साँसद विनोद चौधरीद्धारा आफ्नो ६ महिने कार्यकालको प्रगति सार्वजनिक

नवलपरासी, २८ जेठ
नवलपरासी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१का साँसद विनोद चौधरीले आफ्नो ६ महिनो कार्यकालको प्रगति सार्वजनिक गरेका छन् । सो क्षेत्रका विभिन्न समस्याहरुमा निरन्तर पहल गर्दै आएको र केही महत्वपुर्ण योजनाहरु अगाडी बढाइएको समेत उनले परासीमा पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।
जिल्ला भित्रको हुलाकी राजमार्ग निर्माणमा हुने गरेको ढिलाई,गण्डक बाँधका कारण हुने गरेको डुबान,कटान पटान जस्ता समस्याको समाधानका लागि अनुसंधान मुलक कार्यको शुभारम्भ,गण्डक सिचाई प्रणालीबाट सकेसम्म छिटो पानी प्रवाह गरि सिचाई समस्याको समाधान,खजुरा खोलापुल,केरा तथा उखु किसानका समस्या,गण्डक बाँधलाई अग्लो बनाउने कार्य,सुस्ताका पुल निर्माणमा तिब्रता,वर्दघाटको ट्रमा सेन्टरका समस्याबारे निरन्तर पहल गरि धेरै जसो काम अगाडी बढि रहेको बताएका थिए । उनले महिना महिनामा जिल्ला भित्रका सरोकारवाला सरकारी निकाय,काम गर्ने निर्माण कम्पनी,प्रशासनिक तथा प्राविधिकहरु विच अन्तरक्रियात्मक कार्य गराउदै कार्य क्षमतामा तिब्रता गराउने कार्य गर्दै आएको उनले बताएका थिए ।
समृद्ध नवलपरासी नामक बुटेटिनको विमोचन तथा वेभपेजको शुभारम्भ समेत गरेका थिए । सचिवालका कर्मचारी मार्फत जनताका समस्या बुझ्ने र कुन निकायसँग सरोकार राख्ने समस्या हो,त्यस निकायलाई निरन्तर जानकारी र समस्या हल गर्नका लागि समेत सहजीकरण गर्दै आएको बताएका थिए । ठूलो सम्भावना बोकेको नवलपरासी जिल्ला हो,उनले भने,ति सम्भावनाको निरन्तर खोजी गर्ने,कार्यान्वय गर्दै रोजगारी,आर्थिक वृद्धि र समाजिक न्याय जस्ता समस्यालाई सम्बोधनमा सचिवालयले काम गर्दै आएको छ । यो कार्य निरन्तर भई रहने उनले बताएका थिए । यसका लागि सबै सहयोग गर्न सबै सञ्चारकर्मीलाई समेत आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *