रामग्राममा श्रद्धालु बढे पनि सरकारी वेवास्ताले ब्यवस्थापन भएन

नवलपरासी,१८ जेठ
जिल्लाको रामग्राम नगरपालिका ७ स्थित रामग्राम स्तुपा परिसरमा दिनानु दिन श्रद्धालुहरुको आकर्षण बढदै गए पनि उचित ब्यवस्थापन हुन सकेको छैन् । भगवान गौतम बुद्धको अस्तिको आठौ भाग रहेको अष्टधातु स्थलमा देशी विदेशी पुगेर श्रद्धा पुजा तथा ध्यान अभ्यास गर्ने क्रम बढे पछि सरोकारवालाले समान्य ब्यवस्थापन समेत गर्न नसकेको अवस्था देखिएको हो ।
केही दिन पहिला विपश्यनाका अचार्य सुधा ग्रोवर समेतको टोली भारत मुम्बईबाट आएर एक छिन ध्यान गर्न खोजे तर ध्याना साधानका लागि कुनै खासै ब्यवस्थापन नदेखिए पछि उनीहरुको टोली स्तुपा अगाडी भुईमै बसेर ध्यान अभ्यास गरेर फर्के । ग्रोवर विपश्यनाचार्य सत्यनारायण गोयन्कासँगै दुई दशक पहिला पनि आएको र अहिले पनि आउदा रामग्राममा खासै परिवर्तन नदेखिएको बताएका थिए । यहाँका स्थानिय र यहाँका सरकारले यसको महत्व र गरिमा नबुझेर हो कि ? ब्यवस्थापकिय कार्य गर्ने इच्छा शतिm नभएर हो की भनेर पनि प्रश्न गरेका थिए ।

उनी मात्रै होईन,केही दिन पहिला श्रीलँकाबाट बौद्ध भिच्छुहरु आएर पनि बसेर ध्यान गर्न खोजेका थिए,तर उचित ब्यवस्थापन नभएका कारण काठेपद मार्गमै बसेर एक छिन प्रार्थना गरेर फर्केका थिए । यस्ता बौद्ध धर्मावलम्बी दिनहु आउने गरेका छन् । भ्रमण गर्दै दैनिक जस्तो विदेश पर्यटक आउने गरेका छन् । स्वदेशी तथा भारतिय पर्यटक पनि आकर्षण बढदै छ,तर ब्यवस्थापन छैन् पर्यटक र तिर्थयात्रीका लागि ।
रामग्राम स्तुपाको महिमा र महत्व विदेशमा फैलिएको छ,तर नेपाल सरकारकै ध्यान नगए जस्तो देखिएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यो नेपाल सरकारको ब्यवस्थान कमजोरी हुदा नेपालीलाई नै लज्जाबोध हुने कुरा हो,उनले भने, कुनै उत्सव,पर्वको अवसरमा ठूल्ठूला गफ हाक्ने स्थानिय तहका प्रमुख देखी सरकारी निकायका सरोकारवाला पछि परेका छैनन् । तर अवस्था हेर्दा सो स्तुपमा कसैले धुप फुल चढाउन खोजे कहाँ चढाउने होला ? भनेर अन्यौलमा पर्ने गरेको हेर्दा दुःख लाग्ने गरेको उनले सुनाए । लाखौ हजारौ खर्चेर आउने तिर्थयात्री पर्यटकलाई समान्य सिष्टाचार पनि दिन नसक्ने ,उचित खानेपानी र सौचालयको ब्यवस्थापन पनि गर्न नसक्ने कस्तो खालको हाम्रो देशको निकम्मा सरकारी पक्ष छ,त्यसको उदाहरण रामग्राम स्तुपामै हेर्न सकिन्छ ।
बुद्धपुर्णिमाका दिन प्रधानमन्त्री प्रचण्ड नै आएर भाषण ठोकेर फर्के,तर आउने श्रद्धालुलाई न त बस्ने कुनै स्थान तोकिएको छ,नत कुनै पुजापाठ,श्रद्धा अर्पण गर्ने निश्चित स्थान छ , बसेर कसैले ध्यान गर्न चाहेमा ति स्थान पनि छैन् । स्थानिय केटाकेटी आउने पर्यटकसँग पैसा माग्ने कुशंस्कार मात्र देखिन्छ । ति केटाकेटीले सके पैसा माग्ने नपाए खल्तिभित्रै हात हालेर झिक्ने कार्यले पनि झन लज्जित गराएको उनको भनाई थियो । लुम्बिनी विकास कोषले काम गर्ने भनेर अन्य निकायले पनि बहानाबाजी गर्दै आएका छन् । कोषले गर्न चाहेको छैन् । गत बर्ष नै आफुलाई स्थानिय सरकार बताउने रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम विकास समिति बनाउने निर्णय गर्यो । तर निर्णय भएकै एक बर्ष पुग्न लाग्यो,सो निर्णय निर्णयकै रुपमा अहिलेसम्म छ , समिति गठनका लागि ऐन बनाउने मस्यौदा बनि सकेको नगरपालिकाले जनाउदै आए पछि त्यसबारे खासै गतिशिल भएर काम गर्न सकेको छैन् ।
भगवान बुद्धको ८० बर्षको उमेरमा उनले तत्कालिन बैशाली राज्यमा माघ पुर्णिमाका दिन तिन महिना पछि आफु बैशाख पुर्णिमाका दिन महापरिनिर्वाण अर्थात देह त्याग गर्ने घोषणा गरेका थिए । घोषणा पश्चात उनका अग्र सेवकको रुपमा रहेका भिच्छु आनन्दले सोधे भगवान तपाई नभएको बेला हामी कसरी सम्झने ? भन्ने उत्तर दिदै भने,मेरो कुनै मुर्ति नबनाउनु जलाए पछि बचेको अस्तिलाई राखेर स्तुपको निर्माण गर्नु वा गर्न लगाउनु भनेका थिए । भगवान बुद्ध घोषणा गरे अनुसार नै बैशाख पुर्णिमा दिन मल्लहरुको राज्य कुशिनगरमा महापरिनिर्वाण लिए । महापरिनिर्वाण पछि आनन्दको कुरा सुनेर तत्कालिन मगध सम्राट अजातसत्रुले सो अस्ति लगेर आफुले मगध राजधानी राजगिरमा स्तुप बनाउने प्रस्ताव ल्याए ।
त्यसको प्रतिवाद गर्दै मल्ल राजाहरुले अस्थि कुशिनगरमै राखेर स्तुप बनाउने जिकिर गरे । ति कुरा सुनेर कपिलबस्तुका शाक्य राजाहरुले पनि बुद्ध हुनु पुर्व कपिलबस्तुका युवराज भएका कारण अस्ति लगेर कपिलबस्तुमा स्तुप बनाउने प्रस्ताव ल्याए । त्यही बेला कोलिय राजाहरु पनि त्यहा पुगेको हुदा बुद्धको जन्म दिईने आमा मायादेवी,पालन गर्ने प्रजावती र उनीकी पत्नि यशोधरा समेत कोलिय राजकुमारी भएका कारण सो अस्ति लगेर कोलियहरुको राजधानी रामग्राम कोलनगरमा बनाउने योजना सुनाए । त्यसै गरि बैशालीका लिच्छिबी राजाहरुले अस्तिमा दाबी प्रस्तुत गरे । अलकप्पा र बुलिका ब्राम्हणहरुले पनि सो अस्ति लैजान प्रस्ताव ल्याए । यसरी अस्ति माथि आठ जना राजाहरुले दाबी गर्दा विवाद उत्पन्न भएको थियो ।
विवाद समाधानका लागि सो स्थानमा पुगेका द्रोण ऋषिले आफुसँग विवादको समाधान भएको सुनाउदै भने कि भगवानले अस्ति राखेर स्तुप बनाउन भनेका छन्,त्यो स्तुप एउटा मात्रै बनाउन भनेका छैनन् । यदि तपाईहरु सहमत हुनु हुन्छ,भन्ने अस्ति बाडेर लैजानु र आठवटा भब्य स्तुपको निर्माण गर्नुस,सो कुरा सबै राजाहरुले स्वीकार गर्दै अस्ति बाडेर लगे र अ आफ्नो राज्यमा स्तुपको निर्माण गरे । कोलिय राजाले पाएको आफ्नो भागको अस्ति रामग्राम राजधानी देखी ८ किलोमिटर दक्षिण र पुर्व दिशामा झरही नदीको किनारमा अस्ति राखेर स्तुपको निर्माण गराएका थिए । सोही स्तुपलाई रामग्राम स्तुपामा भनेर चिन्ने गरिएको छ । पछिल्लो समय अग्रेजका विद्धान डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको खोज गरि पहिचान गरेका थिए । तर पहिचान भएको स्तुप अहिले जस्ताको तस्तै रहेको छ । बुद्ध दर्शनमा बुद्धको धातु पुजा,पाठ र धातुको सानिध्यमा ध्यान अभ्यासलाई ठूलो महत्व रहेको उल्लेख छ,तर सरकारी पक्ष त्यस प्रति उदासिन देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *