रामग्राम स्तुपा – प्राचिन कोलनगर(पण्डितपुर) जोड्ने पर्यटन मार्गका लागि २० करोड बजेट बिनियोजन

नवलपरासी,२४ जेठ
केही दिन पहिला विश्व बैंकले स्थलगत अध्ययन र अवलोकन गरेर गएको रामग्राम स्तुपा देखी प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) जोड्ने पर्यटन मार्गको निर्माणका लागि २० करोड बजेट बिनियोजन भएको रामग्राम नगरपालिकाले जनाएको छ । संघिय सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट कार्यक्रममा नै समावेश गरि सो रकम विनियोजन भई अनुदान नगरपालिकामा आउने नगरपालिकाले जनाएको हो ।
बर्षौ देखी ओझेलमा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबंैकको टोलीले स्थलगत अध्ययन शुरु गरेको थियो । सो स्थान जोड्न पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि ६२ करोड को सडक पुर्वाधार प्रोजेक्ट बनाई विगत बर्ष देखी नै समाजिक तथा वातावरणिय पक्षको स्थालनगत अध्ययन गरेको थियो । अहिले सो प्रोजेक्ट स्वीकृत भई सरकारले नगरपालिकालाई नै अनुदानमा राखेर रकम पठाउने नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले जानकारी गराए । संघिय सरकारको नवलपरासीका पालिकालाई बजेट विनियोजन गरेर पठाएको रकममा २० करोड रुपिया त्यही पर्यटन मार्गको बजेट हो,उनले भने,बाकी मात्र नगरपालिकाको अन्य योजना कार्यक्रमका लागि अनुदान रकम हो ।
बाहिर सुनिए जस्तै सबै भन्दा बढि अनुदान रामग्राम नगरपालिकामा भने जस्तो होईन्,विश्व बंैकले उपलब्ध गराउने पर्यटन मार्गको रकम पनि अनुदान मार्फत नै नगरपालिकामा पठाउने र नगरपालिकाले टेण्डरका प्रकृया अगाडी बढाउने छ । बजेट कार्यक्रम मार्फत नै ति अनुदान रकम आउने भए पछि अहिले सो क्षेत्रका स्थानिय उत्साही भएको समेत उनले सुनाए । पहिलो चरणमा एक तिहाई रकम अनुदानको रुपमा उपलब्ध हुने देखियो,उनले भने,अगामी बर्षमा कामको प्रगतिसँगै बैंकले संघिय सरकारको बजेट कार्यक्रम मार्फत नै सो रकम उपलब्ध गराउदै जाने देखिएको छ । संघिय सरकारले रामग्राम नगरपालिकालाई सो २० करोड सहित कुल ६७ करोड ५९ लाख बजेट अनुदान उपलब्ध गराउने बजेट कार्यक्रममा उल्लेख गरेको छ । सो आयोजना बाहेका रामग्राम नगरपालिकालाई ४७ करोड ५९ लाख अनुदान मात्रै हो ।
दुई साता पहिला बैंकको संयुक्त टोलीले नगरपालिकामा प्रोजेक्टबारे ब्रिफिगँ गरे पश्चात स्थलगत अध्यक्ष शुरु गरेको नगरपालिकाका मेयर धनपत यादवले जानकारी गराएका थिए । नगरपालिका परिवार र नगरबासी समेत यो प्रोजेक्टले उत्साही भएका छन् । सो प्रोजेक्ट कुनै पनि हालतमा लागु हुनु पर्ने मान्यताले स्थानिय वार्डअध्यक्षहरु नै सडक मापदण्ड अनुसारको सफाई कार्यमा लागेका थिए । विगत पाँच बर्ष देखी नगरपालिकाका प्राविधिकहरुले विश्व बैंकको प्राविधिक टोलीसँग नियमित परामर्श गर्दै पर्यटन मार्गको रुपमा पहिचान हुने र रुपन्देही नगरपरासी जोड्नुका साथै दुई जिल्लाको पुर्वपश्चिम राजमार्ग तथा हुलाकी राजमार्गको विचको बैकल्पिक मार्ग समेत बन्ने भएको छ । नगरपालिकाले दशकौ लागनी गरेर हुन नसक्ने काम यदि विश्वबैंकले लगानी गर्ने इच्छा देखाएको हुदा स्थानिय स्तरबाट त्यसलाई जति सक्दो सहयोग पुर्याउनु लागेका छन् । पोखरापाली देखी सुक्रौली औद्योगिक क्षेत्र भएर घिनहा,कुईया,पण्डितपुर,दशकट्ठा हुदै रुपन्देही जोड्ने छ ।
परासीबाट हुलाकी हुदै भारत विहार जोड्ने मार्ग पनि बन्ने छ । यसले गर्दा रामग्राम नगरपालिका सडक सञ्जालको पहुँचमा पुग्ने छ । सो सडक बौद्ध परिपथसँग पनि सम्बन्धित छ । बौद्धपरिपथलाई पनि ठाँउ ठाँउमा जोड्ने छ । करिब ६२ करोड बराबरको प्रोजेक्ट सदर भएर रकम समेत बजेट मार्फत विनियोजित भई सकेको छ । रामग्राम स्तुपा देखी परासी बजारसम्मको सडक बनिसकेको छ । तर पोखरापाली बजार देखी प्राचिन कोलिय गणराज्यको राजधानी क्षेत्र पण्डितपुर क्षेत्रमा पुग्न करिब ८ किलोमिटर सडक जिर्ण र धुलाम्य हुने हुने हुदा रामग्राम स्तुपामा आउने पर्यटक पण्डितपुरसम्म पुग्न सकेका छैनन् ।
विश्व बैंकको सहयोगमा बन्ने उक्त सडक अन्तराष्र्टिय मापदण्ड अनुसार नै बन्ने हुदा नगरपालिकाकै लागि एक उदाहरणिय नमुना सडक पुर्वाधारको रुपमा बन्ने छ । सडकले स्थानियको जिवनस्तरलाई उकास्ने मात्र नभई विश्व सम्पदा सुचिको पाईप लाईनमा रहेको रामग्राम स्तुपा र पुरातात्विक महत्व बोकेको प्राचिन कोलिय गणराज्यको राजधानी पण्डितपुर पनि विश्वसम्पदा सुचिमै पर्ने स्थान हो । यो विश्व सम्पदामा पर्ने हुदा विश्व बैंकको चाँसो पनि बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *