नवलपरासी,१२ चैत्र
जिल्लाको रामग्राम नगरपालिका क्षेत्रबाट बैदेशिक रोजगारमा गई बार्षिक ४१ करोड भन्दा बढि विप्रेषण रेमिटान्स रकम भित्रियाएका छन् । रामग्राम नगरपालिकाका बैदेशिक रोजगार सम्बन्धि पाश्र्वचित्र(प्रोफाईल) २०७९ प्रकाशित गरि सो तथ्याँक सार्वजनिक गरेको हो ।
नगरक्षेत्रबाट खाडी मुलुकमा गएका युवाहरुले बर्षेनी नगरक्षेत्रमा कुल ४१ करोड १७ लाख ९७ हजार रकम भित्रयाएर आर्थिक उपार्जनका कार्यहरु गर्दै आएको सो प्रोफाईलमा उल्लेख गरिको छ । बैदेशिक रोजगारको सबल पक्ष भनेको नै ज्ञान,सिप,अनुभव र विप्रेषण आर्जन हो । प्राप्त विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गरी स्वरोजगार तथा रोजगार गर्न सकेमा चक्रीय रुपमा वैदेशिक रोजगारमाा जानु पर्ने बाध्यताको अवस्थाको न्युनीकरणमा मद्द पुग्ने अवस्था पनि हुन सक्छ । बैदेशिक रोजगारमा कुल १ हजार ७ सय ७५ जना कामदार मध्ये १ हजार ४ सय ५ जना कामदारको परिवारले एक बर्षमा प्राप्त गरेको विप्रेषण विवरणाको आधारमा सो तथ्याँक तयार पारिएको नगरपालिकको रोजगार शाखाले जनाएको हो ।
विदेश जानेमा सबै भन्द बढि मलेशियामा २६ प्रतिसत रहेका छन् । दोश्रो स्थानमा कतार र साउदी अरब रहेको छ । त्यहा १९÷१९ प्रतिसत कमदार कार्यरतत छन् । त्यसै गरि तेश्रो स्थनमा यु.ए.इ दुबई रहेको छ,जहाँ १३ प्रतिसत कामदार गएको तथ्याँक छ । त्यसै गरि बिप्रेषण प्राप्त हुने अन्य देश मध्ये अमेरिका ५ प्रतिसत,कवेद ४ प्रतिसत,बहराईन २ प्रतिसत,अष्ट्रेलिया २ प्रतिसत भारत १ प्रतिसत र अन्य ६ प्रतिसत रहेका छन् । त्यसैगरि विदेशबाट प्राप्त बिप्रेषणको उपयोगको अवस्था विश्लेषण गर्दा २३ प्रतिसत रकम ऋण तिर्नमा,२१ प्रतिसत घरखर्च तथा खानपानमा,१४ प्रतिसत बचत,१२ प्रतिसत घर निर्माणमा,९प्रतिसत स्वास्थ्य उपचार खर्च,८ प्रतिसत शिक्षा,५ प्रतिसत जग्गा खरिद र १ प्रतिसत रकम मात्र ब्यवसाय शुरु गर्नमा प्रयोग हुदै आएको छ ।
बैदेशिक रोजगारीको क्रममा काम गर्नु पर्ने समस्याबारेमा सबै भन्दा बढि ९० जनाले भने अनुसारको काम र दाब दुबै नपाएको बताएका छन् । भागेर काम गरिरहेको मध्ये ३० जना रहेका छन् । १५ जना लामो समय देखी तलब नपाएको,१५ जना मालिक नेपाल फर्कन नदिएको,१६ जना कम्पनीले बस्न दिएको तर खाना नदिएको १ जना जेलमा परेको,३ जना लामो समय देखी सम्पर्कमा नआएको जस्त समस्याहरु पनि उल्लेख गरिएको छ । विदेश जानेमा सबै भन्दा बढि वार्ड नं.१८ बाट ४ सय १८ जना रहेका छन् । त्यसै गरि वार्ड नं.१४ बाट ३ सय ४७ जना,वार्ड नं.१५ ३ सय ४७ जना रहेका छन् । त्यसै गरि वार्ड नं.१६ बाट ३ सय १६ जना विदेश गएका छन् ।
विदेश जानेमा सबै भन्दा बढि ३१ बर्ष देखी ४० बर्ष उमेर समुहका १ हजार ३ सय ६ जना रहेका छन् । २१ बर्ष देखी ३० बर्ष उमेर समुहका ९ सय ७६ जना,४१ बर्ष देखी ५० बर्ष उमेर समुहका ५ सय ७७,१८ बर्ष देखी २० बर्ष उमेर समुहका २० जना र ५० बर्ष माथि उमेरका ८० जना रहेका छन् । जातीगत विवरण अनुसार सबै भन्दा बढि मधेशी समुदाय १ हजार १ सय ३६ जना,तराईका जनजाती ७ सय ८१ जना,तराई दलित ५ सय ३७ जना,तराईका दलित १ सय २६ जना,मुस्लिम २ सय १४ जना,तराईका ब्राम्हण ७३ र पहाडका ब्राम्हण ८७ जना रहेका छन् ।
बैदेशिक रोजगारीबाट नगरक्षेत्रमा विप्रेषण भित्रिने गरिएको भए पनि यसमा नगरपालिकाले गौरव गर्ने कुरा नभएको नगरप्रमुख धनपत यादवले बताए । विदेशमा रोजगारी खोज्दै नेपाली जानु बाध्यता भएको हुदा अगामी दिनमा नगरपालिकाले स्वदेशमै रोजगारी कसरी सृजना गर्ने र स्वदेशमै रोजगारको अवसर प्रदान गर्नका लागि रोजगार रणनीति बनाउने कार्य भई रहेको उनले बताए । रणनीति निर्माण पश्चात सो रणनीति अनुसार नगरपालिकाले रोजगारीका कार्यक्रम लागु गर्नेछ, नगरप्रमुख यादवले भने,यसको जिम्मेवारी नगरपालिकाको रोजगार शाखालाई लगाइएको छ ।
Affiliation Department of Biomedical Sciences and Cornell Stem Cell Program, Cornell University, Ithaca, NY, United States of America can i buy priligy over the counter Parker, et al