पाँच बर्षसम्म हुलाकी सडकको सेमरी–त्रिवेणी खण्ड नबन्दा सास्ती

नवलपरासी,५ भदौ
जिल्लाको हुलाकी राजमार्ग सेमरी — त्रिवेणी खण्ड पाँच बर्ष वित्दा पनि सम्पन्न नहुदा स्थानियलाई सास्ती ब्यहोर्न परेको छ । सडकमा जहाँ तही खाल्टा खुल्टीमा पानी जम्मा हुने र बाकी सडक बर्षायाममा हिलाम्य हुने र गर्मियाममा धुलाम्य हुने हुदा स्थानियलाई सास्ती ब्यहोर्न परेको हो ।
स्थानियले पटक पटक सरोकारवालालाई ध्यानाकर्षण गराउदा पनि सरकारले पहल नगरेको र ठेकेदारले अटेरी गरेको स्थानिय प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । हुलाकीको निर्माण कार्य संघिय सरकारले गर्दैछ,उनले भने,तर स्थानियले गाली गर्ने कार्य गाउपालिकालाई गर्दैछन् । लिखित तथा मौखिक ताकेता गाउपालिकाले गर्दै आएको छ, उनले थपे,तर सुनुवाई भई रहेको छैन् । अब हुलाकी सडकलाई नै लिएर स्थानिय प्रशासन अगाडी अनसन बस्ने उनले सुनाए ।
जनताले गाउपालिका अध्यक्ष पहल नगरेको आरोप लगाउने गरेको छन,आफुले निरन्तर ठेकेदार हुलाकी आयोजनालाई हुलाकी छिटो सम्पन्न गर्न ताकेता गर्दै आएको उनको भनाई थियो । तर सुनुवाई भई रहेको छैन्,स्थानियसँगै अनसन केही दिनमा शुरु गरिने उनले दाबी गर्दै भने,यसमा सबैलले साथ दिनु पर्छ । संघिय सरकारले काम गराउन सक्दैन भन्ने ति रकम स्थानिय तहलाई नै दिनुपर्छ,उनले भने,काम गराउन पनि नसक्ने र रकम पनि हस्तानान्तर गर्न नसक्ने सरकारी कर्मचारीकै नियत माथि प्रश्न रहेको छ । यसको निराकरणका लागि पनि अब जनतासँगै मिलेर आन्दोलन गर्ने उनले बताए ।
हुलाकी राजमार्गको स्तरोन्नती नेपाल सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग अन्तरगतको हुलाकी राजमार्ग निर्देशनालयले काम गराउदै आएको छ । सडक स्तरोन्नतीको ठेक्का बज्रगुरु महालक्ष्मी जेभि कुपुण्डोल ललितपुरले लिएको छ । २०७६ मंसिर १ गते सम्झौता भई काम शुरु भएको र २०७९ मंसिर १ गते ठेक्काको म्याद सकिदै छ । तर काम भने पुरा भएको छैन् । कुल ४९ करोड ६० लाख ६२ हजार ५ सय ४६ रुपिया भ्याट र पिसि बाहेकको रकममा काम सम्पन्न हुने गरि सम्झौता गरिएको छ । सडकमा ढिलाई त छदैछ, ति सडकमा रहेका बर्षाै देखीका पुलहरु जिर्ण भए पनि त्यसको निर्माण नभएको प्रति प्रतापपुर गाउपालिकाले ध्यानाकर्षण गराएको थियो । हुलाकी राजमार्ग निर्माण गर्ने ठेकेदारले पुल निर्माण तर्फ ध्यान नदिदा ति पुल निर्माण हुन नसकेको प्रति ध्यानाकर्षण भएको हो ।
हुलाकी राजमार्ग नेपाल सरकारले निर्माणका लागि ठेक्का गरेको भए पनि त्यसमा रहेका दर्जन पुलको पनि निर्माण हुने कि नहुनेबारे स्थानिय अनभिज्ञ छन् । पुल समेतको ठेक्का भएको भए ठेकेदारले सडक बनाउनु पुर्व पुल निर्माणका कार्य पनि शुरु गथ्र्यो,तर अहिले पुलबारे स्थानिय तहलाई पनि खासै जानकारी नभएको प्रतापपुर गाउपालिकाका अध्यक्ष यादवले बताए । सडक निर्माणकै लागि पटक पटक ठेकेदारलाई भन्दा पनि अटेरी गरेको थियो, उनले भने,ठेकेदारका उपकरणहरु नियन्त्रणमा लिए पछि प्रजिअ मार्फत सम्पर्कमा आएको थियो । काम बेलामै सक्ने बताए पनि हुलाकी राजमार्गको निर्माण कार्य कछुवा गतिमा छ, उनले थपे, हुलाकी सडक आयोजना प्रमुखहरुले पनि वेवास्ता गर्ने गरेका छन् । काम गराउने आयोजनाको तर्फबाट के प्राविधिक हो त्यसको पनि सम्पर्क हुदैन् । ठेकेदारको अधिकारिक प्रतिनिधि पनि भेटाउन गाह््रो हुन्छ । काम गर्ने समान्य कामदारले आफुहरुलाई अयोजनाको विस्तृत जानकारी नभएको बताउने गरेका छन् ।
हुलाकी मार्गमा काम गर्न ठेकेदारले ढिलाई गर्दा प्रतापपुर र सुस्ता गाउपालिकाका बासिन्दाले सास्ती खेप्दै आएका छन् । सडक अयोजनासँगै पुलको पनि निर्माण कार्य हुदै गर्दा एकै पटक समस्या हुन्थ्यो,तर पुल बनाउने कुनै लक्षण नै देखिएको छ्रैन् । सो सडकमा पर्ने अधिकाँश पुल गण्डक नहर र नहरका शाखा,प्रशाखा तथा जलनिकासका लागि बनाइएका ड्रेनहरु रहेका छन् । तर सो सम्झौतामा कुन स्थानमा के के निर्माण हुनेबारे स्थानिय तहहरुलाई समेत जानकारी छैन् । लगत स्टिमेट र कामबारे स्थानिय तहलाई पनि ब्याख्या गरि जानकारी गराउनु आवश्यकता रहेको अध्यक्ष यादवको भनाई थियो । सडकको सर्वेक्षण पनि कति बेला कसरी हुन्छ ? त्यसको जानकारी हुदैन्, उनले भने, सर्वेक्षणको बेला कम्तीमा स्थानिय तहलाई समेत सहभागिता गराएर विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराउदा स्थानिय स्तरको आवश्यकता हामीले पनि सो आयोजनामा राख्न लगाइन्थ्यो । एकै पटक सम्झौता भएर ठेकेदारले बोर्ड लगाउने बेला मात्र जानकारी हुन्छ,कि संघिय सरकारले यसमा काम गरिरहेको छ ।
ठेकेदारले एक तिरबाट काम गर्दै सकाउदै काम पनि गर्दैनन् । सबै तिर एकै पटक खनेर सडकमा आवागमन रोक्ने अवस्था सृजना गर्ने गर्छन् । अहिले हुलाकी राजमार्गको अवस्था त्यही देखिएको छ । सडक स्तरोन्नती भनिएको छ । तर सबै तिर सडक खनेर खाल्टाखुल्टी बनाइएको छ । आउने जाने अवस्था नै बिगारे पछि स्थानिबासीको दबाव गाउपालिकामा बढछ्,उनले भने, कतिपय स्थानमा त स्थानिय तहले हिलो र खाल्टो पुरेर माटो ग्राभेल हालेर राहद दिलाउने गरिन्छ,जुनकी नियमले मिल्दैन् । तर पनि आफ्ना स्थानिय जनताको वास्तविक माग संवोधन गर्नु पर्ने अवस्था छ । उनका अनुसार अहिले गोपिगंजमा मुल गण्डक नहर पुल,सोमनी शाखाको दुई वटा पुल जिर्ण छ । खैरहनी पुल देखी पुर्वमा रहेको ड्रेनको पुल,प्रतापपुर गाँउ देखी पश्चिमको लगत्तै तिनवाट पुल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *