
नवलपरासी,२४ जेठ
नागरिक समाज नवलपरासी पुनर्गठन भएको पहिलो एक महिनाको प्रगति सुनाउदै आफ्ना विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । मंगलवार बैठक पश्चात निर्णयहरु परासी प्रेस क्लब मार्फत सार्वजनिक गरेको हो ।
एक महिना भित्रै नागरिकका विभिन्न समस्याहरुलाई सरकारी सरोकारवालासँग उठाउदै आएको र त्यसमा धेरै जसो नागरिकको पक्षमा उपलब्धी पनि भई रहेको समाजले जनाएको थियो । त्यसै गरि समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले नागरिक समाजको वैठकले हुलाकी राजमार्ग लगायत जिल्लाका विभिन्न स्थानमा रहेका पुल,कल्भर्टहरु भत्किएको,र्यालिगँ नभएका अवस्थाबारे सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय सुनाएका थिए । हालै हुलाकी राजमार्गमा रहेको पुल विगत तिन बर्ष देखि भत्किएर ह्वाँग परेको र त्यसैमा आम नागरिक खसेर मृत्यु भएको हुदा सोही प्रकारका अन्य पुल पुलेसा,कल्भर्टको छेउछाउ,र्यालिगँ लगायतका थुप्रै स्थान भएको जसलाई समान्य ठानेर सरोकारवालाको ध्यान नजाने गरेको तर त्यसैका कारण दुर्घटना भएर धनजनको क्षति नागरिकले ब्यहोर्न परेकोले ध्यानाकर्षण गराइएको बताएका थिए ।
उनका अनुसार विगत दुई बर्ष पहिला नै प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर भएको तत्कालिन पुरातत्व अधिकृत शुक्रसागर श्रेष्ठले आफ्नो प्रतिवेदनमा उल्लेख गरे पनि त्यस प्रति सरोकारवालाको ध्यान नजानु,पछिल्लो प्रतिवेदन सार्वजनिक गराउने कार्य प्रति वेवास्ता गर्नुका साथै रुपन्देहीको देवदहलाई लुम्बिनी विकास कोषले उत्खनन गराउदै राजधानी भएको दुष्प्रचार गर्ने गरेको प्रति पनि ध्यानाकर्षण गराउने निर्णय गरेको छ । साथै पुरातात्विक महत्व बोकेका प्राचिन स्मारकहरुबारे प्रयाप्त जानकारी मुलक सुचना सहितको ठाँउ ठाँउमा होर्डिगँ बोर्ड राख्न समेत पहल गर्ने निर्णय गरेको छ । त्यसै गरि आधारभुत तह देखी नै विद्यालय शिक्षाको गुणस्तर खस्केको आधार विभिन्न परिक्षाले देखाए पनि गुणस्तर सुधार प्रति स्थानिय तह र शैक्षिक निकायहरुले चाँसो नलिएको प्रति ध्यानाकर्षण गराउने समेत निर्णय गरिएको अध्यक्ष सैथवारले जानकारी गराए ।
पृथ्वीचन्द अस्पतालमा बढदो वेथिती प्रति ध्यानाकर्षण भएको अध्यक्ष सैथवारले जानकारी गराउदै सार्वजनिक महत्वका सरकारी संघसस्था प्रति सबै नागरिकले आफ्ना नागरिक अधिकारको प्रयोग गरि सेवा सुविधा लिनका लागि आग्रह गर्ने बताए । त्यसै गरि अहिले किसानको खेतीपातीको बेला किसानले मल,विउँ,सिचाँई लगायतका समस्या झेल्दै आएको हुदा त्यसमा किसानलाई सहज हुने वातावरण बनाउन सरकारी निकाय तथा स्थानिय प्रशासनको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ ।
नागरिक समाजको बसेको बैठकले बढदो गर्मिको प्रभाव तथा लु चल्ने अवस्था रहेको हुदा सम्पुर्ण आमनागरिकले आफु र आफ्ना बालबालिका तथा जेष्ठनागरिकहरुलाई शुरक्षित र सचेत रहन आग्रह गरेको छ । त्यसैगरि समाजको कार्य सहज बनाउनका लागि समाजकै सदस्य मध्येबाट उपाध्यक्षमा बेचु गौड र सचिवको विष्णु थापालाई जिम्मेवारी तोकेको छ । सार्वजनिक कार्यक्रममा अध्यक्ष सैथवार सहित नागरिक समाजका संस्थापक तथा पुर्व अध्यक्ष रामजी ज्ञवाली,सदस्य अधिवक्ता मनोज कुमार नागबंशी, अर्जुन बहादुर क्षेत्री, हेमराज खनाल, मोहन पौडेल लगायतको उपस्थिती रहेको थियो । विगतमा नागरिक समाजको भुमिका केही निष्कृय भए पनि अहिले नागरिक अधिकारको पक्षमा नागरिक समाज सक्रिय भई काम गर्दै आएको दाबी पनि अध्यक्ष सैथवारले गरेका थिए ।