रामग्राम नगरपालिका

निजी विद्यालयबाट झिकेर सामुदायिक विद्यालयमा भर्ना
रामग्राम नगरपालिका, शिक्षा

निजी विद्यालयबाट झिकेर सामुदायिक विद्यालयमा भर्ना

नवलपरासी,१२ बैशाखजिल्लाको रामग्राम नगरपालिका ७ स्थित उत्तम बालहित माविको अध्यक्षमा छनौट भए पछि अध्यक्ष डाक्टर यादवले आफ्ना बालबालिकालाई निजी विद्यालयबाट झिकेर सामुदायिक बिद्यालयमा भर्ना गराएका छन् । स्थानिय निजी विद्यालयमा अध्ययन गर्दै आएका यादवका एक छोरा र छोरी आफु अध्यक्ष भएको विद्यालयमा भर्ना गराएका हुन् ।आफ्नो सन्तानका लागि लगानी गरि निजी विद्यालयमा पढाउने तर गाँउकै सामुदायिक विद्यालयमा सुधार आउन नसकेको हुदा विद्यालय ब्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी नगरपालिकाले लगायो । आफ्नो सन्तानका लागि मात्रै नभई समुदायकै हितका लागि विद्यालयमा शैक्षिक सुधारका लागि विद्यालय ब्यवस्थापनमा आएको उनले बताए । त्यसका लागि आफ्ना छोराछोरीको समेत यसै विद्यालयमा भर्ना गराएको उनले जनाए । विभिन्न पद र ओहदामा बस्ने ब्यतिmले सामुदायिक विद्यालयमा आफ्ना छोरा छोरीको भर्ना नगराउन,नपढाउने आरोप पनि लाग्ने गरेको छ ...
प्रदेश साँसद जैसवालले बाँडे छात्रालाई निः शुल्क साईकल
रामग्राम नगरपालिका, शिक्षा, समाचार

प्रदेश साँसद जैसवालले बाँडे छात्रालाई निः शुल्क साईकल

नवलपरासी, ४ बैशाखलुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद बैजनाथ जैसवाल) रामग्राम १५ मा ११ र १२ कक्षामा अध्ययन गर्ने छात्राहरुलाई साईकल वितरण गरेका छन् । बेटी बचाऔ,बेटी पढाऔ अभियान अन्रतगत सो वार्डका २० जना छात्रालाई निशुल्क साईकल वितरण गरेका हुन् ।लुम्बिनी प्रदेश सरकार समाजिक विकास मन्त्रालय,शिक्षा तथा समाजिक विकास निर्देशनालय अन्तरगत समाजिक विकास डिभिजन कार्यालय भैरहवा मार्फत सो साईकल वितरण गरिएको प्रदेश साँसद जैसवालले बताए । वार्डबाट छात्राको छनौट गर्न लगाई वार्ड अध्यक्षले छनौट गरेका छात्राहरुलाई सो साईकल वितरण गरियो,उनले भने,यो लुम्बिनी प्रदेश सरकारकै अभियान हो,यो कार्यक्रम निरन्तर चल्ने हुदा अगामी बर्षमा अन्य वार्डमा पनि छात्राहरु छनौट गरि वितरण हुने छ । यसले छात्राहरुलाई माध्यमिक तथा उच्चा शिक्षा अध्ययनका लागि राहत मात्रै नभई शिक्षा प्रति प्रोत्साहित पनि पर्ने उनको भनाई थियो ।साईकल पाए...
कसिया सामुदायिक बनमा उद्धान(पार्क) बनाउन रामग्राम नगरपालिकाको पहल
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कसिया सामुदायिक बनमा उद्धान(पार्क) बनाउन रामग्राम नगरपालिकाको पहल

नवलपरासी,३ बैशाखजिल्लाको रामग्राम नगरपालिकाले नगरपालिका प्रशासनिक भवनसँग जोडिएको कसिया सामुदायिक बनलाई बन उद्यानको रुपमा विकास गर्नका लागि सामुदायिक बन समुहसँग सहकार्य अगाडी बढाएको छ । नगरपालिका र सामुदायिक बन विच पटक पटक हुने विवादलाई टुगँयाउदै बन समुहको अस्तित्व रहने र बनको हरियाली उपयोग हुने गरि उद्यानको रुपमा विकास गर्न दुबै पक्षले सहकार्य अगाडी बढाएका हुन् ।सामुदायिक बन र नगरपालिकासँग विगत एक दशक देखी बनको उपयोगबारे विवाद हुदै आएको भए पनि अब सो विवाद सहमति नजिक पुगेको नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । अहिले चाडै निकास निस्कने विश्वास लिएका छौ,इन्जिनियर गुप्ताले भने,नगरपालिकाले सिफारिस नगरेसम्म सामुदायिक बनले बन डिभिजन कार्यालयबाट कार्ययोजना हस्तानान्तरण नपाउने अवस्था पनि छ । सामुदायिक बनले विवाद मात्रै झिकिरह्यो भने,सामुदायिक बनलाई पनि बन उपभोग गर्न समस्या हुन्छ । सामुदायिक ब...
गाँउमा हाईब्रिड मकैको बिँउ बनाउदै रामग्राम १८ बडगोका किसान
कृषि, रामग्राम नगरपालिका, समाचार

गाँउमा हाईब्रिड मकैको बिँउ बनाउदै रामग्राम १८ बडगोका किसान

नवलपरासी,२ बैशाखजिल्लाका किसानहरु अहिले आफै मकैबालीको उन्नत विँउ बनाउनका लागि गाँउमै बर्णशंकर(हाईब्रिड) बनाउने कार्यमा जुटेका छन् । कृषि ज्ञान केन्द्र नवलपरासीको प्राविधिक सहयोग तथा लुम्बिनी सिड कम्पनीको सहकार्यमा रामग्राम १८ बडगो स्थित केही किसान मकैबालीमा हाईब्रिड विँउ बनाउनमा लागेका हुन् ।सम्वतःजिल्लामा पहिलो पटक यस्तो हाईब्रिड मकै विउ बनाउनमा किसान आफै लागेको कृषि ज्ञान केन्द्र नवलपरासीका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी गराए । कृषि विज्ञहरु मात्रै लागेर उन्नत जातको बिउँ उत्पादनले माग अनुसारको विउँ पुर्याउन सकिने अवस्था छैन्,उनले भने,विज्ञसँग सहकार्य गर्दै जब किसान आफै हाइब्रिड विँउ बनाउन सिक्छन्,अनि मात्र आवश्यकता अनुसार प्रयाप्त मात्रामा हाईब्रिड विउँ गाउकै किसान आफ्नै खेतबारीमा उत्पादन गर्न सक्छन् । यसको पहिलो अभ्यास जिल्लाको बडगो गाँउमा शुरुवात गराइएको छ । किसानहरु उत्साही नै ...
थारु समुदाय सिक्कल सेल एनामिया प्रति सचेत रहन पुर्वमन्त्रि चौधरीको आग्रह
रामग्राम नगरपालिका, समाचार, समाज

थारु समुदाय सिक्कल सेल एनामिया प्रति सचेत रहन पुर्वमन्त्रि चौधरीको आग्रह

नवलपरासी २५ चैत्र, नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मन्त्री बैजनाथ चौधरीले थारु समुदायमा सिक्कल सेल एनामिया रोग प्रति सचेत रहन आग्रह गरेका छन् । रामग्राम १८ बडगो स्थित एमालेकै कार्यकर्ताको सिक्कलसेल एनामियाबाट एक जनाको मृत्यु भएको र उनको श्रद्धान्जली सभामा शोक मन्यब्य दिदै उनले सो आग्रह गरेका हुन् ।उनले लामो समय देखी मलेरिया पचाउदै आएका थारु समुदायका पुस्तामा ति रोग देखा पर्ने र त्यसको अहिले उपचार पनि नेपाल सरकारले निशुल्क गर्दै आएको हुदा थारु समुदायलाई ति उपचार निरन्तर गराई राख्न समेत आग्रह गरेका थिए । एमाले कार्यकर्ता तथा सोही वार्डका पुर्व कार्यवाहक वार्ड अध्यक्ष समेत रहेका शेर बहादुर थारुको ५६ बर्षको उमेरमा सिक्कलसेल एनामिया ग्रस्त थिए । त्यसको उपचार पनि गराउदै आएका थिए । तर गए साता उनको उपचारको क्रममा मृत्यु भएको थियो । सिक्कल सेल एनामिया थारु समुदाय मात्रै ...
नेपाल स्काउट रामग्रामको सरक्षकत्व लिए मेयर धनपत यादव
रामग्राम नगरपालिका, समाचार, समाज

नेपाल स्काउट रामग्रामको सरक्षकत्व लिए मेयर धनपत यादव

नवलपरासी,२० चैत्रजिल्लाको रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) समाजिक सस्था नेपाल स्काउट नगरस्तरिय समितिको संरक्षकत्व प्रदान गरेका छन् । सोमवार एक कार्यक्रममा सपथ लिदै मेयर धनपत यादवले सो सस्थाको संरक्षकत्व प्रदान गरेका हुन् ।नेपाल स्काउटले लुम्बिनी प्रदेश ३८१ औ पि.टि.सी.आधारभुत ५ दिने स्काउट तालिमको समापन समारोहका दिन नगरक्षेत्रमा नेपाल स्काउट सस्थालाई संरक्षण प्रवद्र्धन गर्ने गरि संरक्षकत्व लिएको बताएका थिए । उपप्रमुख(उपमेयर) सम्झाना चौधरीको अध्यक्षतामा भएको उतm समापन समारोहमा तालिमका सहभागि,प्रशिक्षक,सरस्वती मावि शान्तिचौरका विद्यार्थी तथा स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो । नेपाल स्काउट रामग्रामका अध्यक्षता उपमेयर चौधरीले गर्ने र शिक्षा शाखाका निमित्त प्रमुख सुन्दर खनालले सदस्य सचिव रहने जानकारी गराइएको थियो । नेपाल स्काटउमा बालबालिका र ब्यस्क समेत रहने अनुशासनको क्षेत्र लगायत...
परासी बजारमा सपिगँमलको योजना बनाउदै रामग्राम नगरपालिका
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

परासी बजारमा सपिगँमलको योजना बनाउदै रामग्राम नगरपालिका

नवलपरासी,११ चैत्रजिल्लाको रामग्राम नगरपालिकाले आफ्नै सपिगँ मल बनाउने कार्य अगाडी सारेको छ । नगर विकास कोषसँग साझेदारी गरि वार्ड नं.५ स्थित दैनिक हटबजार स्थलमा सो सपिगँमल बनाउने योजना ल्याएको हो ।झण्डै १२ करोड लागतको ६ तल्ले सपिगँमलको भवन बन्ने गरि योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । परासी बजारमा ठूलै लगानी गरि सपिगँमल बनाउने खासै ब्यवसायिक प्रतिष्ठान भएको र जिल्ला अदालत अगाडी रहेको नगरपालिकाको उतm जग्गाको सदुपयोग गर्ने गरि सपिगँमलको योजना बनाइएको हो,प्रमुख प्रशासकिय अधिकृत खड्काले भने,जग्गाको सदुपयोग पनि हुने,बजारको विचमा एक सपिगँमल पनि बन्नुका साथै त्यसले नगरपालिकाको राजश्वमा पनि योगदान पुर्याउने हुदा नगरसभाले यस्तो योजना अगाडी बढाएको थियो । आवश्यक रकमका लागि अन्य निकायसँग पनि पहल भई रहेको छ,उनले थपे,त्यसका लागि नगरपालिकाका नगर प्रमुख धनपत य...
बैदेशिक रोजगारबाट रामग्राममा बार्षिक ४१ करोड बढि बिप्रेषण
अर्थ, रामग्राम नगरपालिका, समाचार

बैदेशिक रोजगारबाट रामग्राममा बार्षिक ४१ करोड बढि बिप्रेषण

नवलपरासी,१२ चैत्रजिल्लाको रामग्राम नगरपालिका क्षेत्रबाट बैदेशिक रोजगारमा गई बार्षिक ४१ करोड भन्दा बढि विप्रेषण रेमिटान्स रकम भित्रियाएका छन् । रामग्राम नगरपालिकाका बैदेशिक रोजगार सम्बन्धि पाश्र्वचित्र(प्रोफाईल) २०७९ प्रकाशित गरि सो तथ्याँक सार्वजनिक गरेको हो ।नगरक्षेत्रबाट खाडी मुलुकमा गएका युवाहरुले बर्षेनी नगरक्षेत्रमा कुल ४१ करोड १७ लाख ९७ हजार रकम भित्रयाएर आर्थिक उपार्जनका कार्यहरु गर्दै आएको सो प्रोफाईलमा उल्लेख गरिको छ । बैदेशिक रोजगारको सबल पक्ष भनेको नै ज्ञान,सिप,अनुभव र विप्रेषण आर्जन हो । प्राप्त विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गरी स्वरोजगार तथा रोजगार गर्न सकेमा चक्रीय रुपमा वैदेशिक रोजगारमाा जानु पर्ने बाध्यताको अवस्थाको न्युनीकरणमा मद्द पुग्ने अवस्था पनि हुन सक्छ । बैदेशिक रोजगारमा कुल १ हजार ७ सय ७५ जना कामदार मध्ये १ हजार ४ सय ५ जना कामदारको परिवारले एक बर्षमा प्र...
परासी बसपार्क पिपिपि अवधारणामा सञ्चालन गरिने
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

परासी बसपार्क पिपिपि अवधारणामा सञ्चालन गरिने

नवलपरासी, ५ चैत्रजिल्लाको सदरमुकाम परासी स्थित निर्माणधिन बसपार्क निर्माण अन्तिम चरणमा पुगेसँगै रामग्राम नगरपालिकाले त्यसलाई सार्वजनिक निजी साझेदारी (पिपिपि)को अवधारणामा सञ्चालन गर्ने योजना बनाउदै छ । बसपार्क निर्माण गरेको शहअरी तथा आवास कार्यालयले बसपार्क छिट्टै सञ्चालनमा आउने जनाए पछि नगरपालिकाले सो बसपार्क पिपिपी अवधारणामा सञ्चालनका लागि गृहकार्य भई रहेको जनाएको हो ।विगत चार बर्ष देखि निर्माणाधिन अवस्थामा रहेको बसपार्क निर्माण कार्य अन्तिम चरणको काम सकिना साथ सञ्चालनमा आउने भएको छ । रामग्राम नगरपालिका वार्ड नं.४ केरवानी स्थित झरहीखोला किनारमा निर्माण भई रहेको बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको हुदा सञ्चालनका लागि नगरपालिकाले गृहकार्य शुरु गरेको प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । यातायात ब्यवसायि वा उद्योग बाणिज्यसँघसँग सहकार्य गरि बसपर्का सञ्चालन गर्नु पर...
क्यानाडियन रेडक्रस सोसाईटीको सहयोगमा रामग्रामले बनायो आपतकालिन स्वास्थ्य पुर्वतयारी कार्ययोजना
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

क्यानाडियन रेडक्रस सोसाईटीको सहयोगमा रामग्रामले बनायो आपतकालिन स्वास्थ्य पुर्वतयारी कार्ययोजना

नवलपरासी, ३० फागुन,क्यानाडियन रेडक्रस सोसाईटीले रामग्राम नगरपालिकाका लागि पालिका स्तरिय आपतकालिन स्वास्थ्य पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरि हस्तानान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी मार्फत क्यानाडियन रेडक्रसले सो योजना निर्माण गराई मंगलवार रामग्राम नगरपालिकालाई हस्तानान्तरण गरिएको हो ।योजना निर्माण पुर्व रेडक्रसको टोलीले नगरपालिका क्षेत्र भित्र विपतको समस्या र स्वास्थ्य समस्याको अध्ययन गरेको थियो । नगरक्षेत्र भित्र विद्यमान स्वास्थ्य समस्या,चुनौती तथा अवसरहरुको विश्लेषण गरिएको थियो । नगरपालिकाको स्वास्थ्य सम्बन्धि क्षमताको आकलन गरेको थियो । आपतकालिन अवस्थामा स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणको उदेश्य,योजना तर्जुमाका नीतिगत तथा कानुनी आधार,योजना तर्जुमा एवँ कार्यान्वयनका आधारभुत मान्यताबारे पनि विश्लेषण गरि योजना निर्माण गरिएको जा...