सिमावर्ति गाँउको डुबान रोक्न सक्रिय लुम्बिनी प्रदेश साँसद जैसवाल

नवलपरासी,१४ जेठ,
जिल्लाको दक्षिणी सिमा क्षेत्रको गाँउ जोगाउन स्थानिय लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवाल डुबानको कारण पछयाउदै समस्या समाधानको खोजीमा लागेका छन् । बर्षेनी बर्षायाममा डुबानको समस्या झेल्दै आएको सिमावती पाल्हीनन्दन गाउपालिका महेशपुर,रमपुरवा,सुनरी लगायतका गाँउ जोगाउनका लागि झरही नदीमा जम्मा भएको बालुवा सफाई गराउदै समस्या समाधानका कार्यमा उनी जुटेका हुन् ।


बर्षायाममा आउने बाढीको पानी झरहीखोलाबाट बाहिर ओभर फ्लो भई गाँउ डुबान गर्दै आएको निष्कर्ष निकाल्दै उतm खोलामा जम्मा भएको सिल्ट सफाई कार्य शुभारम्भ गराएको साँसद जैसवालले बताए । थोरै पानीले पनि गाँउमा पस्ने,गाँउ डुबान गर्ने,घर तथा खेतबारीका बालीनाली पनि नष्ट गर्दै आईरहेको अवस्था छ,उनले भने, यसको कारण स्थानियबासीले नै भनेका छन्,कि नदी पहिला गहिरो थियो,चुरेबाट बग्दै आउने बालुवा,भष्कट जम्मा भई खोलाको गहिराई पुरिएको छ,थोरै पानी आउदा पनि खोलाले धान्ने अवस्था छैन् । त्यही भएर अहिले खोला सफा गरिने कार्य भई रहेको छ । यो कार्य नदी आफ्नो पुरानै अवस्थामा नगएसम्म निरन्तर गर्नु पर्ने अवस्था देखिएको प्रदेश साँसद जैसवालले बताए । खोला सफाई गरिदिए पछि खोलाको गहिराई पनि बढेको छ, उनले थपे,खोलाबाटै निस्केको भष्कटले बाँध र तटबन्धन पनि गर्न सकिएको छ । तटबन्धन गरेर त्यसमा रुख विरुवा,झाडीदार नर्कट,बाँध लगायतका बनस्पति रोपेर तटबन्ध जोगाउनु पर्ने पनि अवस्था रहेको उनको भनाई थियो ।
खोलामा बाहिरबाट ढुगाँ,तारजाली हाल्न भन्दा खोलाको गहिराई बनाउने र निस्कने माटो भष्कटले बाँध अग्लो बनाउने र त्यसमा घाँस,झाडीदार बनस्पति यदि रोपियो भन्ने जैविक तटबन्धनको रुपमा दिर्घकालिन निकास पाउने उनका स्वकिय सचिव इमामुल खानले बताए । गाँउलेको परामर्शमा यस्तो कार्य साँसद जैसवालले अगाडी बढाएका छन् । यो बर्ष देखी खोला नियन्त्रणको कार्य शुरु भएको छ,यसलाई निरन्तर गरिरहनु पर्ने अवस्था छ । चुरेमा हुने अनियन्त्रित दोहनका कारण बर्षायाममा खोलाले बगाउदै ल्याएको भष्टकट पानीको बहाव कम भए पछि थिग्रिदै जम्मा हुने गरेको छ, उनले भने,तराईको डुबान जोगाउन तराईका खोलानाला सफाई नियमित गर्नु जति आवश्यक छ,उत्तिकै आवश्यक चुरेको दोहन रोक्नमा पनि गर्नु पर्छ ।


विकास निर्माणलाई चाहिने निर्माण समाग्रिको उपलब्धता खोलाले मात्रै आपुर्ति गर्न सक्ने अवस्था छैन्,खानी जन्य स्थानको खोजमा सरकारले लगानी गर्नु पर्ने आवश्यकता देखिएके छ । विकास पुर्वाधार पनि जनतालाई चाहिन्छ नै,तर विकास गर्दा कहिँ बिनास निम्तयाउदैछ, भन्ने त्यस प्रति पनि सरकारी निकाय सचेत हुन आवश्यक रहेको छ । अब जुन गतिले विकास पुर्वाधार भई रहेको छ,त्यस अनुपातमा खोलानालाममा खोलाजन्य समािग्र,ढुगाँ,गिट्टि,बालुवा उपलब्ध नहुने हुदा पहाडमा कुनै उपयुतm डाडाको पहिचान गरि वातावरणिय प्रभाव मुल्याँकन गरेर त्यसलाई खानीको रुपमा उपयोग बढाइयो भन्ने खोलानालाको दोहन रोक्न सकिन्छ । नदीले जति मात्रामा उपलब्ध गराउछ,समाग्रि त्यती झिक्नु उपभोग हो,तर जबरजस्ती अनियन्त्रित खोला खन्नु प्रकृतिको पनि बलत्कार हो । सो बलत्कार प्रकृति मािथको अपराध हो । अपराधिक कार्य सरकारले रोक्नु पर्छ । यसमा नागरिक समाज पनि सचेत हुनु पर्छ । यसको प्रत्यक्ष प्रमाण अहिले नवलपरासी जिल्लामा देख्न सकिन्छ ।
विगत बर्षमा थोरै मात्रामा नदीबाट नदी जन्य पदार्थ त्यो पनि मानविय शतिmको प्रयोग गरि झिक्ने कार्य हुदै आएको थियो । त्यो बेला डुबान कटान र पटान कम थियो,तर अहिले यान्त्रिक विधि(एक्साभोटर,जेसिबी)को प्रयोग गरि खोला जन्य पदार्थको दोहनले तराईमा तबाई मच्चाएको स्वकिय सचिव खानले बताए । यसबारे प्रदेश साँसद जैसवाल गम्भिर भई लागेको दाबी गर्दै उनले अन्य साँसद र स्थानिय तहका जनप्रतिनिधिहरु पनि सक्रिय भएर लाग्नु पर्ने आवश्यकता उनले औल्याएका थिए । सुनवल नगरपालिकामा दोहन हुन्छ,तर त्यसको प्रभाव भने पाल्हीनन्दन गाउपालिका,सरावल गाउपालिका र रामग्राम नगरपालिकामा पर्ने गरेको उनको भनाई थियो । उनका अनुसार सुनवलको दोहनका कारण पाल्हीनन्दनमा डुबान भएर बार्षिक एक हजार विघा धानबाली नष्ट हुने गर्छ । धानबाली नष्ट हुदा किसानको आय मात्र घट्ने होईन,देशमै खाद्य अभाव सृजना गर्ने गर्छ । यसले खाद्य परनिर्भरता पनि बढाउने गरेको छ ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *