नवलपरासी २५ चैत्र, नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मन्त्री बैजनाथ चौधरीले थारु समुदायमा सिक्कल सेल एनामिया रोग प्रति सचेत रहन आग्रह गरेका छन् । रामग्राम १८ बडगो स्थित एमालेकै कार्यकर्ताको सिक्कलसेल एनामियाबाट एक जनाको मृत्यु भएको र उनको श्रद्धान्जली सभामा शोक मन्यब्य दिदै उनले सो आग्रह गरेका हुन् ।
उनले लामो समय देखी मलेरिया पचाउदै आएका थारु समुदायका पुस्तामा ति रोग देखा पर्ने र त्यसको अहिले उपचार पनि नेपाल सरकारले निशुल्क गर्दै आएको हुदा थारु समुदायलाई ति उपचार निरन्तर गराई राख्न समेत आग्रह गरेका थिए । एमाले कार्यकर्ता तथा सोही वार्डका पुर्व कार्यवाहक वार्ड अध्यक्ष समेत रहेका शेर बहादुर थारुको ५६ बर्षको उमेरमा सिक्कलसेल एनामिया ग्रस्त थिए । त्यसको उपचार पनि गराउदै आएका थिए । तर गए साता उनको उपचारको क्रममा मृत्यु भएको थियो । सिक्कल सेल एनामिया थारु समुदाय मात्रै नभई अन्य समुदायमा पनि छ,उनले भने,तर धेरै जसो थारु समुदायमै देखिएको छ,त्यो भएर पनि सबैलाई त्यसको जाँच परिक्षण गराई नियमित औषधी सेवन गर्न आग्रह गरेका थिए । उपचार हुदै गर्दा स्वर्गिय थारुले औषधी सेवनमा केही अनियमितता भएर पनि उनको मृत्यु भएको हुन सक्ने बताएका थिए । समान्य लापर्वाहीले पार्र्टीले एक होनहार कार्यकर्ता गुमाएको छ,उनले थपे,थारुमा लाग्ने यो रोग भए पनि ति थारु ब्यतिm कुनै दलको कार्यकर्ता,राज्यमा योगदान पुर्याउने ब्यतिm पनि हुन सक्ने हुदा यसमा पार्टीका जिल्ला र नगरका नेता कार्यकर्ताले जागरण ल्याउनमा काम गर्नु पर्ने हो ।
सिक्कल सेल भनेको धेरै पटक मलेरिया लाग्ने ब्यतिmका सन्ततिमा देखिन्छ । यसले रगत बन्नमा अवरोध गर्छ,त्यसले अन्य रोगलाई पनि निम्त्याउन सक्छ । सिक्कल सेल भनेको रतmकोषिका हरिया जस्तो बाँगो हुने हुदा रतmकोषिका कम बन्ने र रगतको अभाव भई एनामिया अर्थात रतmल्पता हुने रोग हो । त्यसका लागि अतिरितm आईरन,फोरिक एसिड,हिमोग्लोबिन बन्ने खालको आईरन जन्य औषधी खुवाईने गरिन्छ । त्यो नियमित खानु पर्छ । यदि त्यसमा हेलचक्रयाई गरियो भन्ने रतm कम भएर रतmअल्पता हुने जोखिम हुन्छ । त्यसले शरिरमा शतिm बन्ने र रोग विरुद्ध लड्ने क्षमता कम गराई दिन्छ,अन्तमा मृत्यु हुन्छ । त्यो भएर सबै थारु समुदाय यस प्रति सजग रहन समेत उनले आग्रह गरेका थिए ।
People with lower vitamin D levels seem to be more likely to have high cholesterol than people with higher vitamin D levels priligy seratonin If the nipple hurts during the medication, you can use 10 mg of tamoxifen per day