Health Advertisement

पृथ्वीचन्द्र अस्पतालका मेसु डा.होदालाई जिल्ला अदालत नवलपरासीको कारण देखाउन आदेश

नवलपरासी,२१ जेठ
जिल्ला पृथ्वीचन्द्र अस्पताल र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट(मेसु) डा.नुरुल होदालाई जिल्ला अदालत नवलपरासीले कारण देखाउ आदेश जारी गरेको छ । नागरिक अधिकारको हनन गर्न खोजेको र ब्यपार ब्यवसायमा असर पर्ने गरि उनले गैरकानुनी कार्य गरेको भन्दै रामग्राम ५ स्थित सफल फर्मेसीकी सञ्चालक राधा कोईरीले दिएको निषेधाज्ञा रिट निवेदन उपर सुनुवाई गर्दै जिल्ला न्यायधिस खडानन्द तिवारीको इजलासले सो आदेश दिएको हो ।
परेको रिट निवेदन एवं मिसिलमा संलग्न प्रमाणहरुको अध्ययन र अधिवतmा मनोज नागबंशीको बहस पश्चात तिवारीको इजलासले परेको निवेदनमा के कसो भएको हो ? निवेदनमा माग बमोजिम निषेधाज्ञा जारी किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै कारण र आधार भए खुलाई म्याद सुचना पाएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र जिल्ला अदालत नियमावली २०७५ को नियम ३१ र ३६ बमोजिम प्रत्यर्थि अस्पताल र निमित्त मेसु डा.होदा समेतले सरकारी वकिलको कार्यालय नवलपरासी मार्फत लिखित जवाफ माग गरेको कुरा आदेशमा उल्लेख छ । रिट निवेदनमा निवेदक कोईरीले विभिन्न आफ्ना समस्या र प्रमाणहरु सहितको १३ बुदे आधारहरु प्रस्तुत गरेकी थिईन् ।
फर्मेसी सञ्चालन गर्दै आएकी कोईरीले अस्पतालको सटर भाडामा लिई सञ्चालन गर्दै आएको र केही दिन पहिला सटर भाडाको टेण्डर खुलाई सो सटर आर्काको नाँउमा पर्न गएको भन्दै अस्पतालका मेसु डा.होदाले एक साता भित्र सटर खाली गरिदिन भनेर पत्र पठाए पछि आफु बेरोजगार हुनु पर्ने बाध्यता,एक सातामै सटर खाली गर्न पर्दा पसल ब्यवसाय बन्द हुदा औषधी खरिद गरिएको पार्टी र विभिन्न ब्यतिm र संस्थालाई उधारोमा दिईको रकम समेत डुब्ने हुदा हानी नोक्सानी ब्यहोर्न परेको ब्यहोरा रिट निवेदनमा उल्लेख गरेकी छिन् । सोही प्रकृतिको अन्य सटर पनि भाडामा गएको तर खाली गर्ने पत्र नपाउने मेसु डा.होदाले आफु माथि लक्षित गरि पत्र पठाएको दाबी पनि गरिएको छ । दुई बर्ष पहिला पनि टेण्डर हुदा केही ब्यतिmले टेण्डर नहालेको,केहीले बढि रकम भरेर टेण्डर हालेको भन्दै सो टेण्डर स्थगित गरिएको थियो । तर अहिले त्यही सटरमा कम रकम भरिएर टेण्डर परेको छ,त्यही मात्र होईन्,विगत जस्तै सबै सटरमा टेण्डर परेको छैन् ।
परेको रिट निवेदन अनुसार बुदा ४मा पिडित कोईरीले आफु २०७२ साल चैत्र २३ गते देखी बहालमा २० नम्बर कोठा उपलब्ध गराए देखी उतm कोठामा सफल फर्मेसी सञ्चालन गर्दै आएको र उतm फर्मेसी सञ्चालन गर्दा करिब ५० लाख जतिथोक औषधी बिक्रेताहरुको उधारो रहेको र मेरो पनि यस्तै जनतामा पनि उधारो रहेको ब्यहोरा उल्लेख गरेकी छिन् । तत्कालै कोठा खाली गर्न पर्दा औषधी ब्यपार ब्यवसाय बन्द हुने उधारो दिइने थोक विक्रेताहरुको लगानी डुब्ने र जनताबाट उधारो उठाउन नसक्ने हुदा बर्वाद हुने अवस्था आएको आग्रह गर्दै पिडित कोईरीले मुलुकी देवानी सहिता २०७४ अनुसार नागरिक अधिकार सम्बन्धि ब्यवस्था अनुसार अस्पताल प्रशासन र मेसुले कार्य गर्न लागेको भन्दै उनले निषेधाज्ञाको माग गरेकी छिन् । अस्पताल ब्यवस्थापन तथा सञ्चालन समितिको कुन निर्णय अनुसार आफुहरुलाई हटाउन खोजिएको हो ? भनेर लिखित निवेदन दिदा पनि उनले कुनै निर्णय नभएको भन्दै निर्णय प्रतिलिपि समेत दिन नमानेको बताएकी थिईन् ।
आफुले ब्यवसाय गर्दै आएको सटरलाई नै लक्षित गरि अस्पताल प्रशासन र मेसु होदाले नियतबस उठिबास गराउन खोजेको आरोप पनि छ । विगत बर्ष देखी नै मेसुका कारण पटक पटक विवाद झेल्दै आएको पृथ्वीचन्द्र अस्पताल पुनः विवादित बन्दै छ । मेसुको कमजोर अस्पताल ब्यवस्थानका कारण कहिले बेडमा च्यातिएको तन्ना विवाद,कहिले ठेक्का पट्ठामा समेत विवाद आउने गरेको छ । लामो समय देखी माथिल्ला तहका अधिकारी मिलाउदै सरुवा भए पनि अटेरी गर्दै बस्ने मेसुकै कारण अस्पताल अस्तब्यस्त हुदै गएको आरोप पनि लाग्ने गरेको छ । केही महिना पहिला मेसु होदा विरामी विच विवाद सृजना भएर स्वास्थ्यकर्मी माथि नै दुब्यवहार समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *