नारायणी नदीको कटानले सुस्ता सकिने खत्तरा बढदै

नवलपरासी,१५ मंसिर
भारतिय सिमा सुरक्षा बल(एसएसबी)को त्रासमा बाच्ने नेपालका सुस्ताबासीलाई अहिले आर्को त्रास नारायणी नदी कटान बनेको बताएका छन् । नेपाली सुस्त भुमि पटक पटक भारतिय एसएसबीको आडमा अतिक्रमणको चपेटामा पर्ने गरेको सुस्ता तर्फ नारायणी नदीको धार फर्कदै कटान थाले पछि थप त्रासदी बनेको हो ।
गत बर्ष सुस्ता गाउपालिकाले नदीबाट नदीजन्य पदार्थको निकासीको ठेक्का लगाए पछि निकासी गर्ने ठेकेदारले नदीको धार नै परिवर्तन हुने गरि खनन गरेका कारण धार परिवर्तन भएको आरोप समेत सुस्ताबासीले लगाएका छन् । गाउपालिकाले क्षतिक लाभको लागि हजारौ हेक्टर भुमि नै गुमाउनु पर्ने अवस्था निम्त्याएको छ, स्थानिय रविन्द्र जैसवालले भने,नदीबाट निकासी गर्दा धार परिवर्तन भएर नदीको पुर्वि क्षेत्र तर्फ बढि पानीको प्रवाहले कटान गर्दा सुस्ता नै जोखिममा परेको सुनाए । नदीको प्रवाह रोक्नका लागि बलौटे माटोले बनाइएको बाँध खति समय रोक्छ । अहिले दिउँदको बेला पनि नदीको पानीले निरन्तर कटान गर्दै बाँधलाई कमजोर बनाउदै आएको छ । बर्षायामा सबै सुस्ताबासीले बोरामा बालुवा भर्दै पानी प्रवाह रोक्ने प्रयासमा जुटेका थिए । नदी किनारमा रुख विरुवा काटेर प्रवेग कम गराउने कार्य पनि गरियो । अहिले पानीको सतह कम हुदा झन नदी गहिरो बनाउदगएको उनले देखाए ।
पानीको सतह कम छ,त्यो भएर पानी गाँउमा पसेको छैन्,तर भुमि भित्र भित्रै कटान गर्दै गहिरो बनाउने गरिरहेको छ । बर्षायाममा यदि पानीको सतह बढ्दा सिधै बाँध भत्काउने अवस्था देखिएको छ । समान्य बालुवाले बनेको बाँध भत्कियो भने सुस्ताको थारु टोल र शसस्त्र प्रहरीको क्याम्प भएर धार बग्ने खत्तरा देखाउदै उनले भने,अहिले स्पर बनाएर पानीको धार परिवर्तन गराउन सकिएन भने सुस्ता सकिनमा धेरै समय लाग्दैन् । नदी कटानले करोर्डाैको लागनीमा बनेको झोलुगेँपुल,सडक पुर्वाधार,आश्रय स्थल,विद्यालय प्रहरी चौकी लगायत गाँउका बासिन्दा विस्थापन हुनु पर्ने जोखिम बढदै गएको छ । तर अहिले नदीको कटान नरोकिए सुस्ता सकिने खत्तरा बढदै गएको उनले सुनाएका थिए ।
सुस्ताकै समस्यालाई लिएर लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरणमन्त्री सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री,उर्जा तथा जलश्रोत मन्त्री र अर्थ मन्त्रीलाई भदौ ५ गते नै ज्ञापनपत्र बुझाएर जानकारी गराई सकिएको उनले बताए । अहिले सुस्ता गाउपालिकाले पुन ः त्यही नारायणी नदीको नदी जन्य पदार्थको निकासी गर्ने गरि प्रकृया अगाडी बढाउन खोजेको सुनिएको छ । सुस्ता गाउपालिकाले नदीबाट निकासी गर्दा करिब ८ करोड राजस्व उठायो,उनले भने,तर धार नै परिवर्तन भई सुस्ताका सयौँ विघा जग्गा नदीमा परिणत भएको छ । पुरै सुस्ता नै नदीमा परिणत हुने नीयती बन्दै गएको देखिएको छ । यसका लागि नेपाल सरकारले भारतिय पक्षसँग समेत समन्वय गरि कटान रोक्नका लागि पहल थाल्नु पर्ने उनको भनाई थियो ।
भारत उत्तर प्रदेशले आफ्नो पश्चिम क्षेत्रका लागि नदीमा वि ग्याप बाँध,सि ग्याप बाँध,नेपाल बाँध र लिँक बाँधलाई बलियो बनाउने,अग्लो बनाउने कार्य गरि रहेको भए पनि विहार प्रदेश सरकारले यो धार परिवर्तन गरेको नदीलाई नियन्त्रण गर्ने कार्य नगरेको स्थानियले बताए । नदीले सुस्ता कटान गरि विहार प्रदेश तर्फ फर्कदा विहारक दर्जनौ गाँउ पनि डुबान कटानमा पर्ने अवस्था छ । यि कुरालाई पनि कुटनीति मार्फत विहार सरकारका अधिकारीलाई जानकारी गराउनु पर्ने देखिएको छ ।
सुस्ताको विगतका कुल भुमि ४० हजार ९ सय हेक्टर रहेको थियो । ति मध्ये १४ हजार ५ सय हेक्टर भुमि भारतिय अतिक्रमणमा परि सकेको छ । १९ हजार ४ सय ८० हेक्टर विवादित अवस्थामा छ । बाकी ७ सय हेक्टर जमिन सुस्ताबासीले भोगचलन गर्दै आएका छन् । तर नदी कटानले ति सबै भुमि गुम्ने खत्तरा बढदै गएको सुस्ताबासीको दुखेसो थियो । सुस्ताले सानो लाभका लागि नदी उत्खनन कार्य गराउदा धार परिवर्तनले ठूलो नोक्सानी ब्यहोर्न पर्ने अवस्था आएको सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खानले बताए । यसबारे सुस्ताबासीले निरन्तर नेपालका प्रशासनिक निकायलाई जानकारी गराउदै आएको छ । नदीको धार फकिर्यो,रोक्नका लागि पनि अहिले ठूलो चुनौती देखिएको छ, उनले भने,सुस्तामा जानका लागि कि ढुगाँ कि झोलुगेँ पुल मात्र छ । मालवाहक सवारी साधन चल्ने अवस्था छैन् । बलियो माटो छैन् । बलौटे माटोको बाँधले नदीको धार रोक्ने सामथ्र्य राख्दैन् । पक्कि संरचनाका लागि निर्माण समाग्रि आवश्यक पर्छ ।
माओवादी द्धन्द्धकालको बेला भारतले जब देखी सिमा क्षेत्रमा सिमा सुरक्षा बल(एसएसबी) राख्ने कार्य गर्यो,सोही बेला देखी एसएसबीले आफ्ना कार्य प्रगति देखाउनलाई होला भारती भुमिा गिद्धेदृटि राख्दै आएका छन् । सन १८१६ मा नै भारतमा शासन गरिरहेका बेलायती इष्ट इण्डिया कम्पनी र नेपालको गोर्खा सामराज्यको बेला नेपाल र कम्पनी विच सुगौली सन्धि भएको थियो । सोही बेला नेपाल र भारत विचको सिमा निर्धारण भयो । सिमा निर्धारण गर्ने क्रममा सिमा स्तम्भहरु गाडिएका थिए । तर गण्डक नदि किनारमा सिमा स्तम्भ राखिएको थियो कि थिएन,यकिन भएन्, नदीलाई नै आधार मानी नेपाल भारत छुट्टिएको पनि सुन्दै आएका हौ,खाँनले भने,तर नेपाल भारत हुनु पुर्व देखी नै सुस्ताबासीले आफ्ना जग्गाको उपभोग गर्दै आएका थिए ।
अहिले पनि सो क्षेत्रमा कुनै सिमा स्तम्भ छैन्, । सो क्षेत्र स्वम् भारतियले पनि सुस्ताकै हो भनि स्वीकार्ने गर्छन् । बेला बेला विवाद गराउने मुद्दा लगाउने,आफुहरु भारतिय भएको हो,भन केही हुदैन,थप सुविधा दिलाई दिन्छौ पनि भन्ने जस्ता कार्य गर्दै आएका छन् । तर स्वभिमानी सुस्ताबासी आफुहरु नेपाली नै भएको र आफ्नो जग्गाका लागि निरन्तर लडि रहने बताउदै संघर्ष गर्दै आएको उनले सुनाएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *