Health Advertisement

गाँउमा हाईब्रिड मकैको बिँउ बनाउदै रामग्राम १८ बडगोका किसान

नवलपरासी,२ बैशाख
जिल्लाका किसानहरु अहिले आफै मकैबालीको उन्नत विँउ बनाउनका लागि गाँउमै बर्णशंकर(हाईब्रिड) बनाउने कार्यमा जुटेका छन् । कृषि ज्ञान केन्द्र नवलपरासीको प्राविधिक सहयोग तथा लुम्बिनी सिड कम्पनीको सहकार्यमा रामग्राम १८ बडगो स्थित केही किसान मकैबालीमा हाईब्रिड विँउ बनाउनमा लागेका हुन् ।
सम्वतःजिल्लामा पहिलो पटक यस्तो हाईब्रिड मकै विउ बनाउनमा किसान आफै लागेको कृषि ज्ञान केन्द्र नवलपरासीका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी गराए । कृषि विज्ञहरु मात्रै लागेर उन्नत जातको बिउँ उत्पादनले माग अनुसारको विउँ पुर्याउन सकिने अवस्था छैन्,उनले भने,विज्ञसँग सहकार्य गर्दै जब किसान आफै हाइब्रिड विँउ बनाउन सिक्छन्,अनि मात्र आवश्यकता अनुसार प्रयाप्त मात्रामा हाईब्रिड विउँ गाउकै किसान आफ्नै खेतबारीमा उत्पादन गर्न सक्छन् । यसको पहिलो अभ्यास जिल्लाको बडगो गाँउमा शुरुवात गराइएको छ । किसानहरु उत्साही नै भएको भनाई निमित्त प्रमुख चौधरीको रहेको छ । गाँउमा किसान आफैले हाईब्रिड विँउ बनाउनमा लाग्दा त्यसको अभ्यास गर्दै ज्ञान सिप अन्य किसानले पनि सिक्दै जानेछन् । कृषि पढेर केही युवाह्रुलाई यो विधिबारे थाहा छ,उनले थपे,तर ति पढेलेखेका युवा गाँउमा बसेर काम गर्न चाहदैनन् ।
जान्ने विज्ञ र युवाहरु खेती नगर्ने र खेती गर्ने किसान विधि नजान्नेले पनि नेपालमा उन्नत विँउ,हाईब्रिड विँउको अभाव हुने देखिन्छ । अहिले हाईब्रिड बनाउने मकैबालीमा अभ्यास गर्दैछन् । पछि सबै विधि प्रकृया र सिप सिके पश्चात धान लगायत दलहन र तेलहनबालीमा पनि अभ्यास गर्न सक्ने छन् । बडगोका स्थानिय कृषक महेन्द्र चौधरी लगायतका किसानहरु मकै बालीमा हाईब्रिड मकैको विँउ बनाउन लागेको उनको भनाई थियो । अहिलेसम्मको अवस्था ठिकै रहेको छ । ब्यवस्थित हाईब्रिड उत्पादन गर्ने विदेशका कम्पनीहरु जस्तै त गाँउका किसानले मकैबाली स्यार्न सकिरहेको अवस्था नभए पनि हरेक प्रयास गरिरहेका छन् । सिमित साधन स्रोतले चाहे जस्तो परिणाम नदेला,चाहे जतिको परिमाणमा उत्पादन नहोला तर त्यो भन्दा ठूलो कुरा किसानमा आत्मविश्वास जगाउने कार्य हुनेमा कृषि ज्ञान केन्द्र विश्वस्त भएको निमित्त प्रमुख चौधरीले जनाए ।
उनका अनुसार अहिले सो गाँउमा ५ हेक्टरमा हाईब्रिड रामपुर–१० जातको मकै डेढ सय किलोग्राम विउँको रुपमा उपलब्ध गराइएको छ । सो विँउबाट अब कति उत्पादन गर्ने हुन त्यो उत्पादन भई सके पछि मात्रै थाहा हुनेछ । जे जति उत्पादन भए पनि साधारण मकै भन्दा हाईब्रिड विँउको मकैबाट राम्रै आमदनी लिन सक्ने निमित्त प्रमुख चौधरीले जनाए । ५० रुपिया केजीमा विक्रि हुने साधारण खाने मकै भन्दा कम्पनीले नै उत्पादित सबै मकैको विँउ किनिदिने सहमति भएको छ । उत्पादित ति मकैको हाईब्रिड विँउ कम्तीमा पनि प्रति किलोग्राम ३ सय रुपियाको दरले विक्रि हुने उनको भनाई थियो । मकै उत्पादन गर्ने कार्य किसानको भए पनि त्यसको प्रसोधन र भण्डार कार्य सिड कम्पनीले नै गर्ने छन् । त्यो भएर विँउको शुद्धता रहने छ ।
कृषि ज्ञान केन्द्रले यस्तो हाईब्रिड मकै बिँउ बनाउनका लागि आफुहरुलाई भने पछि आफुहरु पनि उत्साही भएको स्थानिय किसान महेन्द्र चौधरीले बताए । खेतमा लगाएको हाईब्रिड बनाउने मकैबाली देखाउदै भने,उन्नत विँउको मकैको भाले फुल(जिरा) मात्रै यस्मा राखेका छौ । बाकी मकैका बोटका जिरा काटेर फालिदिएका छौ। पोथी फुल(घोघा)मा तिनै उन्नत बिँउबाट झर्ने परागले घोघामा जाने र पराग सेचन हुनेछ । यसले गर्दा ति सबै मकै बालीमा हाईब्रिड विँउ बन्ने छ । यस्तो प्रकृया पहिला हामी सुनेका थियो, चौधरीले भने,तर अहिले यो प्रकृयामा आफै काम गरि रहेका छौ ।
यस्तो विधिले हाईब्रिड बनाईन्छ,भनेर अन्य किसानले पनि बेला बेलामा हेर्न देख्नका लागि आउने गरेका छन् । अहिले फुल फल्ने अवस्थामा नै छ । विस्तारै पराग सेचन प्रकृया भई रहेका छन् । यो स्थानिय गाँउका किसानलाई एउटा प्रयोगशाला जस्तै भएकोले गाँउका सबै किसान उत्साही भएको चौधरीले बताए । अगामी दिनमा अब मकैसँगै गँहु र धानमा पनि अभ्यास गर्ने सोच रहेको छ । कम्पनी र कार्यालयले सहयोग गरे त्यसका लागि पनि अगामी दिनमा अन्य सिकान पनि सहभागि भएर काम गर्न उत्सुक रहेको उनको भनाई थियो ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *