जसपाले बुझायो गाउपालिका अध्यक्षलाई ज्ञापन
नवलपरासी,१० माघजनता समाजबादी पार्टी(जसपा) नेपालले आफ्ना विभिन्न माग सहित सरावल गाउपालिकामा ज्ञापनपत्र बुझाएको छ । पुर्ण रुपमा निशुल्क शिक्षा,स्वास्थ्य विमा प्राकृति विपद र जनताको आर्थिक समस्या हल हुने गरि कार्य गर्न जसपाको स्थानिय पालिका कमिटिले सो ज्ञापनपत्र गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीलाई बुझाएका हुन् ।स्वास्थ्य र शिक्षा क्षेत्रमा पछाडी परेको सरावल गाउपालिकाको ति क्षेत्रमा ध्यान कम पुगेको कुरा अवगत गराउदै पार्टीको गाउ कार्यसमितिका संयोजक निर्मल यादवले ज्ञापनपत्रमा उल्लेखित माग प्रति गम्भिर भएर काम गर्न अध्यक्ष चौधरीलाई आग्रह गरेका थिए । औपचारिक कार्यमा केन्द्रित भएर मात्र काम भईरहेको हुदा गाउपालिकाको दिर्घकालिन समस्यालाई लिएर योजनाबद्ध काम गर्नका लागि पार्टीले माग गरेको थियो । ज्ञापनपत्र बुझ्दै गाउपालिका अध्यक्ष चौधरीले माग प्रति आफु गम्भिर रहेको र सबैसँग मिलेर सहकार्य गरि काम ह...





