पाल्हीनन्दन गाउपालिकामा स्थानिय युवालाई नमुना संसादको अभ्यास गराईदै
नवलपरासी,१९ फागुनसंसदिय अभ्यासका लागि पाल्हीनन्दन गाउपालिकाका स्थानियहरु युवाहरु सक्रिय भएका छन् । नेपाल सरकार राष्ट्रिय युवा परिषदको नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तरगत हुन लागेको कार्यक्रममा स्थानिय युवाहरुले सक्रियता देखाउन थालेका हुन् ।
परिषद र गाउपालिकाको सहकार्यमा जिल्लाको यो पाल्हीनन्दन गाउपालिकाको वार्ड नं.२ हरपुरमा यस्तो कार्यक्रम गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । यो कार्यक्रम जिल्लाको पाल्हीनन्दन गाउपालिकाका छनौट भएको छ, उनले भने, यो पाल्हीनन्दन गाउपालिकाको लागि सौभाग्य हो । जुन संसद र संसदिय कार्य समाचारमा हेर्ने र पढने गरेका थिए । त्यसैलाई प्रत्यक्ष अनुभुतिका लागि सानै देखी अभ्यास गर्न पाउने मौका पाएका छन् । यसका लागि युवा परिषदले अवसर जुराएकोमा उनले परिषदलाई आभार ब्यतm गरेका थिए । उनका अनुसार अहिले संसदिय अभ्यासका लागि गाउपालिका भरि य...










