कसिया सामुदायिक बनमा उद्धान(पार्क) बनाउन रामग्राम नगरपालिकाको पहल

नवलपरासी,३ बैशाख
जिल्लाको रामग्राम नगरपालिकाले नगरपालिका प्रशासनिक भवनसँग जोडिएको कसिया सामुदायिक बनलाई बन उद्यानको रुपमा विकास गर्नका लागि सामुदायिक बन समुहसँग सहकार्य अगाडी बढाएको छ । नगरपालिका र सामुदायिक बन विच पटक पटक हुने विवादलाई टुगँयाउदै बन समुहको अस्तित्व रहने र बनको हरियाली उपयोग हुने गरि उद्यानको रुपमा विकास गर्न दुबै पक्षले सहकार्य अगाडी बढाएका हुन् ।
सामुदायिक बन र नगरपालिकासँग विगत एक दशक देखी बनको उपयोगबारे विवाद हुदै आएको भए पनि अब सो विवाद सहमति नजिक पुगेको नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । अहिले चाडै निकास निस्कने विश्वास लिएका छौ,इन्जिनियर गुप्ताले भने,नगरपालिकाले सिफारिस नगरेसम्म सामुदायिक बनले बन डिभिजन कार्यालयबाट कार्ययोजना हस्तानान्तरण नपाउने अवस्था पनि छ । सामुदायिक बनले विवाद मात्रै झिकिरह्यो भने,सामुदायिक बनलाई पनि बन उपभोग गर्न समस्या हुन्छ । सामुदायिक बनले बैधानिकता प्राप्त गरेका कारण नगरपालिकाले समेत त्यस क्षेत्रलाई अन्य प्रयोजनमा उपयोग गर्न सक्दैन् । यो कुरा बन समुह र नगरपालिका दुबैले बुझेर दुबैको अस्तित्व रहने गरि निकासका लागि पहल भई रहेको उनको भनाई छ ।
नगरपालिकाको प्रशासनिक भवनको दक्षिण तर्फ हुलाकी राजमार्गसँग जोडिएको झण्डै तिन हेक्टर सार्वजनिक जग्गामा स्थानियले २०४२ सालमा वृक्षारोपण गरि २०४८ साल देखी नै वृक्षारोपण सामुदायिक बनको रुपमा प्रयोग गर्दै आएका थिए । तर त्यसलाई बैज्ञानिक रुपमा कार्ययोजना स्वीकृत गराउनका लागि सामुदायिक बनले नगरपालिकासँग सिफारिस माग्दै आएको थियो । नगरपालिकाले पनि ति बन क्षेत्रलाई हटाएर कहिले बसपार्क तर कहिले हाटबजार बनाउने भन्दै सिफारिस दिन मानेको थिएन् । विवाद बढदै गएपछि सामुदायिक बनको बैधानिकताबारे उच्च अदालत बुटवलमा मुद्दा समेत परेको थियो । उच्च अदालतले कसिया सामुदायिक बन क्षेत्रलाई सामुदायिक बनकै रुपमा प्रयोग गर्ने गरि बैधानिकता हुने फैसला गरिदिए पछि नगरपालिकाको हस्ताक्षेप त हट्यो तर कार्ययोजना स्वीकृतिका लागि सिफारिस भने अहिलेसम्म अडकाएरै राखेको छ ।
अहिले नगरपालिका र सामुदायिक बन समुह मिलेर ति क्षेत्रलाई एक बन उद्धानको रुपमा विकास गर्ने र त्यसमा हुने बन पैदावारको उपयोग सामुदायिक बनले नै गर्ने गरि उद्धानको रुपमा विकास गर्नका लागि सामुदायिक बन समुहका सदस्यहरु तयार भएका छन् । उद्धान बनाउनका लागि जैविक विविधता नष्ट नहुने गरि नगरपालिको लगानी गर्नेछ । त्यसको उपयोग उद्धान(पार्क)को रुपमा नगरबासीले गर्न पाउने छन् । दुबै पक्षले लगानी गरि त्यसको उपयोग गर्ने सहमति पछि नगरपालिकाले सामुदायिक बनलाई कार्ययोजना स्वीकृतिका लागि डिभिजन बन कार्यालयलाई सिफारिस गर्नेछ । यसरी नगरपालिका र सामुदायिक बनको सहमति भए पछि प्राकृतिक र जैविक विविधतामा असर नपर्ने गरि उद्धानको रुपमा नगरपालिकाले लगानी गर्ने छ ।
नगरपालिकाले विगत दुई बर्ष पहिला नै उद्धान विकासका लागि बजेट बिनियोजन गरि पाठक कन्ट्रक्सनलाई ठेक्का समेत दिई सकेको छ । तर सहमति हुन नसक्दा काम नभएको इन्जिनियर गुप्ताले बताए । अहिले पुनःनगर प्रमुख धनपत यादवले ति योजनालाई सफल बनाउन पहल थालेका छन् । केही दिनमा सहमति हुने विश्वास ब्यतm गर्दै इन्जिनियर गुप्ताले उद्धान बन्नेमा विश्वास ब्यतm गरेका थिए । यता सामुदायिक बन उपभोतmा समुहका सदस्यहरुको चित्त बुझ्ने गरि नगरपालिकाले सामुदायिक बनलाई उद्धानको रुपमा विकास गर्दै लैजानका लागि काम भई रहेको नगरप्रमुख यादवले जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *