नवलपरासी,११ चैत्र
जिल्लाको रामग्राम नगरपालिकाले आफ्नै सपिगँ मल बनाउने कार्य अगाडी सारेको छ । नगर विकास कोषसँग साझेदारी गरि वार्ड नं.५ स्थित दैनिक हटबजार स्थलमा सो सपिगँमल बनाउने योजना ल्याएको हो ।
झण्डै १२ करोड लागतको ६ तल्ले सपिगँमलको भवन बन्ने गरि योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । परासी बजारमा ठूलै लगानी गरि सपिगँमल बनाउने खासै ब्यवसायिक प्रतिष्ठान भएको र जिल्ला अदालत अगाडी रहेको नगरपालिकाको उतm जग्गाको सदुपयोग गर्ने गरि सपिगँमलको योजना बनाइएको हो,प्रमुख प्रशासकिय अधिकृत खड्काले भने,जग्गाको सदुपयोग पनि हुने,बजारको विचमा एक सपिगँमल पनि बन्नुका साथै त्यसले नगरपालिकाको राजश्वमा पनि योगदान पुर्याउने हुदा नगरसभाले यस्तो योजना अगाडी बढाएको थियो । आवश्यक रकमका लागि अन्य निकायसँग पनि पहल भई रहेको छ,उनले थपे,त्यसका लागि नगरपालिकाका नगर प्रमुख धनपत यादव आफै सक्रिय भएर लागेका छन् । कहिँ न कहिँबाट सो सपिगँमल निर्माणका लागि स्रोत जुट्नेमा विश्वास ब्यतm गर्दै उनले भने,नभए नगर विकास कोषको रकमबाट सो सपिगँमल बनाउछौ ।
यो रामग्राम नगरपालिकाका लागि एक गौरवको योजना पनि हुनेछ । प्राविधिकलाई सबै सुविधासम्पन्न हुने गरि सपिगँमलको डिजाईन गराउनमा पनि लगाइएको छ । आउने बर्ष देखी नै सो योजना कार्यान्वयनमा आउने विश्वास लिइएका छौ,उनले भने,यसका लागि यहाँका जनप्रतिनिधि पनि उत्साही भएर लागेका छन् । स्थानियको भावना र चाहना अनुसार जनप्रतिनिधिले काम गर्नु नै जनप्रतिनिधिको दायित्व भएकोले सोही अनुसार काम भई रहेको नगर प्रमुख यादवले बताए । जनप्रतिनिधि र कर्मचारी मिलेर यो योजनालाई साकार बनाउन सकिन्छ,उनले भने, स्थानियले भन्दै पनि आएका थिए । अहिले सोही अनुसार सपिगँमलको योजना बनाएका हौ । अग्लो भवन हुने हुदा सञ्चार टावरका लागि पनि सो भवन उपयुतm हुन सक्छ । पार्किगँ ब्यवस्थापन हुने गरि काम हुन्छ ।
स्थानिय ब्यवसायिले पनि यसमा सहयोग गर्न आवश्यक रहेको उनले बताएका थिए । नगरपालिकाले विकास निर्माणका काम छाडेर यस्तो ब्यवसायिक सपिगँमल किन बनाउन लागेको होला ? भन्ने प्रश्न पनि उठ्न सक्छ,उनले भने,तर यो माग पनि जनताबाटै आएको हो । नगरको एक गहनाको रुपमा हुने,नगरको आन्तरिक आयमा सहयोगी पनि हुने र सुरक्षित ब्यवस्थित बजार पनि हुने हुदा यसले बजारको आकर्षण थप्नेमा विश्वास ब्यतm गरेका थिए । बर्षाै देखी दैनिक हाटबजारको रुपमा नगरपालिकाले टहरा बनाएको भए पनि उपयोगमा नआएको जग्गामा सपिगँमल बनाएर ब्यवस्थित गर्नु राम्रै कुरा भएको स्थानिय ब्यसायि राधेश्याम अग्रहरीले बताए । उबासँघका पुर्व बाणिज्य उपाध्यक्ष समेत रहेका अग्रहरीले भने,अहिले ति टहरा केही ब्यतिmले मोटरसाईकल पार्किगँ गर्ने कार्यमा प्रयोग गर्दै आएका छन्,त्यसले नत नगरपालिकालाई फाईदा छ,नत स्थानियलाई नै फाईदा छ । सो जग्गामा सपिगँमलको निर्माण गर्नु स्वागत योग्य कुरा भएको उनको भनाई थियो ।
priligy dosage directory of in home euthanasia services, they also offer pet bereavement support