सडक निर्माणका लागि स्थालगत अध्ययन गर्दै विश्वबैंकको टोली

नवलपरासी,८ जेठ
बर्षौ देखी ओझेलमा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबंैकको टोलीले स्थलगत अध्ययन शुरु गरेको छ । सो स्थान जोड्न पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि ६२ करोड को सडक पुर्वाधार प्रोजेक्ट बनाई समाजिक तथा वातावरणिय पक्षको स्थालनगत अध्ययन शुरु गरेको हो ।


सोमवार विश्व बैंकका प्रतिनिधि,कन्सल्टेन्सि,समाजिक,वातारणिय क्षेत्र लगायतका विभिन्न विज्ञहरुको संयुतm टोलीले नगरपालिकामा प्रोजेक्टबारे ब्रिफिगँ गरे पश्चात स्थलगत अध्यक्ष शुरु गरेको नगरपालिकाका मेयर धनपत यादवले जानकारी गराए । झण्डै एक बर्षको नगरपालिकाकै बजेट जतिको रकम एउटा सडकमा मात्रै प्रोजेक्टले लगान्ी गर्न खोजेको छ,उनले भने,यो नगरपालिकाका लागि खुशीको कुरा हो । नगरपालिका परिवार र नगरबासी समेत यो प्रोजेक्टले उत्साही भएका छन् । सो प्रोजेक्ट कुनै पनि हालतमा लागु हुनु पर्ने मान्यताले स्थानिय वार्डअध्यक्षहरु नै सडक मापदण्ड अनुसारको सफाई कार्यमा लागेका थिए । विगत पाँच बर्ष देखी नगरपालिकाका प्राविधिकहरुले विश्व बैंकको प्राविधिक टोलीसँग नियमित परामर्श गर्दै पर्यटन मार्गको रुपमा पहिचान हुने र रुपन्देही नगरपरासी जोड्नुका साथै दुई जिल्लाको पुर्वपश्चिम राजमार्ग तथा हुलाकी राजमार्गको विचको बैकल्पिक मार्ग समेत बन्ने तथ्य देखाउदै आएका थिए ।
अहिले विश्व बैकको प्राविधिक टोली सडकको स्थलगत अवलोकन गर्ने गरि आउने नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताएका थिए । लामो समय देखी विश्वबैकको प्राविधिक टोलीसँग परामर्श गर्ने कार्य भई रहेको थियो,उनले भने,अहिले अन्तिम चरणमा आई पुगेको छ,प्रोजेक्ट सदर हुने अवस्थामा आएको छ । सो सडकमा कुनै प्रकारको जैविक र मानविय अवरोधको अवस्था छ कि छैन,भनेर बैंकको टोली आउने जानकारी आए पछि वार्डअध्यक्षहरुले क्रियाशिलता देखाउन थालेका छन् ।
कुनै सानो कारणलाई आधार बनाएर सो प्रोजेक्ट फर्कन नहुने मान्यता अनुसार हामी लागेको वार्ड अध्यक्ष त्रिपाठीले भने,भविष्यका फाईदालाई आकलन गरेर वर्तमान अवस्थाका केही नोक्सानी ब्यहोर्न पर्दा त्यसलाई नोक्सानीको रुपमा लिन हुदैन् । यिनै कुरा गाउलेलाई बुझाउदै खाली गराउने कार्य भई रहेको छ । गाउले पनि कन्भिन्स भए र अहिले सडक किनारका सबै संरचना हटाई दिएका छन् । नगरपालिकाले दशकौ लागनी गरेर हुन नसक्ने काम यदि विश्वबैंकले लगानी गर्ने इच्छा देखाएको हुदा स्थानिय स्तरबाट त्यसलाई जति सक्दो सहयोग पुर्याउनु पर्छ, । पोखरापाली देखी सुक्रौली औद्योगिक क्षेत्र भएर घिनहा,कुईया,पण्डितपुर,दशकट्ठा हुदै रुपन्देही जोड्ने छ ।
परासीबाट हुलाकी हुदै भारत विहार जोड्ने मार्ग पनि बन्ने छ । यसले गर्दा रामग्राम नगरपालिका सडक सञ्जालको पहुँचमा पुग्ने छ । सो सडक बौद्ध परिपथसँग पनि सम्बन्धित छ,उनले भने, बौद्धपरिपथलाई पनि ठाँउ ठाँउमा जोड्ने छ । करिब ६२ करोड बराबरको प्रोजेक्ट कुनै पनि मुल्यमा सदर गराउनु पर्नेछ । रामग्राम स्तुपा देखी परासी बजारसम्मको सडक बनिसकेको छ । तर पोखरापाली बजार देखी प्राचिन कोलिय गणराज्यको राजधानी क्षेत्र पण्डितपुर क्षेत्रमा पुग्न करिब ८ किलोमिटर सडक जिर्ण र धुलाम्य हुने हुने हुदा रामग्राम स्तुपामा आउने पर्यटक पण्डितपुरसम्म पुग्न सकेका छैनन् । विश्व बंैकको सहयोगमा बन्ने उतm सडक अन्तराष्र्टिय मापदण्ड अनुसार नै बन्ने हुदा नगरपालिकाकै लागि एक उदाहरणिय नमुना सडक पुर्वाधारको रुपमा बन्ने छ । सडकले स्थानियको जिवनस्तरलाई उकास्ने मात्र नभई विश्व सम्पदा सुचिको पाईप लाईनमा रहेको रामग्राम स्तुपा र पुरातात्विक महत्व बोकेको प्राचिन कोलिय गणराज्यको राजधानी पण्डितपुर पनि विश्वसम्पदा सुचिमै पर्ने स्थान हो । यो विश्व सम्पदामा पर्ने हुदा विश्व बैंकको चाँसो पनि बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *