समाचार

नवलपरासीको साँसदिय उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नवलपरासीको साँसदिय उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो

नवलपरासी,२६ मंसिरअगामी फागुन २१ गते हुन गई रहेको संघिय संसद प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उमेदवारी सिफारिसमा किचलो देखिन थालेको छ । एकतर्फि रुपमा ६।६ पटक उमेदवारको नाम सिफारिस गर्दा पार्टी विधान मापदण्ड विपरीत भएको जिल्लाका कार्यकर्ताले असन्तुष्टि ब्यतm गर्न थाले पछि नेपाली काँग्रेस उमेदवार छनौटमा किचलो देखिन थालेको हो ।उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो देखियो, एक कार्यकर्ताले भने, उमेदवार छनौटमै किचलो देखिए पछि चुनाव कसरी जित्ने ? कार्यकर्ताको मनोबल कसरी उठ्ने ? जस्ता प्रश्न पनि आउन थालेको छ । जेनजीको आन्दोलनको मुख्य ध्येय नै पुस्तान्तरण हो,तर तिनै ब्यतिm निरन्तर उमेदवार बनिराख्दा कार्यकर्तामा माझ असन्तुष्टि ल्याउछ नै,उनले थपे, केही ब्यतिmलाई कोही प्रिय हुन सक्छ,उनीहरुले आफ्ना राय ब्यतm गर्न पाउछन्,तर उमेदर छनौट जस्ता विषय सबै जिल्लाका कार्यकर्ताहरु भेला भई उमेदरवार ...
ब्यवसायिद्धारा हाटबजारको डिपिआर माग्दै मुख्यमन्त्रीलाई निवेदन
अर्थ, रामग्राम नगरपालिका, समाचार

ब्यवसायिद्धारा हाटबजारको डिपिआर माग्दै मुख्यमन्त्रीलाई निवेदन

नवलपरासी,२६ मंसिरजिल्लाका हाटबजार ब्यवसायीले बजारको डिपिआर माग्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई निवेदन दिदै आग्रह गरेका छन् । जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही ब्यतिmले अतिक्रमण गरि रहेको भन्दै ब्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गर्दा नपाउने र पछि जिल्ला समन्वय समितिलाई गुहारे पनि नगरपालिकाले अटेरी गर्दा मुख्यमन्त्री समक्ष निवदेन दिएका हुन् ।हाट बजार ब्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाईन सहितको डिपिआर कातिक १५ गते नै माग गरेका थिए । तत्पश्चात उनलाई डिपिआरको प्रतिलिपि उपलब्ध नभए पछि उनी मंसिर १ गते जिससमा निवेदन दर्ता गराएका थिए । जिससले पत्राचार गर्दा पनि नगरपालिकाले अटेरी गरे पछि उनी मुख्यमन्त्रको कार्यालयमा जिल्ला हुलाक कार्यालय मार्फत पत्र पठाएका हुन् । पत्र पठाए पश्चात उनी परासी प्रेस क्लब मार्फत आफनो गुनासो पन...
पण्डितपुरमा उत्खननले भेटाएको भग्नावेश खुल्ला नै राखिने तयारी
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

पण्डितपुरमा उत्खननले भेटाएको भग्नावेश खुल्ला नै राखिने तयारी

नवलपरासी,२५ मंसिरसम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुरातत्व विभागको टोलीले आफ्नो १ महिने उत्खनन कार्य सम्पन्न गरि फर्केको छ । उत्खननमा भेटिएको प्राचीन बस्तिका भग्नावशेषलाई खुल्ला नै राख्ने गरि स्थानिय प्रशासन तथा स्थानिय सरकारको आग्रहमा खुल्ला नै राखेर फर्केको हो ।प्रमुख जिल्ला अधिकारी सहितको स्थानिय अधिकारीहरुसँग छलफल गरि भेटिएका भग्नावशेषलाई आउने पर्यटकले देख्ने गरि अवस्थामा राख्न सबैले निर्णय गरेका थिए । उतm स्थान प्राप्ती गर्नका लागि अधिग्रहणका आवश्यक प्रकृया पुरा गरि अधिग्रहण गर्ने र घामपानीले जोगाउन नगरपालिकाले ट्रस हाल्ने सहमति अनुसार उत्खनन टोलीले फेला पारेको भग्नावेश खुल्ला छाडेर गएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताए । विगत तिन दशक देखि सो क्षेत्रमा भुभौतिक सर्वेक्षण,उत्खनन अन्वेशष गर्ने र पछि ति स्थानलाई पुनः पुरेर पुरात्व विभ...
केरा मासेर गहुँ खेती तर्फ नवलपरासीका केरा किसान
कृषि, समाचार, सुस्ता गाउँपालिका

केरा मासेर गहुँ खेती तर्फ नवलपरासीका केरा किसान

नवलपरासी,२४ मंसिरसरकारी वेवास्ता र केरामा देखिने विभिन्न समस्याले आजिज भएका जिल्लाका किसान अहिले केरा मासेर गहुँ खेती गर्ने क्रम बढेको छ । ठूलो लगानी र कठिन परिश्रम गर्दै कृषि कर्म गरेर उत्पादन गरेका केरा बजारमा मुल्य नपाउदा केरा खेती प्रति नैराश्यता बढदै जादा केही किसानले केरा मासेर अन्य गहुँबाली गर्न थालेका हुन् ।आफुले स्थानिय विद्यालयको जग्गा भाडामा लिई नगदे केरा खेती गर्दै आएको तर अहिले लगानी भन्दा कम मुल्य केराबाट पाउने अवस्था आए पनि जोतेर गहुँ छरेको देखाए । केरा मासेर गहुँ छरेको छु, गहुँ सिचाई गर्दै गरेका सुस्ता गाउपालिका बलिनगरका नन्द प्रसाद भण्डारीले भने, केरामा खासै फाईदा भएन्, नगदेबाली भएका कारण सस्तोमा भए पनि बेच्नु पर्ने अवस्था हुन्छ । केरालाई भण्डारण गर्नु चुनौती छ, उनले थपे,तर गहुँ तँ मुल्य नपाए पनि भण्डारण गरेर राख्न सक्ने अवस्था हुन्छ । भण्डारीले छिेमकी ४ जना पनि १०।१० कट्ठ...
लैगिँक हिँसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

लैगिँक हिँसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

नवलपरासी, २३ मंसिरजिल्लामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानकै क्रममा विभिन्न स्थानमा विभिन्न कार्यक्रम मनाईने गरिएको छ । अभियान अन्तरगत नै मंगलवार पाल्हीनन्दन गाउपालिकामा लैगिँकतामा आधारित हिँसाले महिला र बालबालिकाको पोषण अवस्थामा पार्ने प्रभावहरु सम्बन्धि अन्तरक्रिया गरिएको हो ।उतm अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गाउपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना)ले समाजमा अहिले पनि लैगिँक विभेदका कारण बालबालिकामा खानपानमा गरिने भेदभावले पोषणमा प्रभाव पार्ने हुदा त्यसलाई जसैबाट हटाउन आग्रह गरेकी थिईन् । हेर्दा समान्य देखिने तथा परम्परागत रुपमा जडसुत्रको रुपमा रहेको छोरी मान्छेलाई जस्तो सुकै खानपान दिए पुग्ने तर छोरा मान्छेलाई विशिष्ट प्रकारको भोजन दिईने चलनले त्यसको असर पोषण क्षेत्रमा पार्ने गरेको सुनाएकी थिईन् । आफु उपाध्यक्षमा निर्वाचित भए देखी नै जातिय रुपमा लैगिँकताको सिकारमा परेका अ...
रामग्रामका वार्ड अध्यक्षद्धारा कार्यकालको प्रगति सार्वजनिक
राजनीति, रामग्राम नगरपालिका, समाचार

रामग्रामका वार्ड अध्यक्षद्धारा कार्यकालको प्रगति सार्वजनिक

नवलपरासी,२३ मंसिरजिल्लाको रामग्राम नगरपालिका वार्ड नं.4 का वार्डअध्यक्ष मदन यादवले आफ्नो दुई कार्यकालको विकास निर्माण तथा प्रगति सार्वजनिक गरेका छन् । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उनले आफु दोश्रो पटक वार्ड अध्यक्षमा निर्वाचित भई काम गर्दै आएको जानकारी गराउदै नगर गौरवको आयोजना सहित वार्ड स्तरबाट हुने कार्यप्रगति सुनाएका हुन् ।पहिलो कार्यकालमै आफुले लुम्बिनी प्रदेश सरकारको सहकार्यमा बन्ने नगरस्तरिय संग रंगशाला(खेलमैदान) आफ्नै वार्डमा निर्माण गर्न लगाएको र अहिले उतm रंगशाला अन्तिम चरणमा पुगेको बताएका थिए । त्यसै गरि नगर स्तरकै बसपार्क पनि आफ्नो वार्डमा निर्माण सम्पन्न भई सकेको तथा बसपार्कसम्मको पहुँच मार्ग बन्ने वित्तिकै सञ्चालनमा ल्याइने दाबी गरेका थिए । त्यसै गरि शिक्षा क्षेत्रको विकासको रुपमा वार्ड नं.४ मै रहेको पाल्ही बहुमुखी क्याम्पसको सौन्दर्यीकरण,प्रवेशद्धार,साईकल स्टैण्ड,पुस्...
स्थानिय केरा कृषकको दवावमा प्रहरीद्धारा भारतिय केरा बरामद
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

स्थानिय केरा कृषकको दवावमा प्रहरीद्धारा भारतिय केरा बरामद

नवलपरासी,२२ मंसिरनेपालमा भारतिय केराको खुलेयाम तस्करी हुन थाले पछि प्रहरीले तिन टेक्टरमा लोड गरि नेपाल भित्रयाउदै गरेको अवस्थामा बरामद गरेको छ । केरा उत्पादक किसान संघले पटक पटक प्रहरीकै मिलोमतोमा केरा तस्करी हुने गरेको आरोप लगाउदै आएको भन्दै पक्राउ गर्न दवाव बढाउन थाले पछि प्रहरीले केरा बरामद गरि महेशपुर भन्सार पठाएको जानकारी संघका जिल्ला अध्यक्ष लख्खु यादवले गराएका हुन् ।प्रहरीले नियन्त्रणमा लिइएको तिनवटा टेक्टर र ट्रली मध्ये एउटा टेक्टर र बाकी दुई वटाको ट्रली मात्र भन्सारलाई बुझाएको छ । बरामद गरिएको केरा अहिले भन्सारले लिलामी प्रकृया अगाडी बढाएको छ । बरामद टेक्टर र टालीमा नम्बर प्लेट समेत उल्लेख छैन् । भन्सार कार्यालयका अनुसार एक टेक्टरको मुल्य १ लाख ४४ हजार न्युनतम मुल्य कायम गरि लिलामी प्रकृयाको सुचना टास भन्सार कार्यालयले गरेको देखिएको छ । बरामद उतm केरा भारत महाराष्ट्रबाट आएको दाबी ...
पाल्ही बहुमुखी क्याम्पसको छैठौ साधारणसभा सम्पन्न
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

पाल्ही बहुमुखी क्याम्पसको छैठौ साधारणसभा सम्पन्न

नवलपरासी,२१ मंसिरजिल्लाकै पुरानो पाल्ही बहुमुखी क्याम्पस परासीले आफ्नो छैठौ क्याम्पससभा सम्पन्न गर्दै नयाँ योजना अगाडी सारेको छ । मुलुक भरि धेरै जसो क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेको तर विगत बर्षको तुलनामा सो क्याम्पसमा विद्यार्थीको आकर्षण बढदै गई रहेको जानकारी गराउदै क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले ९ सुत्रिय अगामी कार्य गर्नु पर्ने आवश्यकता औल्याएका हुन् ।उनले प्रस्तुत गरेका प्रतिवेदन अनसार क्याम्पसले उपभोग गर्दै आएको ७ विघा ६ कट्ठा जग्गा क्याम्पसकै नाममा दर्ता गर्नका लागि आवश्यक प्रकृया पुरा गर्ने,गुणस्तरिय शिक्षाका लागि आवश्यक पुर्वौधार थप गरिनु पर्ने,गुस्तरिय शिक्षाका लागि योग्य शिक्षक,सक्षम,दक्ष जनशतिmको दिगो ब्यवस्थापन गर्नु पर्ने भएकोले आवश्यक ब्यवस्थापकिय कार्य गर्नु पर्ने,गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्युएए) प्रकृयामा रहेको अवस्थामा आवश्यक मापदण्ड तत्कालै पुरा गरि क्य...
परासीमा डा.भिमराव अम्बेडकरको परिनिर्वाण दिवस मनाइयो
नवलपरासी (ब.सु.प.), समाचार, समाज

परासीमा डा.भिमराव अम्बेडकरको परिनिर्वाण दिवस मनाइयो

नवलपरासी,२० मंसिरजिल्लाको सदरमुकाम परासीमा भारतका सविधान निर्माता तथा बोधिसत्वको रुपमा उपमा पाउदै आएका डा.भिमराव अम्बेडकरको परिनिर्वाण दिवस मनाइएको छ । समाजिक जागरण अभियान मञ्च लुम्बिनी प्रदेश नेपालको आयोजना तथा बहुजन समाज नवलपरासीको सहआयोजनामा उतm दिवस मनाइएको हो । भारतको संविधान निर्माण गरि पहिलो कानुन मन्त्री हुदै पछि मन्त्री पद परित्याग गरि एक लाख अनुयायी सहित बौद्ध भिच्छु बनेका डा.अम्बेडकर बुद्ध धर्मको प्रसार तथा प्रवद्र्धनमा लागेको थिए । डा.अम्बेडकर दिएका सन्देश तथा मागदर्शन अहिले पनि बहुजन समाज,पिछडिएको बर्गका लागि उत्प्रेररक रहेको संविधान सभा सदस्य चिनक कुर्मीले बताएका थिए । प्रमुख अथितीको मन्तब्य राख्दै उनले भारतको संविधान पश्चात सँसारका धेरै जसो मुलुकले संविधान निर्माण गर्दा डा.अम्बेडकरको शिक्षाले प्रेरित भएर सविधान बनाउदै आएका छन्,उनले भने,नेपालको संविधान बनाउदा पनि धेरै ...
रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्धभिच्छुको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्धभिच्छुको चाँसो

नवलपरासी,२० मंसिरभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको प्राचीन पोखरी संरक्षणमा बौद्ध भिच्छुले पनि चाँसो देखाएका छन् । बौद्धकालिन उतm पोखरीमा तत्कालिन बौद्ध भिच्छुले स्नान गर्ने,साधना गर्दै आएको अध्यात्मिक पोखरी रहेको भन्दै बौद्ध भिच्छुको पनि चाँसो बढेको हो ।रामग्राम स्तुपमा आएको भिच्छु निपुन सहितका भिच्छुले नजिकै बौद्धभिच्छुहरु बास बस्ने र उतm पोखरीमा स्थान र नजिकै ध्यान साधान गरेको कुरा सुनेर रामग्राम १७ मा रहेको उतm पोखरीको स्थलगत अवलोकनमा पुगेका थिए । बुद्धसँगै यस पोखरी तथा संघारामको महत्व जोडिएको छ,बुद्ध भिच्छुलाई अहिले पनि यो उत्तिकै अध्यात्मिक साधानका लागि उपयुतm देखिएको बताएका थिए । बौद्धसंघमा पनि यसबारे चर्चा गरिने बताउदै उनले यसको संरक्षण र प्रवद्र्धनमा सरकार र स्थानियबासीको सहभागिता हुन आवश्यक रहेको औल्याएका थिए ।बौद्धकालिन उतm पोखर...