नवलपरासी,२३ भदौ
जिल्लाको प्रतापपुर गाउपालिका २ स्थित बाउन्नगढी क्षेत्र बौद्धकालिन भएको गाउपालिकाले जनाए पछि पुरातात्विक खोजी हुन थालेको छ । प्राचीन कोलिय गणराज्य अन्तरगत नै बौद्ध कालिन प्राचीन (गजगढी) अर्थात अहिलेको बाउन्नगढी भएको बताउदै गाउपालिकाले बौद्ध स्थल भएको दाबाी पश्चात रामग्राम विकास कोषका सदस्य समेत रहेका पुरातत्वका जानकार नारद यादवले सो स्थानमा पुगेर पुरातात्विक बस्तुको खोज गरेको हुन् ।
झण्डै १२ विघामा फैलिएको उतm गढी क्षेत्रमा पुरातात्विक खोज गर्दा एन.वि.पि.(खपडाका टुक्राहरु) फेला परेको बताउदै यादवले थप खोजका लागि उत्खनन र भुभौतिक सर्वे गर्न आवश्यक रहेको बताए ।
गाउापालिकाको अनुमान ठिकै रहेको छ, उनले भने, प्राचिन बस्तु फेला परेका छन् । थप अनुसंधान आवश्यक छ । प्राचीन कोलिय गणराज्य अन्तरगत ठूलो संख्यामा गज(हात्ती) सैनिक रहेको र उतm सैनिक गढी पनि यसै क्षेत्रमा रहेको बौद्ध गन्थहरुमा उल्लेख भएको पाइन्छ । सोही गजगढी कालान्तरमा बाउन्नगढी भएको र यस क्षेत्रमा देवीदेवताको पुजा आजा समेत हुने गर्दा यहाँ बाउन्नगढी देवीको रुपमा अहिले पनि पुजापाठ हुदै आएको छ । तर यसको प्राचिनताको पहिचान र ऐतिहासिक खोज अनुसंधान गर्दै यसलाई वृहद लुम्बिनीक्षेत्र(ग्रेटर लुम्बिनी)सँग जोडेर विकासका लागि गाउपालिकाले योजना बनाउने बताउदै आएको छ ।
यो प्राचिन सम्पदा हो । यसको संरक्षण बिकास,खोज अनुसंधानलाई गाउपालिकाले महत्वका साथ काम गर्नु पर्ने देखिएको छ । बाउन्नवटा गढीको केन्द्र भएको हुदा यसलाई बाउन्नगढी देबीको रुपमा पुजापाठ आफु होसमा आए देखी हुदै आएको स्थानिय ५० बर्षिय शोहरत चौधरीले जानकारी गराएका थिए । तर यसका अझ प्राचिन इतिहास भन्ने हामीलाई थाहा छैन्,उनले भने, यसका लागि बौद्धकालिन इतिहासकारले खोज गर्नु पर्छ । सिद्धार्थ गौतमको मावली राज्य कोलिय गणराज्य भएको र पछि उनी बुद्धत्व प्राप्ती पछि बुद्ध भएका थिए । गौतम बुद्ध हुनु पुर्व उनी सिद्धार्थ गौतम हुन् । सिद्धार्थ गौतमको जन्म दिईने आमा महामाया कोलिय गणराज्यकी राजकुमारी थिईन् । पछि उनको विवाह शाक्य राज्यका राजा शुद्धोधनसँग भएको थियो ।
उनको कोखबाट सिद्धार्थ गौतम जन्मेका थिए । जुन पछि बुद्धत्व प्राप्ती पछि संसार भर गौतम बुद्धको नामले पुजिन्छन् । बुद्धसँग यो गजगढीको पनि उत्तिकै महत्वपुर्ण घटना र सन्दर्भ जोडिएको छ । सिद्धार्थ गौतमलाई जन्म दिइने उनको आमा महामाया मात्रै कोलिय राजकुमारी होईनन्,उनको पालन गर्ने सानी आमा(मौशी) प्रजावती पनि कोलिय राजकुमारी अर्थात महामायाकी बहिनी थिईन् । सँगसँगै उनकी पत्नी(श्रीमती) यशोधरा पनि कोलिय राजकुमारी हुन् । जुन राजकुमारी यसै गजगढीबाट हात्ति सैनिक दल लिइएर शाक्य र कौशल विच युद्ध हुदा सहयोग गर्न पुगेकी थिईन् ।
तत्कालिन अवस्थामा कौशलका राजा प्रसेन जितले शाक्य राज्य कपिलबस्तु माथि आक्रमण गर्दा तत्कालिन कोलिय राजा दण्डपानीले प्रसेनजितसँग मिलेर शाक्यलाई असहयोग गर्ने षणयन्त्र बुनेका थिए । तर यो कुरा यशोधरालाई थाहा भई सकेको थियो । सो कुरा यशोधराले सिद्धार्थ गौतमलाई जानकारी गराई सकेकी थिईन् । त्यो बेला सिद्धार्थ गौतम कपिलबस्तुका युवराज घोषणा भई सकेका थिए । उनको विवाह पनि यशोधरासँग भई सकेको थियो । यशोधराको आफ्नै कोही दाजु भाई नभएका कारण उनी नै कोलिय राज्यको उत्तराधिकारीको रुपमा पनि चिन्ने गरेकी थिईन । उनका बाबु दण्डपानीले प्रसेनजितसँग आफ्नो गजसैनिक आउन नदिईने योजना अनुसार नै उनले रोहिणी नदीको पुल भत्किएको हुदा गजसैनिक युद्धमा सहभागि हुन नसक्ने झूठो कुरा शाक्य राजा शुद्धोधनसँग सुनाएका थिए ।
तर युद्धमा स्वम् यशोधराले नै गजसैनिक दल लिइएर कपिलबस्तु पुगेकी थिईन् । जुन सैनिक गणको नेतृत्व गर्दै सिद्धार्थ युद्ध स्थलमा पुगेका थिए । कौशल राज्यसँग गजसैनिक दल थिएन र त्यही गजसैनिक गणका कारण शाक्य युद्धमा सफलता हात पारेको थियो । प्रसेनजितले शाक्य र कोलिय दुबै राज्यको राजा बनाई दिइने गरि दण्डपानीलाई आश्वासन दिइएर भित्री रुपमा कोलिय र शाक्य विच भेद हालेको षणयन्त्र पनि यशोधरा,सिद्धार्थ र गजसैनिक गणका कारण असफल भएको थियो । सो इतिहाससँग यो बाउन्नगढीमा बस्ने गज सैनिकहरुको गजगढीको महत्पुर्ण इतिहास रहेको छ । गजगढीको पहिचान पनि अहिले भएको छ । यस क्षेत्रलाई बौद्ध साइटको रुपमा विकास गर्ने लक्ष्य रहेको गाउपालिकाले पनि जनाएको छ । यसका लागि सरोकारवालासँग छलफल गरि अगाडी बढने गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताएका थिए ।
bakırköy elektrikçi SEO çalışmaları sayesinde Google’da daha görünür hale geldik. https://www.royalelektrik.com/