नवलपरासी, ४ बैशाख
लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद बैजनाथ जैसवाल) रामग्राम १५ मा ११ र १२ कक्षामा अध्ययन गर्ने छात्राहरुलाई साईकल वितरण गरेका छन् । बेटी बचाऔ,बेटी पढाऔ अभियान अन्रतगत सो वार्डका २० जना छात्रालाई निशुल्क साईकल वितरण गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकार समाजिक विकास मन्त्रालय,शिक्षा तथा समाजिक विकास निर्देशनालय अन्तरगत समाजिक विकास डिभिजन कार्यालय भैरहवा मार्फत सो साईकल वितरण गरिएको प्रदेश साँसद जैसवालले बताए । वार्डबाट छात्राको छनौट गर्न लगाई वार्ड अध्यक्षले छनौट गरेका छात्राहरुलाई सो साईकल वितरण गरियो,उनले भने,यो लुम्बिनी प्रदेश सरकारकै अभियान हो,यो कार्यक्रम निरन्तर चल्ने हुदा अगामी बर्षमा अन्य वार्डमा पनि छात्राहरु छनौट गरि वितरण हुने छ । यसले छात्राहरुलाई माध्यमिक तथा उच्चा शिक्षा अध्ययनका लागि राहत मात्रै नभई शिक्षा प्रति प्रोत्साहित पनि पर्ने उनको भनाई थियो ।
साईकल पाएकी छात्राहरु उत्साही भएर आफुहरुले अध्ययनलाई निरन्तरता दिदै उच्चा शिक्षासम्म अध्ययन गर्ने भन्दै खुशी ब्यतm गरेको वार्ड अध्यक्ष धनपत यादवले बताए । प्रदेश साँसदको पहलमा यो वार्ड छनौटमा पारेर प्रदेश साँसद जैसवालले सराहनिय कार्य गरेको उनले प्रदेश साँसद जैसवाल प्रति आभार ब्यतm गरेका थिए । प्रदेश साँसद जैसवालले प्रदेशकै कार्यक्रममा कुल २८ लाख रुपिया छात्राहरुलाई निशुल्क साईकल वितरण गर्ने योजना राखेका थिए । जुन उनले आफ्नो निर्वाचन क्षेत्र भित्रको रामग्राम १५ नं.वार्डबाट साईकल वितरण कार्य शुभारम्भ गरेका छन् । अन्य वार्डमा पनि छनौट भई रहेको हुदा छनौट पश्चात ति वार्डहरुमा वितरण हुने प्रदेश साँसदको सचिवालयले जनाएको छ ।