सुनवलका नगर उपप्रमुख दुवेले माँगे कर्मचारीको भ्रमण खर्च विवरण

नवलपरासी,९ चैत्र,
सुनवलका कर्मचारीले जथाभावी (टि.ए.डि.ए.)भ्रमण खर्च भरेर रकम भुतmानी लिन थालेको गुनासो बढन थाले पछि नगरपालिकाका उप प्रमुख सुर्य प्रसाद दुबेले लेखा शाखासँग ति भ्रमण खर्चको विवरण माग गरेका छन् । जनताको सेवा कम तर भ्रमण खर्च बढि हुने गरेको गुनासो कारण को कति भ्रमण खर्च लिएको बारे विवरण दिनका लागि उनले लेखा अधिकृत वृहस्पती घिमिरेसँग सो विवरण माग गरेका हुन् ।
कर्मचारीले खर्च गर्नैै पाउने होईन्,तर खर्चको औचित्यता पुष्टि हुने खालको प्रतिवेदन पेश गर्नु पर्छ,उनले भने, जथाभावि एउटा बहानामा कार्यालयको काम भनेर ब्यतिmगत काममा जाने तर खर्च कार्यालयको देखाउने गरिएको केही कर्मचारीबाटै गुनासो आए पछि अध्ययनका लागि सो विवरण माग गरेको छु । खर्च गर्नेले कामको औचित्यता पुष्टि हुने गरि भ्रमणको प्रतिवेदन समेत दिनु पर्छ । होईन भने कार्यालयको प्रशासनिक खर्च किन बढाउने ? भ्रमणमा पनि पहुँच हुनेले विना काममा पनि भ्रमण खर्च लिइने तर केही सोझासाझा कर्मचारीले पहुँच नपुग्दा भ्रमण खर्च नपाउने गुनासो गरेका थिए । समान्य कर्मचारीलाई पनि नगरबाहिर जानु पर्ने अवस्था किन आयो ? सो कुरा पदाधिकारीहरुले पनि थाहा पाउनु पर्छ । कार्यालयमा समान्य कामका लागि सेवाग्राही जनता महिनौ र सातासम्म धाउने गरेका छन्,काम भई रहेको छैन् ।
विभिन्न बहाना देखाउदै सेवाग्राहीको काम नगर्ने कर्मचारीलाई पनि निगरानीमा राखि राखेका छौ,उनले थपे,यसबारे तथ्यगत रुपमा अनुसंधान गरिने छ । आवश्यकता र औचित्यताको आधारमा सार्वजनिक पनि गर्न सकिने उनको भनाई थियो । कर्मचारीको टिएडिए अलि बढि नै खर्च भई रहेको कुरा लेखा अधिकृत घिमिरेले स्वीकार गर्दै उपप्रमुखले माग गरेका विवरण एक दुई दिनमा दिइने प्रतिकृया दिएका थिए । अहिले उपप्रमुख दुवेले टिएिडिएका तथ्याँक विवरण माग गरे पछि कर्मचारी भित्र पनि कस्ले कति रकम बुझे ? भनेर कर्मचारीसँगै सुनवलका नागरिकले पनि चाँसोको रुपमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *