
नवलपरासी,८ जेठ
विश्व जैविक विविधता दिवस भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुपामा मनाइएको छ । संसारमा रहेका सम्पुर्ण जिवको सहअस्तित्वको कुरा र भगवान बुद्धद्धारा जिव हत्या नगुर्न भनि दिएको संदेश सान्दर्भिकतालाई जोडेर स्तुपाा परिसरमा सो दिवस मनाईको बौद्धिक समाजका अध्यक्ष अधिवतmा मनोज नागबंशीले बताएका हुन् ।
सो कार्यक्रममा नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले जैविक विविधता जोगाउने अहिलेको अवस्थामा संविधानले नै स्थानिय सरकारलाई जिम्मेवारी दिएको छ,तर स्थानिय सरकारको रुपमा रहेको नगरपालिका र गाँउ पालिकाहरु त्यस प्रति गम्भिर नरहेको पाइएको छ । जैविक विविधताले नै मानव अस्तित्वलाई काम गरेको छ,उनले भने,मानव जिवमा पनि सचेत प्राणी हो,मानवले नै जैविक विविधतालाई गम्भिरताका साथ लिनु पर्छ । मानव समाजलाई नेतृत्व गर्ने सरकार हो,त्यसमा पनि सबै भन्दा नजिकको सरकार भनेको स्थानिय सरकार हो । तर सुविधा लिनमा मात्रै ति सरकारहरु अग्रसर देखिएका छन्,प्रकृति,वातावरण र जैविक विविधताको संरक्षणमा चाँसो देखाएका छैनन् । यस प्रति बौद्धिक समाजले नै जिम्मेवार निकायलाई गम्भिर बनाउने खालको कार्यक्रम गर्नु पर्ने समेत उनको भनाई थियो ।
भगवान बुद्धले दिएको शिल सम्बन्धि ज्ञानको अनुसरण गर्ने हो,भने जैविक विविधता त्यसै संरक्षण हुने परासी प्रेस क्लबका अध्यक्ष बेचु गौडले बताएका थिए । विश्वभरि संयुतm राष्ट्र संघ(युएन)ले अहिले विभिन्न संरक्षणका अवधारणा ल्याए जस्तै तत्कालिन अवस्थामा भगवान बुद्धले विश्व शान्ति,अहिँसा,सहअस्तित्व र न्यायका कुरा गर्दै आएका थिए । अहिले पनि पुर्विय दर्शन मार्फत बुद्धशिक्षा विश्व भरि फैलिदै छ,उता उहिँ लक्ष्यका साथ युनएनले समेत विभिन्न एजेन्सि मार्फत काम गर्दै छ । दुबै कुरा महत्वपुर्ण भएको बताइएको थियो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष अर्जुन बहादुर क्षेत्री,पत्रकार रामकरन अम्बेडकर लगायत स्थानिय युवाहरुको सहभागिता रहेको थियो ।
You have observed very interesting details! ps decent internet site.Expand blog