रामग्राम नगरपालिका

रामग्राम स्तुपा र प्राचिन कोलिय राजधानी कोलनगर जोड्ने पर्यटन मार्गमा विश्वबैंकको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपा र प्राचिन कोलिय राजधानी कोलनगर जोड्ने पर्यटन मार्गमा विश्वबैंकको चाँसो

नवलपरासी,६ जेठबर्षौ देखी ओझेलमा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबंैकले चाँसो देखाएको छ । सो क्षेत्र जोड्न पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि ६२ करोड को सडक पुर्वाधार प्रोजेक्ट बनाई काम गर्ने गरि चाँसो लिएको हो ।सो प्रोजेक्ट कुनै पनि हालतमा लागु हुनु पर्ने मान्यताले स्थानिय वार्डअध्यक्षहरु नै सडक मापदण्ड अनुसारको सफाई कार्यमा लागेका छन् । नगरपालिका कम चाँसो लिए पनि सो सडक जसरी पनि बन्नु पर्ने मान्यताले वार्डअध्यक्षहरु सफाई कार्यमा लागेको बताए । विगत पाँच बर्ष देखी नगरपालिकाका प्राविधिकहरुले विश्व बैंकको प्राविधिक टोलीसँग नियमित परामर्श गर्दै पर्यटन मार्गको रुपमा पहिचान हुने र रुपन्देही नगरपरासी जोड्नुका साथै दुई जिल्लाको पुर्वपश्चिम राजमार्ग तथा हुलाकी राजमार्गको विचको बैकल्पिक मार्ग समेत बन्ने तथ्य देखाउदै आएका थिए ।सम्...
भोजपुरी स्टार रितेश पाण्डेको सहभागिता रहने गरि परासीमा पहिलो साँस्कृति मेला २०८० शुरु हुने
रामग्राम नगरपालिका, समाचार, संस्कृति

भोजपुरी स्टार रितेश पाण्डेको सहभागिता रहने गरि परासीमा पहिलो साँस्कृति मेला २०८० शुरु हुने

नवलपरासी,५ जेठभोजपुरी स्टार रितेश पाण्डे सहितको सहभागितामा रामग्राम नगरपालिकाका वार्ड अध्यक्षकै पहलमा पहिलो रामाग्राम साँस्कृति मेला २०८० लाग्ने भएको छ । स्थानिय भोजपुरी भाषा तथा स्थानिय कलाकारहरुलाई समेत प्रोत्साहित गर्ने उदेश्यले रामग्राम वार्ड २ का वार्ड अध्यक्ष निरज रौनियारको पहलमा सो साँस्कृति मेला लाग्ने जानकारी उनले शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।स्थानिय कलाकारसँगै भोजपुरी स्टारहरुको समेत उपस्थिती गराई कलासंस्कृति भाषा विकास तथा स्थानियलाई मनोरन्जन गराउने उदेश्यले यो मेलाको आयोजना गर्न लगिएको उनले बताए । रामग्राम २ झरही किनारमा हरेको बुधवारे हाटबजार स्थलमा सो मेलाको आयोजना हुने र जेठ ९ गते देखी २० गतेसम्म ११ दिनसम्म चल्ने छ । साझ तथा रात्रीकालिन सांस्कृतिक कार्यक्रम,कुस्ति तथा ब्यवसायिक स्टलहरु समेत रहने छ । भोजपुरी स्टार रितेश पाण्डे,सिल्पी राज लगायतको समेत उपस्थ...
पहिलो ‘कोलिय अस्तिधातु जात्रा’ले रामग्रामबासी उत्साही
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

पहिलो ‘कोलिय अस्तिधातु जात्रा’ले रामग्रामबासी उत्साही

नवलपरासी,२३ बैशाखबुद्ध पुर्णिमाको अवसरमा रामग्राम नगरपालिकाले पहिलो कोलिय अस्तुधातु जात्रा निकालेर मनाउदा रामग्रामको विकास हुनेमा नगरबासी उत्साही भएका छन् । २५६७ औ बुद्धजयन्तीलाई फरक ढंगले मनाउदै रामग्राम नगरपालिकाले नगरक्षेत्रमा एउटा जात्राको शुभारम्भ गर्नाले नगरक्षेत्रको विकासका लागि एक नयाँ इतिहास रचिएको स्थानियले बताएका हुन् ।रामग्राम स्तुपा र प्राचिन कोलिय गणराज्यको राजधानी भएको कोलनगर रामग्राम(पण्डितपुर) लाई भावनात्मक रुपमा यो जात्राले जोडेको मात्र नभई नगरपालिकाकै लागि नयाँ इतिहास थपिएको रामग्राम नगरपालिका ५ का पुर्व वार्ड सदस्य समेत रहेका स्थानिय चन्द्र प्रकाश गुप्ताले बताए । यसले परासी बजार र सम्पुर्ण रामग्रामकै विकासमा नयाँ आयाम थपेकोछ,उनले भने,आधुनिक कालमा प्राचिनता झल्किने गरि अस्तुधातुको जात्रा निकाल्नु नगरप्रमुख लगायत नगरपालिका मात्रै नभई समग्र नगरबासीकै गौरव बढाएको छ । जसरी १...
पहिलो धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन स्वम्सेवक परिचालनका लागि विद्यालयमा परिचयात्मक शिक्षा
रामग्राम नगरपालिका, शिक्षा, समाचार, संस्कृति

पहिलो धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन स्वम्सेवक परिचालनका लागि विद्यालयमा परिचयात्मक शिक्षा

नवलपरासी २१ बैशाखपहिलो कोलिय अस्तुधातु यात्रालाई ब्यवस्थितका लागि विद्यार्थीलाई स्वम्सेवक बनाउन रामग्रामका विद्यालयमा परिचयात्मक शिक्षा चलाइएको छ । बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय अस्तिधातु जात्रा’ निकालेर मनाउन लागेको बुद्धपुर्णिमालाई भब्य बनाउन र ब्यवस्थित गर्न विद्यालयका विद्यार्थीहरुलाई स्वम्सेवक परिचालनका लागि परिचयात्मक शिक्षा दिइएको छ । अस्तिधातु जात्रा र बुद्धपुर्णिमाबारे जागरण तथा बुद्धस्थल को जानकारी समेत गरिएको हो ।यात्रामा सहभागिहरुलाई गाईडको रुपमा पनि काम गर्न र यात्रा ब्यवस्थित गर्नमा विद्यार्थीको पनि सहभागिता होस भनेर जागरण तथा परिचयात्मक शिक्षा चलाइएको रामग्राम नगरपालिकाका नगर प्रमुख धतपत यादवले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुपा क्षेत्रमा उत्तम बालहित माविका कक्षा ९ र १० का विद्यार्थी र प्राचिन को...
धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन लागिएको बुद्धपुर्णिमाको रामग्राममा भब्य तयारी
रामग्राम नगरपालिका, समाचार, संस्कृति

धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन लागिएको बुद्धपुर्णिमाको रामग्राममा भब्य तयारी

नवलपरासी २१ बैशाखबैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय अस्तिधातु जात्रा’ निकालेर मनाउन लागेको बुद्धपुर्णिमालाई भब्य बनाउन सरसफाई कार्यक्रम गरिएको छ । अस्तिधातु जात्रा र बुद्धपुर्णिमाबारे जागरण तथा बुद्धस्थल र बजार क्षेत्रको सरसफाई गरिएको हो ।शसस्त्र प्रहरी र नेपाली सेना तथा स्थानियबासीको सहभागितामाम सरसफाई गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धतपत यादवले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुपा क्षेत्र ,परासी बजार र प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरमा सबैको सहभागितामा सरसफाई गरिएको थियो । रामग्राम नगरपालिकाले विभिन्न उपसमिति बनाई तयारीलाई तिब्रता दिइएको छ । जिल्ला स्थित सरोकारवाला संघसस्था तथा शुरक्षा निकाय सहितको विस्तारित बैठक बसेर सो जात्रा मनाउनका लागि तयारी उपसमितिहरु गठन गरि काममा लगाएको थियो ।रामग्राम ...
परासी प्रेस क्बलद्धारा रामग्राम स्तुपामा मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस
रामग्राम नगरपालिका, समाचार, समाज

परासी प्रेस क्बलद्धारा रामग्राम स्तुपामा मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस

नवलपरासी, २० बैशाख,विश्व प्रेस स्वतन्त्रा दिवसको अवसरमा भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा परिसरमा परासी प्रेस क्लबले अन्तरक्रिया गरि प्रेस स्वतन्त्रता दिवस मनाएको छ । प्रेस स्वतन्त्रताको अवस्था विषयक अन्तरक्रिया गर्दै सो दिवस मनाइएको हो ।प्रेस मानवअधिकारको प्रमुख क्षेत्र भएको र अहिले वर्तमान अवस्थामा पनि पुर्ण प्रेस स्वतन्त्रताको अवस्था नरहेको सहभागित पत्रकारहरुले बताएका थिए । स्वतन्त्र प्रेस विना मानवअधिकारको प्रत्याभुती नागरिकले पुर्ण रुपमा गर्न नपाउने हुदा जहिले पनि प्रेसलाई स्वतन्त्र रुपमा राज्यले काम गर्न दिनु पर्छ,सरकारले स्वतन्त्र प्रेसलाई प्रवद्र्धन समेत गुर्न पर्छ भन्ने कुरा औल्याइएको थियो । प्रमुख अथिती रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादवले स्वतन्त्र प्रेसले मात्र नागरिकको अधिकार सुचिश्ति गराउन सक्ने बताए । तर प्रेसमा पनि केही विकृतिहरु मौलाउदै गएको र...
‘धातु जात्रा’ निकालेर बुद्ध पुर्णिमा मनाईन रामग्राममा तयारी तिब्र
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

‘धातु जात्रा’ निकालेर बुद्ध पुर्णिमा मनाईन रामग्राममा तयारी तिब्र

नवलपरासी,१८ बैशाख,बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय ‘धातु जात्रा’ निकालेर मनाउन लागेको रामग्राम नगरपालिकाले विभिन्न उपसमिति बनाई तयारीलाई तिब्रता दिइएको छ । जिल्ला स्थित सरोकारवाला संघसस्था तथा शुरक्षा निकाय सहितको विस्तारित बैठक बसेर सो जात्रा मनाउनका लागि तयारी उपसमितिहरु गठन गरि काममा लगाएको हो ।रामग्राम स्तुपा यहिँ भएको र कोलिय गणराज्यका कोलिय राजाहरुले भगवान बुद्धको महापरिनिर्वाण कुशिनगरमा भएको अन्त्येष्टि पछि बचेको धातुबाट आफ्नो भागमा पाएको धातु ल्याएर रामग्राम स्तुपको स्थापना गरेका थिए । ति घटनालाई आम जनमानसमा सन्देश दिइने गरि धातु यात्राको शुभारम्भ गर्ने योजना अनुसार सो धातुजात्रा निकाल्न लागिएको छ ।कोलिय राजकुमारी यशोधराको जन्म पनि सोही दिन भएको बौद्ध इतिहास छ । त्यही भएर यशोधराको जन्मोत्सव पनि कोलिय गणराज्यको राजधानी रा...
बुद्ध पुर्णिमाको अवसरमा रामग्रामले निकाल्दै ‘धातु जात्रा’
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

बुद्ध पुर्णिमाको अवसरमा रामग्रामले निकाल्दै ‘धातु जात्रा’

नवलपरासी,१७ बैशाख,बर्षेनी बुद्धको पुर्णिमाको रुपमा मनाईने बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय ‘धातु जात्रा’ निकालेर मनाईने भएको छ । भगवान बुद्धको २५६७ औ बुद्धजयन्तीको अवसरमा पहिलो पटक रामग्राम नगरपालिकाले बुद्ध पुर्णिमा राजधानी र स्तुप जोड्ने गरि कोलिय धातुयात्रा मनाउने कार्यक्रमको प्रस्ताव अगाडी सारेको हो ।लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्राई सहितको उपस्थितमा रामग्राम नगरपालिकाले धातु जात्रा सहितको बुद्धजयन्ती मनाउने कार्यक्रम तय गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धतपत यादवले जानकारी गराए । बैशाख पुर्णिमालाई सिद्धार्थ गौतमको जन्म मात्रै घटना नभई सिद्धार्थ गौतमले बुद्धत्व प्राप्ती दिन र महापरिनिर्वाण लिइएको अर्थात जन्म,ज्ञान प्राप्ती र महापरिनिर्वाण(मृत्यु) तिन घटना बैशाख पुर्णिमाको दिनमा नै भएको थियो । लुम्बिनीमा स...
बुद्धको मावली स्थल कोलिय गणराज्यको राजधानी रामग्राम पण्डितपुरमा जिसस र नेपाली सेनाको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार

बुद्धको मावली स्थल कोलिय गणराज्यको राजधानी रामग्राम पण्डितपुरमा जिसस र नेपाली सेनाको चाँसो

नवलपरासी,१७ बैशाख,प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) रामग्राममा जिल्ला स्थित नेपाली सेना र जिल्ला समन्वय समितिले स्थलगत अध्ययन गरि संरक्षण,प्रचार प्रसार गर्नका लागि चाँसो देखाएको छ । शनिवावर विहान जिल्ला समन्वय समिति (जिसस) प्रमुख भगौती प्रसाद यादव र नेपाली सेनाको रामग्राम ब्यारेकका कर्नेल ज्ञानकाजी श्रेष्ठ सहितको टोलीले स्थलगत अवलोकन गरेको हो ।प्राचिन सम्पदा स्थल रहेको भए पनि उचित ब्यवस्थापन र सम्पदाको महत्वबारे स्थानियमा जागरुकता कम भएको समेत महशुस गर्दै प्राचिन बौद्धकालिन सम्पदाहरु रहेको स्थानमा स्थानियबासीसँग नेपाली सेनाले परिचयात्मक,प्रचारात्मक कार्य गर्ने समेत योजना बनाई काम गर्ने जिसस प्रमुख यादवले बताए । नेपाल सेना लगायतका शुरक्षाकर्मी तथा सरकारी निकाय सहित स्थानियबासीसँग राजधानी रामग्राम सहितको जिल्ला स्थित बौद्ध स्थलहरुमा कार्यक्रम गर्नका लागि संयुतm रुपमा योजना ब...
रामग्राम क्षेत्र विकास समिति ऐनको मस्यौदा अन्तिम चरणमा
रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

रामग्राम क्षेत्र विकास समिति ऐनको मस्यौदा अन्तिम चरणमा

नवलपरासी,१५ बैशाखजिल्लाको रामग्राम नगरपालिकाले बनाउन लागेको रामग्राम क्षेत्र विकास समिति ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । रामग्राम स्तुपा तथा राजधानी रामग्राम सहित प्राचिन कोलिय गणराज्यसँग सम्बन्धित बौद्ध स्थलहरुको एकिकृत रुपमा विकास गर्ने उदेश्यले बनाउन लागिएको विकास समिति सम्बन्धि ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको र एक दुई साता भित्रै त्यसलाई विधेयकको स्वरुप दिईने जानकारी गराएको हो ।गत बर्ष नै रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम स्तुपा तथा प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम(पण्डितपुर) लगायतका अन्य प्राचिन नगर तथा बौद्ध स्थलहरुको विकास गर्नका लागि रामग्रामा विकास कोष वा विकास समिति गठन गर्ने निर्णय गरेको थियो । अहिले त्यसबारे क्रमशः चरणबद्ध रुपमा काम गर्दै गठनका लागि ऐन बनाउनु पर्ने र सो ऐनका मस्यौदाहरु बनाउने कार्य भई रहेको र अन्तिम चरणमा पुगेको रामग्राम नगरपाल...