निजी विद्यालयबाट झिकेर सामुदायिक विद्यालयमा भर्ना

नवलपरासी,१२ बैशाख
जिल्लाको रामग्राम नगरपालिका ७ स्थित उत्तम बालहित माविको अध्यक्षमा छनौट भए पछि अध्यक्ष डाक्टर यादवले आफ्ना बालबालिकालाई निजी विद्यालयबाट झिकेर सामुदायिक बिद्यालयमा भर्ना गराएका छन् । स्थानिय निजी विद्यालयमा अध्ययन गर्दै आएका यादवका एक छोरा र छोरी आफु अध्यक्ष भएको विद्यालयमा भर्ना गराएका हुन् ।
आफ्नो सन्तानका लागि लगानी गरि निजी विद्यालयमा पढाउने तर गाँउकै सामुदायिक विद्यालयमा सुधार आउन नसकेको हुदा विद्यालय ब्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी नगरपालिकाले लगायो । आफ्नो सन्तानका लागि मात्रै नभई समुदायकै हितका लागि विद्यालयमा शैक्षिक सुधारका लागि विद्यालय ब्यवस्थापनमा आएको उनले बताए । त्यसका लागि आफ्ना छोराछोरीको समेत यसै विद्यालयमा भर्ना गराएको उनले जनाए । विभिन्न पद र ओहदामा बस्ने ब्यतिmले सामुदायिक विद्यालयमा आफ्ना छोरा छोरीको भर्ना नगराउन,नपढाउने आरोप पनि लाग्ने गरेको छ । तर सामुदाकिय विद्यालयको शैक्षिक गुणस्तर ठिक छैन्,भन्ने गलत प्रचार पनि हुने गरेको छ,उनले भने,ति आरोप चिर्न र विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि कसरी काम गराउने ? दिन रात खटेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि काम गर्ने आफुले संकल्प लिएको उनले बताए ।
विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुने तर आफ्नो छोराछोरी निजीमा पढाउने गरेर अभिभावकको विश्वास जित्न सकिदैन्,उनले भने,त्यो भएर अध्यक्ष हुन वा प्रधानाध्यापक,अध्यापकहरुको पनि छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु पर्छ । आफ्ना छोराछोरी समेत तिनै विद्यालयमा पठन पाठन गरे पछि मात्रै विद्यालयको शैक्षिक गुणस्तरको सुधारका लागि पुरै ध्यान दिएर काम गर्न सक्छन् । विगत बर्षमा धेरै सामुदायिक विद्यालयको अध्यक्ष हुने तर आफ्नो छोराछोरीको पठन पाठन निजी बोर्डिगँमा गर्ने गरेका थिए ।
त्यसले अध्यक्ष माथि प्रश्न उठ्नु स्वभाविक पनि हो,उनले भने, आफै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुने विद्यालय प्रति अध्यक्षकै शैक्षिक गुणस्तर प्रति विश्वास नभएर निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेका छन् । ति सबै प्रश्नलाई चिर्नका लागि पनि आफुले निजी विद्यालयबाट आफ्नो छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएको उनको भनाई थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्षको यो साहषी कदम भएको सो वार्डका वार्ड अध्यक्ष रविन्द्र यादवले जनाए । अध्यक्षको विद्यालय प्रतिको इमानदारिता पनि हो,उनले भने,यस्तो सोच सबै विद्यालयका अध्यक्ष,समितिका सदस्य,प्रधानाध्यापक तथा शिक्षक कर्मचारीका छोरीछोरीलाई पहिला आफैले आफुले पढाउने शिक्षा पद्यती प्रति विश्वास गरेर भर्ना गर्नु पर्छ ।
सामुदायिक विद्यालय प्रति अन्य जनसमुदायको भरोसा दिलाउनु पर्छ । बोर्डिगँको र निजी विद्यालयको बिरोध गरेर हुदैन्,उनले थपे,निजी तथा बोर्डिगँ स्कुल जतिकै अंग्रेजी माध्यम,शिक्षाको गुणस्तर विकास गरि सामुदायिक विद्यालयमा सबैका छोराछोरी पढन योग्य विद्यालयको रुपमा विकास गर्नु पर्छ । यसले सबैको भरोसाको विद्यालय सामुदायिक विद्यालय बन्छ । नगरपालिकाले पनि आवश्यकता अनुसार लगानी गर्दै आएको छ,उनले भने,वार्ड स्तरबाट पनि आवश्यकता अनुसार लगानी गर्छौ । सबै मिलेर काम गरे मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुन्छ,आम जनसमुदायको विश्वास जाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *