प्रतापपुरमा विद्यालयका आमा अभिभावकलाई शैक्षिक जागरण गराउदै पुर्व साँसद हरिजन

नवलपरासी,२३ असार
सामुदायिक विद्यालयमा पुर्ण निशुल्क गुणस्तरिय शिक्षाका लागि स्थानिय कानुनी सहायता तथा अनुसंधान केन्द्रले शैक्षिक जागरण शुरु गरेको छ । जिल्लाको प्रतापपुर गाउपालिकाबाट सो जागरण कार्यक्रम शुरु गरिएको केन्द्रले जानकारी गराएको हो ।
विद्यालयका आमा अभिभावकहरुलाई संगठित गर्दै पहिला शिक्षा प्रति उनीहरुलाई जागरुक बनाउदै उनीहरु मार्फत नै स्थानिय सरकारको ध्यानाकर्षण गराउने गरि जागरण कार्यक्रम शुरु गरिएको संस्थाका संरक्षण समेत रहेका संघिय संसद राष्ट्रिय सभाका पुर्व साँसद रामलखन हरिजनले बताए । संविधानमा आधारभुत तहको शिक्षा सबैलाई अनिवार्य र माध्यमिक तहको शिक्षा पुर्ण निशुल्क भएको ब्यवस्था भए पनि अधिकाँश विद्यालयले विभिन्न बहानामा शुल्क लगाउदै आएको जानकारी गराए । पहिला अनुसंधान गरियो, उनले भने, अब त्यसबारे संगठित आवाज उठाउनका लागि अभिभावकलाई जागरण गर्ने कार्य भई रहेको छ । अभिभावकलाई जागरणसँगै स्थानिय तहका जनप्रतिनिधिलाई पनि जानकारी गराउने कार्य भएको उनले सुनाए । संविधानले माध्यमिक तहको शिक्षालाई स्थानिय सरकारको एकल सुचिमामा राखिको छ, उनले थपे,तर त्यसको मर्म स्थानिय सरकारहरुले पनि बुझ्न सकेका छैनन् । स्थानिय सरकारको पहिलो प्राथमिकता शिक्षा नै हुनु पर्ने उनीहरुलाई बोध गराउन आवश्यक छ, यसका लागि स्थानिय जनप्रतिनिधिसँग पनि छलफल भई रहेको अवगत गराए ।
गुणस्तरिय शिक्षामा सबैको पहँुच पुगोस भनेरै स्थानिय तहको जिम्मामा राखेको सुनाउदै उनले भने, अन्य विकास पुर्वाधारमा स्थानिय,प्रदेश र संघिय सरकारले पनि काम गर्ने र साझेदारी गर्नेछ । यि कुरालाई नै आधार बनाएर पहिला अभिभावकहरुलाई जागरुक बनाउने कार्य हुन्छ, । पछि विद्यालयका ब्यवस्थापन समिति,शिक्षक अन्य सरोकारवाला संघसस्थालाई पनि सहभागिता गराउने र जागरण तथा शसतिmकरणका कार्य गर्ने उनले बताएका थिए । गाँउ गाँउ र टोल टोलमा अभिभावकहरुको एक दवाव समुहहरु बनाईएको छ । पालिका स्तरमा समुहमा नेतृत्व गर्ने अभिभावकहरुको नेटवर्क बनाई तालिम र कार्यशाला गर्ने कार्य पनि भई रहेको उनले जानकारी गराएका थिए । आफु साँसद हुदा खेरी सदनमा पनि पटक पटक यसबारे कुरा उठाएको स्मरण गराउदै भने,अहिले सदनमा नभए पनि समाजमा जागरण र शसतिmकरण गर्ने कार्यमा लागेको छु ।
विद्यालयको पठनपाठनले मात्रै विद्यार्थीको अध्ययन नपुग्ने हुदा अभिभावकलाई पनि आफ्नो बालबालिकाहरुको पठनपाठन प्रति सचेत रहन,शिक्षकलाई पनि उनीहरुको दायित्वबोध गराउने कार्य गर्दै ब्यवस्थापन समितिलाई पनि विद्यालय स्तरबाटै शिक्षाको बजेट बनाई कार्य गर्नका लागि समेत सहजीकरण गरिने उनले सुनाएका थिए । अभिभावकमा पनि पहिलो प्राथमिकतामा आमा अभिभावकलाई छनौट गरिएको छ । बालबालिकाहरु धेरै समय आमासँगै विताउने गर्छन् । विद्यालय भन्दा अभिभावकसँगै बालबालिकाहरु बस्ने गरेका छन् । त्यो भएर आमाहरुलाई आफ्ना बालबालिका प्रति गम्भिर भएर अभिभावकत्वको भुमिका निर्वाह गर्नका लागि आवश्यक ज्ञान र सिपको समेत जानकारी गराउने कार्य भई रहेको छ । सो शैक्षिक जागरणले अभिभावकहरुमा उत्साह र प्रेरणा थपिएको प्रतापपुर गाउपालिका स्थित त्रिभुवन माविको विद्यालय ब्यवस्थापन समितिका सदस्य समेत रहेका सन्तोष हरिजनले बताए । विद्यालयमा केही वित्तिय समस्या छ,उनले भने,तर त्यसको मतलब अभिभावकबाटै असुल गर्ने होईन्,ति वित्तिय समस्या सम्बोधन गर्न गाउपालिका सरकारले शुल्कको सट्टा अन्य विकल्प खोजेर दिइनु पर्ने बताएका थिए ।
सस्थाले अभिभावकलाई शैक्षिक जागरण गराएर शिक्षक र विद्यार्थीलाई सम्मान कार्यक्रम गर्ने र ब्यवस्थापन समिति तथा पालिका सरकारलाई शैक्षिक बजेट तथा योजना बनाउन दवाव सृजना गर्नेमा उनले विश्वास ब्यतm गरेका थिए । उनका अनुसार कतिपय विद्यालयमा अग्रेजी माध्यम सञ्चालन गरेर शुल्क उठाउने र शुल्क नतिर्नेलाई नेपाली माध्यम पठाउने दोहोरो मापदण्ड पनि अपनाउने कार्य भइरहेको देखिएको छ । एउटै विद्यालयमा शुल्कलाई आधार बनाई दुई थरिको शिक्षाले समाजमा विभेद र असमानता ल्याउने उनको भनाई थियो । अभिभावक शिक्षालाई पनि प्राथमिकता दिइएर कार्यक्रम गर्नका लागि पालिकालाई दवाव दिईने छ, उनले भने, जनता जागरुक भए अन्य विकास पुर्वाधार पछि पनि गर्न सकिन्छ,तर जनताको चेतना स्तर वृद्धि नगरेर विकास गर्नु पनि खासै औचित्य नहोला । यसले गर्दा पनि शैक्षिक जागरण आजको आवश्यकता रहेको पुर्व साँसद हरिजनले बताएका थिए । सो कार्यक्रम पालिका भरिका सबै सामुदायिक विद्यालय लक्षित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *