नेपाल स्काउट रामग्रामको सरक्षकत्व लिए मेयर धनपत यादव

नवलपरासी,२० चैत्र
जिल्लाको रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) समाजिक सस्था नेपाल स्काउट नगरस्तरिय समितिको संरक्षकत्व प्रदान गरेका छन् । सोमवार एक कार्यक्रममा सपथ लिदै मेयर धनपत यादवले सो सस्थाको संरक्षकत्व प्रदान गरेका हुन् ।
नेपाल स्काउटले लुम्बिनी प्रदेश ३८१ औ पि.टि.सी.आधारभुत ५ दिने स्काउट तालिमको समापन समारोहका दिन नगरक्षेत्रमा नेपाल स्काउट सस्थालाई संरक्षण प्रवद्र्धन गर्ने गरि संरक्षकत्व लिएको बताएका थिए । उपप्रमुख(उपमेयर) सम्झाना चौधरीको अध्यक्षतामा भएको उतm समापन समारोहमा तालिमका सहभागि,प्रशिक्षक,सरस्वती मावि शान्तिचौरका विद्यार्थी तथा स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो । नेपाल स्काउट रामग्रामका अध्यक्षता उपमेयर चौधरीले गर्ने र शिक्षा शाखाका निमित्त प्रमुख सुन्दर खनालले सदस्य सचिव रहने जानकारी गराइएको थियो । नेपाल स्काटउमा बालबालिका र ब्यस्क समेत रहने अनुशासनको क्षेत्र लगायत सेवा उद्धारका कार्य पनि सक्रिय रहने स्काउट रामग्रामले अबका दिनमा क्रियशिल भई काम गर्नेमा उपस्थित अथितीहरुले शुभकामना ब्यतm गरेका थिए । तालिम चैत्र १५ गते देखी २० गतेसम्म सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *