नवलपरासी,६ भदौ
जिल्ला स्थित हुलाकी मार्ग निर्माण गर्ने कार्य भए पनि हुलाकी मार्गमा रहको बर्षाै देखीका पुलहरु जिर्ण भए पनि त्यसको निर्माण नभएको प्रति प्रतापपुर गाउपालिकाको ध्यानाकर्षण भएको छ । हुलाकी राजमार्ग निर्माण गर्ने ठेकेदारले पुल निर्माण तर्फ ध्यान नदिदा ति पुल निर्माण हुन नसकेको प्रति ध्यानाकर्षण भएको हो ।
हुलाकी राजमार्ग नेपाल सरकारले निर्माणका लागि ठेक्का गरेको भए पनि त्यसमा रहेका दर्जन पुलको पनि निर्माण हुने कि नहुनेबारे स्थानिय अनभिज्ञ छन् । पुल समेतको ठेक्का भएको भए ठेकेदारले सडक बनाउनु पुर्व पुल निर्माणका कार्य पनि शुरु गथ्र्यो,तर अहिले पुलबारे स्थानिय तहलाई पनि खासै जानकारी नभएको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । सडक निर्माणकै लागि पटक पटक ठेकेदारलाई भन्दा पनि अटेरी गरेको थियो, उनले भने,ठेकेदारका उपकरणहरु नियन्त्रणमा लिए पछि प्रजिअ मार्फत सम्पर्कमा आएको थियो । काम बेलामै सक्ने बताए पनि हुलाकीराजमार्गको निर्माण कार्य कछुवा गतिमा छ, उनले थपे, हुलाकी सडक आयोजना प्रमुखहरुले पनि वेवास्ता गर्ने गरेका छन् । काम गराउने आयोजनाको तर्फबाट के प्राविधिक हो त्यसको पनि सम्पर्क हुदैन् । ठेकेदारको अधिकारिक प्रतिनिधि पनि भेटाउन गाह््रो हुन्छ । काम गर्ने समान्य कामदारले आफुहरुलाई अयोजनाको विस्तृत जानकारी नभएको बताउने गरेका छन् ।
हुलाकीराजमार्गको चौपत्ता देखी त्रिवेणी खण्डको निर्माण सम्झौताको म्याद सकिन ४ महिना मात्र बाकी छ,तर काम भने धेरै नै बाकी रहेको हुदा बेलामै काम सकिने अवस्था नदेखिएको अध्यक्ष यादवले बताए । हुलाकी मार्गमा काम गर्न ठेकेदारले ढिलाई गर्दा प्रतापपुर र सुस्ता गाउपालिकाका बासिन्दाले सास्ती खेप्दै आएका छन् । सडक अयोजनासँगै पुलको पनि निर्माण कार्य हुदै गर्दा एकै पटक समस्या हुन्थ्यो,तर पुल बनाउने कुनै लक्षण नै देखिएको छ्रैन् । सो सडकमा पर्ने अधिकाँश पुल गण्डक नहर र नहरका शाखा,प्रशाखा तथा जलनिकासका लागि बनाइएका ड्रेनहरु रहेका छन् । हुलाकी राजमार्गको स्तरोन्नती नेपाल सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग अन्तरगतको हुलाकी राजमार्ग निर्देशनालयले काम गराउदै आएको छ । सडक स्तरोन्नतीको ठेक्का बज्रगुरु महालक्ष्मी जेभि कुपुण्डोल ललितपुरले लिएको छ । २०७६ मंसिर १ गते सम्झौता भई काम शुरु भएको र २०७९ मंसिर १ गते ठेक्काको म्याद सकिदै छ । तर काम भने पुरा भएको छैन् ।
कुल ४९ करोड ६० लाख ६२ हजार ५ सय ४६ रुपिया भ्याट र पिसि बाहेकको रकममा काम सम्पन्न हुने गरि सम्झौता गरिएको छ । तर सो सम्झौतामा कुन स्थानमा के के निर्माण हुनेबारे स्थानिय तहहरुलाई समेत जानकारी छैन् । लगत स्टिमेट र कामबारे स्थानिय तहलाई पनि ब्याख्या गरि जानकारी गराउनु आवश्यकता रहेको अध्यक्ष यादवको भनाई थियो । सडकको सर्वेक्षण पनि कति बेला कसरी हुन्छ ? त्यसको जानकारी हुदैन्, उनले भने, सर्वेक्षणको बेला कम्तीमा स्थानिय तहलाई समेत सहभागिता गराएर विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराउदा स्थानिय स्तरको आवश्यकता हामीले पनि सो आयोजनामा राख्न लगाइन्थ्यो । एकै पटक सम्झौता भएर ठेकेदारले बोर्ड लगाउने बेला मात्र जानकारी हुन्छ,कि संघिय सरकारले यसमा काम गरिरहेको छ ।
ठेकेदारले एक तिरबाट काम गर्दै सकाउदै काम पनि गर्दैनन् । सबै तिर एकै पटक खनेर सडकमा आवागमन रोक्ने अवस्था सृजना गर्ने गर्छन् । अहिले हुलाकी राजमार्गको अवस्था त्यही देखिएको छ । सडक स्तरोन्नती भनिएको छ । तर सबै तिर सडक खनेर खाल्टाखुल्टी बनाइएको छ । आउने जाने अवस्था नै बिगारे पछि स्थानिबासीको दबाव गाउपालिकामा बढछ्,उनले भने, कतिपय स्थानमा त स्थानिय तहले हिलो र खाल्टो पुरेर माटो ग्राभेल हालेर राहद दिलाउने गरिन्छ,जुनकी नियमले मिल्दैन् । तर पनि आफ्ना स्थानिय जनताको वास्तविक माग संवोधन गर्नु पर्ने अवस्था छ । उनका अनुसार अहिले गोपिगंजमा मुल गण्डक नहर पुल,सोमनी शाखाको दुई वटा पुल जिर्ण छ । खैरहनी पुल देखी पुर्वमा रहेको ड्रेनको पुल,प्रतापपुर गाँउ देखी पश्चिमको लगत्तै तिनवाट पुल रहेको छ ।
त्यसै गरि भारतिय पश्चिमी नहरको ठूलो पुल पनि राजमार्ग अनुसारको पुल छैन् । जिर्ण अवस्थाकै रहेको पुलको र्यालिगँ पुरै भत्किएको छ । ठूलो पुलको पुर्वपश्चिम दुई वटा पुल छन् । पिपरपाती सिचाई नहर प्रणालीको पुल पनि हुलाकी राजमार्गमै पर्छ । सुस्ताको कुडिया गाउ नजिकै पनि पुल रहेका छन् । यसरी हुलाकी राजमार्ग त्रिवेणीसम्म साना ठूलो एक दर्जन पुल छन् । हुलाकी राजमार्गको अवस्था अनुसार ति पुल छैनन्,उनले आश्चर्य ब्यतm गर्दै भने, अहिले राजमार्ग बनाउने र पछि पुल बनाउने कस्तो योजना होला ? पुलको निर्माण पनि नेपाल सरकारले नै गर्ने हो कि भारतिय पक्षसँग भन्ने त्यसबारे छलफल गरेर जानकारी गराउने बताएका थिए ।
Hello there, just became alert to your blog through Google, and found that
it’s really informative. I’m gonna watch out for brussels.
I will appreciate if you continue this in future.
Many people will be benefited from your writing.
Cheers!
Very excellent information can be found on blog.!
Very interesting topic, thanks for posting. Travel guide