मालपोत कार्यालयको सर्भर डाउन हुदा सेवाग्राहीलाई समस्या

नवलपरासी,१९ मंसिर
जिल्ला स्थित भुमिसुधार तथा मालपोत कार्यालयमा सर्वर डाउन भन्दै सेवाग्राहीको काम गर्नमा ढिलाई हुदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । फाटवालाहरुले सर्वर डाउन भएको बहाना बनाउदै सेवाग्राहीको काम छाडेर बाहिर घुम्न जाने,आलटाल गर्दै काम ढिलो गराउने र केही दलाल मार्फत अनुचित लाभभको प्रस्ताव गर्ने गरेको आरोप समेत सेवाग्राहीले लगाउने गरेका हुन् ।
टाढा टाढाबाट मालपोतमा सेवा लिनका लागि आउने सेवाग्राहीलाई कसरी हैरान पर्न सकिन्छ,भन्ने नियती राख्ने गरेको गुनासो मालपोतमा आउने सेवाग्राहीको रहेको थियो । काम ढिलो भयो भने टाढाका सेवाग्राही बाध्य भएर दलालको शरणमा जानु पर्ने बाध्यता छ, एक सेवाग्राहीले भने, दलालले काम गराउदा सर्वर चल्ने र सिधै सेवाग्राहीले फाईल लिएर जादा सर्वर नचल्ने हुन्छ ? कार्यालय प्रमुख र अधिकारीहरुसँग सोधपुछ गर्दा सर्वर चलेको भन्ने तर फाटमा सर्वर नचल्ने के हो ? बुझनै गाह्रो भएको उनले दुखसो पोखेका थिए । कर्मचारीले काम ढिलो गरिरहेको गुनासो आउने गरेको नेपाल लेखापढी कानुन ब्यवसायि महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका अर्जुन बहादुर क्षेत्रीले बताए । कम्प्युटर सिस्टममा काम भई रहेको हुदा धेरै सेवाग्राहीलाई भित्रको प्राविधिक समस्या के छ ? त्यो जानकारी नहुने र काम ढिलो हुदा उनीहरुले समस्या र आरोप लगाउने अवस्था आउछ । राजिनामा नामसारी गर्न समस्या भएको सेवा ग्राही तथा लेखापढी व्यवसायीले समेत गुनासो गरेका छन ।
भुमिसुधार तथा मालपोत कार्यालयको सर्भरमा समस्या आउँदा जग्गा नामसारी,राजिनामा लगायत काम गराउन समस्या भइरहेको नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रिय उपाध्यक्ष क्षेत्रीले गुनासो गरेका हुन । ‘नामसारी र राजिनामा लगायत काम गराउन आउनु भएका सेवाग्राही बिहान देखि नै लाइनमा हुनु हुन्छ । सर्भर नचलेर लाइनमा बस्दा बस्दै केही सेवाग्राही घर फर्किनु पर्ने अवस्था आउने गरेको छ । सर्भरको क्षमता काम भएर सर्भर नचलेको तालुक कार्यालयका निर्देशकले बताएका थिए । सरकारले सेवा ग्राही संग राजश्व लिने तर सर्भरको क्षमता बढाउन नसकने “सेवाग्राहीले समयमा राजश्व दिन तयार भए पनि सरकारले राजश्व लिन सकिरहेको छैन, “सर्भरको क्षमता बढाउनमा सरकार कन्जुसाइ गरिरहेको छ,सरकारको कन्जुसाइका कारण सेवाग्राही हप्तौं सम्म सरकारी कार्यालय धाइरहेका हुन्छन र उनीहरूको खर्चको भार बढीरहेको छ ।
सर्भर नचलेर फाँटका कर्मचारीले भने, हामी पनि हैरान छौं । फाँटका कर्मचारी भने १५ दिन देखि सर्भर नचलेर समस्या भइरहेको छ एक जना सेवाग्राहीको काम गर्न २० मिनेट बढी लागिरहेको छ । सर्भर चलिरहेछ भुमिसुधार तथा मालपोत कार्यालयका अधिकृत बसन्त कार्कीले बताए । एउटै कार्यालयमा अधिकृतले सर्वर चल्ने गरेको र फाटवालाले सर्वर डाउन भई रहेको कुरा पनि रहस्यात्मक बन्दै गएको सेवाग्राहीले बताए । यसबारे मालपोत कार्यालयका कम्प्युटर अपरेटर तिलक हरिजनले अधिकृतको इनडोर सर्विस सफ्टवेयर रहेको हुदा चल्ने गर्छ,तर फाटमा बाह्रय पहुँच(इक्टर्नलन एक्कस) सहितको सिस्टम सफ्टवेयर भएर फाटको सर्वर चल्ने गरेको दाबी गरेका थिए । सर्वरकै कारण सेवाग्राहीको काममा ढिलाई भई रहेको छ,उनले भने, काम ढिलाई हुदा सेवाग्राहीले जे जस्तो सुकै आरोप लगाउछन नै । त्यसबारे विभागमा समेत जानकारी गराएको थियो । सेवाग्राही बढदै जादा सर्वरको एक्सेसका लागि बढि क्षमताको सर्वर जडान आवश्यक रहेको समेत उनले औल्याएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *