नवलपरासी,२० जेठ
जिल्लाकै जेठो क्याम्पस पाल्ही बहुमुखी क्याम्पसको विकासका लागि पुर्व विद्यार्थी सगठित हुन थालेका छन् । क्याम्पसको शैक्षिक,पुर्वाधार लगायतका क्षेत्रमा पुर्वविद्यार्थीको पनि योगदान बढाउने उदेश्यले शनिवार पुर्वविद्यार्थीहरु भेला भई पुर्वविद्यार्थी संघको गठन समेत गरेका हुन् ।
क्याम्पसका संस्थापक विद्यार्थी नै रहेका रामचन्द्र भण्डारीको नेतृत्वमा पुर्व विद्यार्थी संघ गठन भएको क्याम्पसका क्याम्पस प्रमुख कैलाश ठाकुरले बताए । विश्वविद्यालयको नीति अनुसार नै पुर्व विद्यार्थी संघ गठन भएको बताउदै उनले क्याम्पसले जुन विद्यार्थीलाई अध्ययन गर्ने अवसर प्रदान गरि अध्यापन गराएर योग्य नागरिक बनायो,ति योग्य नागरिकहरु पुर्व विद्यार्थी पनि हुन् । सक्रिय भएर यहिँ क्याम्पसको विकासमा सहयोग पुर्याउनु र क्याम्पससँग सधै जोडिराख्नका लागि पनि यो पुर्व विद्यार्थी संघको ठूलो योगदान रहने विश्वास उनले ब्यतm गरेका थिए ।
उनका अनुसार संघको बरिष्ठ उपाध्यक्षमा बेचु गौड,उपाध्यक्ष उत्तमा राय,महासचिव सञ्जय शर्मा,सचिव पुरुषोत्तम ढकाल,कोषाध्यक्ष नरेश कोहार,सहकोषाध्यक्ष लक्षिम चौधरी,सदस्यहरुमा संदिप बर्मा,मोहन पौडेल,अरुणा पटेल र सुग्रिम यादव रहेका छन् । तदर्थ समितिको रुपमा गठन भएको उतm समितिले विधान दर्ता गरि सदस्यता विस्तार गरेर साधारणसभा गरि काम गर्नेछ । यसको सहजीकरण क्याम्पस प्रशासनले पनि गर्ने क्याम्पस प्रमुख ठाकुरको भनाई थियो । जुन क्याम्पसमा अध्ययन गरिएको भए पनि लामो समय देखी क्याम्पसको सम्पर्कमा नरहेको तर अहिले पुर्व विद्यार्थी संघ मार्फत निरन्तर क्याम्पसको सम्पर्कमा रहेर काम गर्ने वातावरण सिर्जना भएको संघका अध्यक्ष भण्डारीले बताएका थिए ।