रामग्राम लगायत पुरातात्विक क्षेत्रमा काम गर्न पुरातत्व अधिकृतको टोली सुझाव संक्लन गर्दै

नवलपरासी,१ असार
गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा लगायत क्षेत्रमा पुरातात्विक क्षेत्रको संरक्षण र पर्यटकिय क्षेत्र प्रवद्र्धनमा पुरातत्व अधिकृतको टोलीले सुझाव संकलन गरेको छ । रामग्राम नगर प्रमुख धतपत यादव र प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्का लगायत पुरातत्व र रामग्राम प्रति चाँसो राख्ने ब्यतिmत्वहरुसँग छलफल गरि लुम्बिनी विकास कोष अन्तरगत रहेको पुरातत्व महाशाखा प्रमुख समेत रहेका पुरातत्व अधिकृत हिमाल उप्रेती सहितको टोलीले सुझाव संकलन गरेको हो ।
रामग्राम नगरपालिका भित्र रहेको प्रमुख पुरातात्विक स्थल रामग्राम स्तुपा क्षेत्र र प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरको स्थलगत अध्ययन समेत टोलीले गरेको थियो । सोही क्रममा रामग्राम स्तुपामा पुगेको टोलीलाई लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले लुम्बिनी विकास कोषकै कारण यो क्षेत्र ओझेलमा परेको आरोप समेत लगाएका थिए । लुम्बिनी विकास कोषकै पुरातत्व कार्यालयले रुपन्देहीको ठाँउ ठाँउमा उत्खनन गराउने,कपिलबस्तुको तिलौराकोटमा पनि उत्खनन गर्ने गराउने तर नवलपरासीमा पुरातात्विक खोजलाई किन ब्यवस्था गरिएको होला ? उनले प्रश्न गरे,सन १८९६ मा पत्ता लागेको लुम्बिनीमा खोज अनुसन्धान निरन्तर भई बिकासका काम निरन्तर भई रहेको छ,तर सन १८९८ मा पत्ता लागेको रामग्राम स्तुपालाई किन ओझेलमा पारिएको छ ? कस्ले र किन यस क्षेत्रमा उत्खनन हुन सकिरहेको छैन ? यसको जिम्मेवार निकाय कुन हो ? उनले रामग्राम र नवलपरासी भित्र पुरातात्विक खोजलाई ओझेल बनाइएको प्रति आक्रोश समेत ब्यतm गरेका थिए ।
सुझाव संकलनको क्रममा रामग्राम नगरपालिकाका प्रमुख यादवले रामग्रामको नगरसभाले रामग्राम विकास समिति गठन गर्न निर्णय नै गरेको हुदा त्यस सम्बन्धि ऐनको मस्यौदा बन्दै गरेको अवस्थामा छ । त्यसमा समेत पुरातत्व कार्यालयले आवश्यक सहयोग गर्नु पर्छ । पुरातात्विक खोजका लागि रामग्राम नगरपालिकाले के कति बजेट विनियोजन गरिदिनु पर्छ ? सो कुरा टोलीले भनिदिनु पर्यो,बजेट विनियोजन हुन्छ,आउदो बर्षमा आएर काम पनि गरिदिनु पर्यो,नगरप्रमुख यादवले भने,सरकारी निकायले बिना कुनै भेदभाव सन्तुलित रुपमा काम गर्नु पर्छ । जनताको आवाजलाई हामीले फेस गर्न परिरहेको छ । यि कुरालाई पनि पुरातत्व कार्यालयले बुझेर काम गर्नु पर्ने दर्शाएका थिए । सुझावकै क्रममा रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्काले पञ्चायतकालमा बनेको लुम्बिनी विकास कोष ऐन अनुसार अबको अवस्थामा काम गरेर पुग्दैन् । सो ऐन सुधार्नु आवश्यक छ,उनले भने,अब तिन तहको सरकार बनेको छ,गणतान्त्रिक ब्यवस्था भई सकेको छ । यहाँका लुम्बिनी प्रदेश र स्थानिय तहहरुलाई समेत समावेश गरेर काम गर्नु पर्ने आवश्यकता उनले दर्शाएका थिए ।
पुरातत्व अधिकृत उप्रेतीले पुरातात्विक खोज अनुसंधानका लागि बजेट विनियोजन गर्नुस हामी आएर काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनले विश्व सम्पदा सुचिकृत प्रकृयामा रहेको रामग्राम स्तुपा क्षेत्रमा युनेस्कोले पत्याएको प्रतिनिधिको सहभागितामा मात्र उत्खनन गर्न खोजिएको कारण उत्खनन कार्यमा ढिलाई भई रहेको बताए । कपिलबस्तुको तिलौराकोटमा बेलायतको दुराम विश्वविद्यालयको टोलीले उत्खनन गरिरहेका छन् । तिनै टोली अब रामग्राममा पनि काम गर्ने विश्वस्त गराए । रामग्राम क्षेत्रमा तत्कालका लागि अधिग्रण भई सकेका भुभाग संरक्षणका लागि अस्थाई प्रकृतिको जालीतारले बार लगाई संरक्षण गर्नु पर्ने हुदा नगरपालिकाले सो काम पहिलो प्राथमिकतामा राखेर गरिदिन पनि आग्रह गरेका थिए । जालीतारले संरक्षण गरि प्रवेशद्धार बनाइ दिए पछि स्तुपा वरिपरीको चरिचरन बन्द हुने र ति स्थानमा मौषमी प्रकृतिका सौन्दर्यता वृद्धिका लागि फूल रोपेर सजाउन सक्ने अवस्था हुन्छ । जिओफिजिक्सले निर्धारण गरेको स्थान चिनाउने गरि पहिचान देखाउन सकिन्छ । साथै उनले पण्डितपुर पुरातात्विक क्षेत्रको जग्गा अधिग्रहणका लागि पुरातत्व विभागले सरकार समक्ष माग गरि सकेको जानकारी गराएका थिए । त्यसै गरि देवगावमा अगामी दिनमा उत्खनन गरि थप सोध खोज गर्न सकिने बताएका थिए ।
रामग्राम १७ देवगावमा पनि पुरातात्विक बस्तुहरु फेला पर्ने गरेको र चिनियायात्री ह्वेगँ साँगले पनि आफ्नो यात्रा वृतान्तमा लुम्बिनी र मगधको राजगिरमा रामग्राम स्तुपा भएको र नजिकै देवकाली नामको ग्राम समेत रहेको कुरा उल्लेख गरेको पाईन्छ । सम्वभतः त्यही देवकाली ग्राम नै अहिलेको देवगाव हुन सक्ने पुरातत्व तथा बौद्ध इतिहासका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका थिए । विगत बर्षमा धेरै बौद्ध भिच्छुहरु र पुरातात्व विदहरुले सो स्थानको अवलोकन अध्ययन गरेका थिए । तर उत्खनन भने भएको छैन्,उनले भने,सो क्षेत्रमा पनि उत्खनन गरियो भन्ने पुरातात्विक पहिचान पाउने छ । यसमा नगरपालिकाले चाँसो लिएर उत्खनन गराउनु पर्छ । यसै गरि रामग्राममा मात्रै नभई जिल्लाका सात वटै पालिकामा पुरातात्विक स्थलहरु रहेका छन् । तर खोज हुन सकिरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *