमा एचआईभी संक्रमितको संख्याले आउने दिनमा यसलाई थप बढाउन सक्ने आशका अस्पतालले गरेको छ । यसका लागि पालिका स्तरबाट पनि सचेतना गरि परिक्षण गराउन उन्मुख गराउने र परिक्षणमा एचआईभि पोजेटिभ देखिए उनीहरुलाई निदानका लागि एआरटी सेन्टरमा पुर्याउने कार्य गर्न सकेमा मात्र एचआईभी निर्मुल पार्न सक्ने सेन्टरका काउन्सेलर दिपेन्द्र ठाकुरले बताए । परिक्षण पश्चात सेन्टरमा सेवा लिन आउने सेवाग्राहीको सुचना गोप्य नै राखिने गरिएको छ,उनले भने, तर यसबारे गाँउ समाजमा प्रभावकारी ढंगले सुचना प्रवाह भई रहेको छैन् । यस प्रति स्थानिय सरकारले अभियानकै रुपमा परिक्षण गरि एआरटी सेवा लिन प्रेरित गर्नु पर्ने उनको भनाई थियो ।
उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा वि.सं.२०७२ साल देखी एआरटी सेवा सञ्चालित छ । हालसम्म ५ सय ४१ जनाको रजिष्ट्रेसन देखिन्छ । जस्मा २ सय ३२ जना महिला,२ सय ८६ जना पुरुष र २३ जना तेश्रो लिगिँ(अन्य) रहेको तथ्याँक देखिन्छ । यो तथ्याँकले महिला भन्दा पुरुषमा बढि संक्रमण देखिएको छ । त्यसै गरि एआरटी सेन्टरमा हालसम्म निरन्तर सेवा लिइनेमा ३ सय ७९ जना औषधी खादै आएका छन् । त्यसमा १ सय ८५ जना पुरुष र १ सय ५५ जना महिला छन् । १६ जना तेश्रो लिगिँ अन्य रहेका छन् । त्यसै गरि १६ जना बालक र ७ जना बालिका समेत संक्रमित अवस्थामा रहेको उनको भनाई थियो ।
यसै गरि पालिका अनुसारको तथ्याँक हेर्ने हो भने सबै भन्दा बढि वर्दघाट नगरपालिका,दोश्रो स्थानमा सुनवल र तेश्रो स्थानमा रामग्राम नगरपालिका रहेको देखिन्छ । यि तिनवटै नगरपालिकामा रहेका क्रमशः ७५,५४ र ५१ जना संक्रमितले एआरटी सेवा लिइने गरेका छन् । त्यसै गरि गाउपालिका तर्फ सुस्ता गाउपालिकामा ३३ प्रतापपुर गाउपालिकामा ३२ जना, पाल्हीनन्दन गाउपालिकामा २७ जना र सरावलमा १६ जना संक्रमितको संख्या छ । यसै गरि एआरटी सेन्टरबाट सेवा लिनका लागि नेपालकै अन्य जिल्लाबाट ११ जनाले सेवा लिई रहेका छन्,भने ८० जना भारतिय नागरिक पनि आएर नियमित सेवा लिदै आएको एआरटी सेन्टरका काउन्सेलर ठाकुरले जानकारी गराएका थिए ।
उनका अनुसार एआईभि संक्रमित मध्ये चार जना महिला गर्भवति भएको र उनीहरुको सुरक्षित ढंगले प्रसुति गराइएको थियो । ति संक्रमित महिलाबाट जन्मने चार शिशुमा एचआईभि नेगेटिभ देखिएका छन्, उनले भने, यो खुशीको कुरा हो,शिशुमा संक्रमण देखिएन् । उनका अनुसार एआरटी सेन्टरबाट सेवा लिइने मध्ये ५८ जनाको हालसम्म मृत्यु भई सकेको पनि तथ्याँक रहेको छ । विश्वब्यापी रुपमा एचआईभी संक्रमितको तथ्याँक कम देखिए पनि सो अनुपातमा यता संक्रमण घटिरहेको छैन् । यो चुनौती रहेको छ । एचआईभि संक्रमण भएको पहिला तँ पहिचान गरिनु नै चुनौती पुर्ण रहेको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले बताए ।
एचआईभि परिक्षणको नाम लिइने वित्तिकै जो सुकै मानिस हिच्किचाउने अवस्था देखिन्छ,कुनै कागजात मेडिकल रिपोर्टमा एचआईभिको रिपोर्ट समेत समावेश गर्नु पर्ने बाध्यता आएको खण्डमा मात्र एचआइभि परिक्षण गराउने गरिएको छ । जुनकी यसलाई स्थानिय सरकारले नै पालिका भित्रका सम्भावित तथा आशँका लागेका ब्यतिmलाई सुरक्षित र गोप्य तरिकाले परिक्षण गरि उनहरुलाई आवश्यक उपचारका लागि एआरटी सेन्टरमा पठाउने बाकीलाई सुरक्षित रहनका लागि आवश्यक जनचेतना जगाई सावधान गराई राख्ने कार्यक्रम गर्नु पर्ने उनको सुझाव रहेको थियो । एक पटक सबैको परिक्षण भए पछि स्थानिय सरकारले एचआईभिबारे आफ्ना नीति कार्यक्रम बनाएर काम गर्नका लागि सहज हुने अवस्थाको सृजना गर्नु पर्ने अध्यक्ष चौधरीले बताएका थिए ।
एचआईभि संक्रमण हुने अन्य जे जस्तो विधि भए पनि समाजमा असुरक्षित यौन सम्बन्ध,अवैध यौन धन्दालाई नै मान्ने गरेका छन् । यसकारणले पनि समाजमा कोही अपहेलित हुन नचाहने डरले परिक्षण गराउन नचाहने अवस्था रहेको छ । कतिपय अवस्थामा संक्रमण भएको ब्यतिm थाहा पाएर पनि द्धेसबास पनि अन्यमा सार्ने गरेको घटना पनि सार्वजनिक भएको थियो । यस्तो अवस्थाले झन समाजमा चुनौती थपिएको देखिन्छ । नेपालमा २९ हजार रहेको अनुमान गरिएको छ । नेपालमा एचआभि संक्रमणलाई महामारीकै रुपमा राखिएको अवस्था छ । जसको प्रभाव नवलपरासी जिल्लाको तथ्याँकले देखाएको छ ।
नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरु सुईद्धारा लागु पदार्थ प्रयोग गर्नेहरु,यौनकर्मीहरु,कारकारमा रहेका कैदीबन्दीहरु,पुरुष समलिगिँहरु तथा तेश्रोलिगिँहरु र रोजगारीका लागि विदेशिनेहरु रहेका छन् । यि मध्ये सुईद्धारा लागु पदार्थकोप्रयोग गर्नेहरु र पुरुष समलिगिँ यौनकर्मीहरुमा संक्रमण दर अरु जोखिम समुह भन्दा उच्च रहेको देखिन्छ । नेपालमा महामारीको रुपमा रहेको एचआईभी संक्रमण न्युनिकरणका लागि प्रयाप्त बजेट विनियोजना हुन सकेको छैन् ।
तिन तहको सरकार भए पनि जनस्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्नु भन्दा भौतिक पुर्वाधारलाई महत्व दिइएर बजेट खर्चने कार्य भई रहेका छन् । तर यदि मुलुकमा नागरिक नै अवस्था हुदै जाने हो भन्ने ति पुर्वाधार कस्का लागि भन्ने प्रश्न पनि रहेको पत्रकार टिकाराम गैरे बताउछन् । दशक अगाडी सिगोँ नवलपरासी जिल्ला हुदा सयको संख्यामा तथ्याँक आउदा भयावह महशुस हुने गरेको थियो,उनले भने,तर अहिले सानो जिल्लामा यतिको ठूलो संख्यामा एचआईभि संक्रमितको संख्या सार्वजनिक हुन सरकारले समान्य ठानिनु दुखद हो । यसबारे बेलामै प्रभावकारी अभियान शुरु गर्नु पर्छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *