राजनीति

गाउसभा पश्चात प्रतापपुर गाउपालिकाले गर्यो सार्वजनिक सुनुवाई
प्रतापपुर गाँउपालिका, राजनीति, समाचार

गाउसभा पश्चात प्रतापपुर गाउपालिकाले गर्यो सार्वजनिक सुनुवाई

नवलपरासी,११ असारजिल्लाको प्रतापपुर गाउपालिकाले गाउपाालिकाको गतिविधि सार्वजनिक गर्दै जनताको जुनासो र सुझाव प्रत्यक्ष रुपमा सुन्ने सुनाउने गरि सार्वजनिक सुनुवाई गरेको छ । बार्षिक रुपमा दुई पटक सार्वजनिक सुनुवाई गर्नु पर्ने गाउपालिकाको लक्ष्य बमोजिम गाउसभा सकिने वित्तिकै सार्वजनिक सुनुवाई गरिएको जानकारी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले जानकारी गराएका हुन् ।विगत बर्षमा सार्वजनिक सुनुवाई गर्ने कार्य रोकिएको भए पनि नव निर्वाचित जनप्रतिनिधि आए पश्चात अहिले सार्वजनिक सुनुवाईले पुनः निरन्तरता पाएको हो । सार्वजनिक सुनुवाईले गाउपालिका भित्र शुसासन चुष्टदुरुष्त बनाउदै जाने र जनताको भावना र चाहनालाई समेत सम्बोधन गर्न सक्ने माध्यम भएको हुदा सार्वजनिक सुनुवाई गाउपालिकाका लागि महत्वपुर्ण कार्यक्रम भएको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । नेपालको संविधान २०७२ अनुसार नेपालमा ति...
साँसद विनोद चौधरीद्धारा आफ्नो ६ महिने कार्यकालको प्रगति सार्वजनिक
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

साँसद विनोद चौधरीद्धारा आफ्नो ६ महिने कार्यकालको प्रगति सार्वजनिक

नवलपरासी, २८ जेठनवलपरासी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१का साँसद विनोद चौधरीले आफ्नो ६ महिनो कार्यकालको प्रगति सार्वजनिक गरेका छन् । सो क्षेत्रका विभिन्न समस्याहरुमा निरन्तर पहल गर्दै आएको र केही महत्वपुर्ण योजनाहरु अगाडी बढाइएको समेत उनले परासीमा पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।जिल्ला भित्रको हुलाकी राजमार्ग निर्माणमा हुने गरेको ढिलाई,गण्डक बाँधका कारण हुने गरेको डुबान,कटान पटान जस्ता समस्याको समाधानका लागि अनुसंधान मुलक कार्यको शुभारम्भ,गण्डक सिचाई प्रणालीबाट सकेसम्म छिटो पानी प्रवाह गरि सिचाई समस्याको समाधान,खजुरा खोलापुल,केरा तथा उखु किसानका समस्या,गण्डक बाँधलाई अग्लो बनाउने कार्य,सुस्ताका पुल निर्माणमा तिब्रता,वर्दघाटको ट्रमा सेन्टरका समस्याबारे निरन्तर पहल गरि धेरै जसो काम अगाडी बढि रहेको बताएका थिए । उनले महिना महिनामा जिल्ला भित्रका सरोकारवाला सरकारी निकाय,काम गर...
मिटरब्याज विरुद्ध परासीमा किसान मार्च र्याली प्रदर्शन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, समाज

मिटरब्याज विरुद्ध परासीमा किसान मार्च र्याली प्रदर्शन

नवलपरासी, २५ जेठ,जिल्ला भित्रका लघुवित्त तथा विभिन्न साँहु महाजनबाट ऋण लिएका ऋण पिडितहरुले ऋण मिनहा गरि चर्को ब्याज असुल्नेलाई कारवाहीको माग गर्दै सदरमुकाम परासीमा प्रर्दशन गरेका छन् । मिटर ब्याज तथा ठगि विरुद्ध किसान मजदुर मार्च नाम दिइएर निकालिएको र्याली रामग्राम नगरपालिका शान्तिचौर बाट बुद्ध चोक हुदै जिल्ला प्रशासन कार्यालय सहित बजारमा प्रदर्शन गरेका हुन् ।मिटर ब्याज तथा ठगि विरुद्ध किसान संघर्ष समितिको अगुवाईमा जिल्ला भरिबाट करिब एक हजारको संख्यामा आएका पिडितहरुले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । नक्कली तमसुक गराउनेलाई कारवाही गुर्नका साथै विभिन्न षणयन्त्र गरि फसाईएका किसानहरुलाई राहत समेत उपलब्ध गराउनु पर्ने माग गरेका थिए ।...
नागरिकता विहिनयुवाद्धारा परासीमा दवाव र्याली
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, समाज

नागरिकता विहिनयुवाद्धारा परासीमा दवाव र्याली

नवलपरासी,२२ जेठजिल्लाका नागरिकता विहिन युवाहरुले नागरिकता प्राप्तीका लागि सदरमुकाम परासीमा दवाव र्याली निकालेका छन् । विगत डेढ दशक भन्दा बढि समय देखी नागरिकता माथि राजनीतिक खेल हुदा नागरिकताबाट बन्चित युवायुवतीहरुको भविष्य अन्धकार भई रहेको जनाउदै उनीहरुले नागरिकताका मुद्दा बेलामै सम्बोधन गराउने उदेश्यले दवाव र्याली निकालेका हुन् ।नागरिकता विधेयक राष्टपतिद्धारा लालमोहर लागएर प्रमाणिकरण भई सकेको अवस्थामा केही नागरिकता विरोधी समुहले सम्मानित सर्वोच्च अदालतमा रिट हालेर नागरिकता प्राप्तीमा समस्या सृजना गरेको बताउदै उनीहरुले सम्मानित सर्वोच्च अदालतले सो रिट जटिसक्दो छिटो सुनुवाई गरि फुकुवा गरि नागरिकता विहिन युवायुवतीको पक्षमा न्याय गर्न पनि आग्रह गरेका थिए । बुद्धचोक देखी नाराबाजी गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालय पुगेर विरोध प्रदर्शन पनि गरेका थिए ।...
सिमित साधान स्रोतले अधिक्तम काम गरेर जनता सन्तुष्ट बनाउदै सुस्ता गाउपालिका
राजनीति, समाचार, सुस्ता गाउँपालिका

सिमित साधान स्रोतले अधिक्तम काम गरेर जनता सन्तुष्ट बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,१८ जेठजिल्लाको सुस्ता गाउपालिको सिमित साधनस्रोतले सन्तुलित विकास निर्माण गरेर सुस्ताबासीबासीलाई सन्तुष्ट बनाइएको जनाएको छ । बुधवार सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गर्दै सो कुरा जानकारी गरेको बताएका हुन् ।आन्तरिक आय कम र अनुदान पनि थोरै पाउने गरेको भए पनि त्यही सिमित साधनस्रोतको परिचालन गरि लोकप्रिय काम गर्दै आएको उनको भनाई थियो । उनका अनुसार समाजिक सुरक्षाका लागि छोरी सुनौलो भविष्य योजना कार्यक्रम अन्तरगत सुस्तामा जन्मिने छोरी शिशुका लागि जनही २५ हजारका दरले बजेट विनियोजन गरेको र लिनका लागि १ सय ७० जनाले आवेदन समेत दिएका छन् । किसानको उत्पादन शुरक्षित भण्डारणका लागि ५ सय मे.ट.क्षमताको शितभण्डार निर्माण भई सकेकोछ । सुस्ताका युवा युवतीलाई रोजगार र स्वरोजगार बनाउनका लागि मागमा आधारित २० जनालाई...
सिमावर्ति गाँउको डुबान रोक्न सक्रिय लुम्बिनी प्रदेश साँसद जैसवाल
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, समाज

सिमावर्ति गाँउको डुबान रोक्न सक्रिय लुम्बिनी प्रदेश साँसद जैसवाल

नवलपरासी,१४ जेठ,जिल्लाको दक्षिणी सिमा क्षेत्रको गाँउ जोगाउन स्थानिय लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवाल डुबानको कारण पछयाउदै समस्या समाधानको खोजीमा लागेका छन् । बर्षेनी बर्षायाममा डुबानको समस्या झेल्दै आएको सिमावती पाल्हीनन्दन गाउपालिका महेशपुर,रमपुरवा,सुनरी लगायतका गाँउ जोगाउनका लागि झरही नदीमा जम्मा भएको बालुवा सफाई गराउदै समस्या समाधानका कार्यमा उनी जुटेका हुन् । बर्षायाममा आउने बाढीको पानी झरहीखोलाबाट बाहिर ओभर फ्लो भई गाँउ डुबान गर्दै आएको निष्कर्ष निकाल्दै उतm खोलामा जम्मा भएको सिल्ट सफाई कार्य शुभारम्भ गराएको साँसद जैसवालले बताए । थोरै पानीले पनि गाँउमा पस्ने,गाँउ डुबान गर्ने,घर तथा खेतबारीका बालीनाली पनि नष्ट गर्दै आईरहेको अवस्था छ,उनले भने, यसको कारण स्थानियबासीले नै भनेका छन्,कि नदी पहिला गहिरो थियो,चुरेबाट बग्दै आउने बालुवा,भष्कट जम्मा भई खोलाको गहिराई पुरिएको छ,थोरै पानी...
प्रतापपुर गाउपालिका अध्यक्ष यादवद्धारा एक बर्षे कार्यकालको प्रगति सार्वजनिक
प्रतापपुर गाँउपालिका, राजनीति, समाचार

प्रतापपुर गाउपालिका अध्यक्ष यादवद्धारा एक बर्षे कार्यकालको प्रगति सार्वजनिक

नवलपरासी,५ जेठजिल्लाको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले एक बर्षसम्म गरेको कार्यप्रगति पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन् । जिल्लामा पहिलो पटक आफ्नो कार्यप्रगति उनले सार्वजनिक गरेका हुन् ।पत्रकार सम्मेलनमा उनले आफुले लिएको मुख्य पाँच कामको शुभारम्भ गरि सकेको कार्यप्रगति प्रति सुन्तुष्टि समेत ब्यतm गरेका थिए । विगत बर्षमा हुन नसकेको गाउपालिकाको प्रशासनिक भवनको शिलान्याश गरि निर्माण कार्यलाई दु्रत गतिमा बढि रहेको लक्ष्य पुरा भएको छ,उनले भने,आर्को कृषकहरुलाई हित हुने विद्युतिय सिचाईका लागि डिपिआर भईरहेको र डिपिआर अनुसार हरेक बर्ष संघ र प्रदेश सरकारसँग पनि सहकार्य गरि सो कार्य अगाडी बढाईने छ । त्यसै गरि प्रतापपुर चक्रपथ बनाउने कार्यको पनि डिपिआर भई रहेको छ । डिपिआर पछि सो कार्य पनि चाडै नै शुभारम्भ गरिने उनको भनाई थियो । किसानको माटो परिक्षणका लागि गाउपालिकामै माटो परिक्षण ...
एक बर्षमै तिन जना प्रमुख प्रशासकिय अधिकृतको सरुवाले सेवाग्राही मर्कामा
राजनीति, समाचार, सुनवल नगरपालिका

एक बर्षमै तिन जना प्रमुख प्रशासकिय अधिकृतको सरुवाले सेवाग्राही मर्कामा

नवलपरासी,जिल्लाको सुनवल नगरपालिकामा संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आर्थिक बर्षको विचमा प्रमुख प्रशासकिय अधिकृतको सरुवा गरेर हस्ताक्षेप गरेको नगरप्रमुख विमला अर्यालले बताएकी छिन् । मन्त्रालयका मन्त्री केही ब्यतिmको प्रभावमा परेर नगरको विकास निर्माणमा नै प्रभाव पार्ने गरि प्रमुख प्रशासकिय अधिकृतको सरुवा प्रति उनले आफ्नो ध्यानाकर्षण भएको जनाउदै मन्त्रालयले सरुवा गरि पठाएका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमलाई हाजिर समेत नगराई आफ्नो प्रतिकृया देखाएकी हुन् ।कर्मचारी सरुवा गर्नु संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको अधिकार क्षेत्र हो,तर आर्थिक बर्षकै बिचमा दुई÷दुई पटक प्रमुख प्रशासकिय अधिकृत भतिmराम मरासनीको सरुवाले नगरको विकास निर्माण कार्यमा समेत असर परेको जानकारी गराईन् । नगरपालिकामा काम गर्ने जो सुकै प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर आउन तर कम्तीमा पनि एक आर्थिक बर्ष पुरै ...
सुनवलका नगर उपप्रमुख दुवेले माँगे कर्मचारीको भ्रमण खर्च विवरण
राजनीति, समाचार, सुनवल नगरपालिका

सुनवलका नगर उपप्रमुख दुवेले माँगे कर्मचारीको भ्रमण खर्च विवरण

नवलपरासी,९ चैत्र,सुनवलका कर्मचारीले जथाभावी (टि.ए.डि.ए.)भ्रमण खर्च भरेर रकम भुतmानी लिन थालेको गुनासो बढन थाले पछि नगरपालिकाका उप प्रमुख सुर्य प्रसाद दुबेले लेखा शाखासँग ति भ्रमण खर्चको विवरण माग गरेका छन् । जनताको सेवा कम तर भ्रमण खर्च बढि हुने गरेको गुनासो कारण को कति भ्रमण खर्च लिएको बारे विवरण दिनका लागि उनले लेखा अधिकृत वृहस्पती घिमिरेसँग सो विवरण माग गरेका हुन् ।कर्मचारीले खर्च गर्नैै पाउने होईन्,तर खर्चको औचित्यता पुष्टि हुने खालको प्रतिवेदन पेश गर्नु पर्छ,उनले भने, जथाभावि एउटा बहानामा कार्यालयको काम भनेर ब्यतिmगत काममा जाने तर खर्च कार्यालयको देखाउने गरिएको केही कर्मचारीबाटै गुनासो आए पछि अध्ययनका लागि सो विवरण माग गरेको छु । खर्च गर्नेले कामको औचित्यता पुष्टि हुने गरि भ्रमणको प्रतिवेदन समेत दिनु पर्छ । होईन भने कार्यालयको प्रशासनिक खर्च किन बढाउने ? भ्रमणमा पनि पहुँच हुनेले विना ...
सुनवल न्यायिक समितिमा छिटो छरितो न्याय सम्पादन
राजनीति, समाचार, सुनवल नगरपालिका

सुनवल न्यायिक समितिमा छिटो छरितो न्याय सम्पादन

नवलपरासी,५ चैत्रजिल्लाको सुनवल नगरपालिकाको न्यायिक समितिले न्याय सम्पादन कार्य छिटो छरितो बनाउनमा कृयाशिलता देखाएको छ । न्यायिक समितिमा आउने विभिन्न विवादहरुलाई जति सक्दो छिटो टुगँयाउने गरी काम गर्न थालिएको न्यामिक समितिले जनाएको हो ।उजुरी दर्ता गरेको धेरै समय नलगाई विवाद समाधन छिटो भन्दा छिटो गर्नका लागि न्यायिक समिति न्यायिक समितिले काम गर्दै आएको छ । न्यायिक समितिसँगकाम गर्ने सुचिकृत मेलमिलापकर्ताहरुले सक्रियता बढाएको न्यायिक समितिका संयोजक समेत रहेका नगरपालिकामा नगर उपप्रमुख सुर्य दुबेले जानकारी गराए । न्यायका लागि आएका पिडितहरुलाई छिटो भन्दा छिटो न्यायको अनुभुति गराउने कार्य गर्दै आएका छौ,उनले भने,त्यसका लागि न्यायिक समिति मात्रै नभई न्यायिक समितिसँग मिलेर मेलमिलापका कार्य गर्दै आएका मेलमिलापकर्ताहरुलाई पनि सक्रिय बनाइएको छ ।ढिलो न्याय सम्पदान गर्नु पनि एक प्रकारको अन्याय हो,भन्ने मान...