Health Advertisement

पृथ्वीचन्द अस्पतालमा लाखौ मुल्यको म्याद गुज्रेको औषधी

नवलपरासी,२९ असार
जिल्ला पृथ्वी चन्द्र अस्पताल ब्यवस्थापनको कमजोरीले लाखौ मुल्य बराबरको औषधी म्याद गुज्रेर फालिनु पर्ने अवस्था आएको भन्दै सरोकारवालाले छानविन गरि कारवाहीको माग गरेका छन् । सरकारले उपलब्ध गराउने निशुल्क औषधी अस्पतालले लुकाएर राख्ने र सेवाग्राही महगो मुल्य तिरेर निजी मेडिकलमा खरिद गर्नु पर्ने जनाउदै उपभोतmा हित संरक्षण मञ्चले छानविन गरि कारवाहीको माग गरेको हो ।
अस्पताल लगायत सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराउने निशुल्क औषधी अस्पतालको पुरानो भवनमा लुकाई राखिएको कुरा खुलासा भए पछि ति औषधी के कसरी म्याद गुजे्रको हो ? त्यसमा दोषी को को छन ? त्यसको प्रतिवेदन आउने गरि माग गरिएको मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले बताए । लुकाई राखिएको सो औषधीबारे जानकारी पाए पछि आफुले अस्पतालका अध्यक्ष जगदिश चौधरी र अस्पतालका ब्यवस्थापन सुरेन्द्र अधिकारीलाई देखाउदै उनले यसरी अस्पतालमा म्याद गुजारी खादिएको औषधीको छानविन हुनु पर्ने माग गरे । उनले यसबारे स्थानिय प्रशासनमा पनि बुधवार पत्राचार गरि जानकारी गराउने बताए । मंगलवार साझ अस्पताल परिसर पुगेर लुकाई राखिएको औषधीको स्थालगत अवलोकन गरेका थिए । अवलोकन प्रश्चात उनले भने,अहिले कार्यालय समय सकिएको हुदा भोली बुधवार बिहान नै जिल्ला प्रशासनमा उजुरी दर्ता गराउछौ । त्यसबारे सर्वपक्षिय छानविन गरि सत्य तथ्यको लिखित प्रतिवेदन आउनु पर्ने माग गर्छाै ।
एकातिर जनताले महगो औषधी किन्न बाध्य छन्, उनले भने, सरकारले निशुल्क औषधी वितरणका लागि पठाएको औषधी म्याद गुजारेर खाल्टोमा पुर्ने काम भई रहेको छ । अस्पतालका प्रमुख र ब्यवस्थापनले किन अस्पतालका चिकित्सकलाई निशुल्क औषधीबारे जानकारी गराएका छैनन ? स्टोरमा दाखिला गर्ने कर्मचारीले किन अस्पताल प्रशासनलाई जानकारी गराएनन् ? यसको जवाफ जनतालाई दिनु पर्छ । ज्ञवालीले आफुले नै यो औषधी बाहिरबाट किनेर खान परेको सुनाउदै भने, मैले नै महिनामा यो औषधी पाँच सय रुपिया तिरी मेडिकलबाट खरिद गरि सेवन गर्दै आएका छौ । तर यहिँ अस्पतालमा सो औषधी म्याद गुजारेर गाड्ने अवस्थामा लुकाई राखिएको छ । यसले अस्पताल भित्र ठूलो भ्रष्टाचार भएको अनुमान लगाउन सकिन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्ने एटोरटन १० नामक महगो औषधीको दर्जन बढि कार्टुन भित्र फालिएको अवस्थामा छ । जुन औषधी बजारमा प्रति चक्कि ७ रुपियासम्ममा पाउने गरिएको छ । त्योसँगै अन्य धेरै प्रकारका औषधी त्यही फालिएको अवस्थामा रहेको ज्ञवालीले देखाए ।
बाहिरी मेडिकलसँग मिलेर अस्पतालका चिकित्सक लगायत प्रशासनले समेत कमिसन खाने र निशुल्क औषधी म्याद गुजारेर गाड्ने नियत देखिएको नागरिक समाजका पुर्व अध्यक्ष सम्भु उपाध्यायले बताए । विरामीलाई औषधी छैन्,भन्दै बाहिर लिनु पर्छ भनेर पठाउने र मेडिकल सञ्चालकहरुले त्यही औषधी विरामीलाई चर्को मुल्यमा विक्रि गर्ने गरेका छन् । त्यसको लाभाँस समेत अस्पतालका कर्मचारीले पाउने गर्दा अस्पतालमा सरकारले दिएको निशुल्क औषधी वितरण गर्दा म्याद गुज्रेको दाबी उनको थियो । यसबारे छानविन हुनु पर्छ,उनले भने, यसमा को को दोषि देखिन्छन् । उनीहरुलाई विभागिय कारवाही गरिनु पर्ने धारणा ब्यतm गर्दै उनले थपे,यदि विभागले कारवाही गर्दैन भने विभाग समेत मिलेको हुदैन भने कारवाही गर्छ । कारवाही भएन भने समाजिक स्तरबाट पनि यसको भण्डाफोर गरि कारवाही गर्न नागरिक अग्रसर हुनु पर्ने उनको भनाई थियो ।
औषधी फालिएको कुराबारे प्रतिकृया दिदै अस्पतालका अध्यक्ष चौधरीले आफुलाई जानकारी नभएको बताए । यसबारे अस्पतालको स्टोर शाखाबाट लगत लिई विकास समितिमा एजेण्डा ल्याई छानविन गर्ने कुराको प्रतिवद्धता जनाए । दोषी देखिनेलाई कारवाही हुने उनले आश्वस्त पारे । अस्पतालका ब्यवस्थापक अधिकारीले यसबारे स्टोरलाई जानकारी हुने जनाउदै पन्छिए । अस्पतालका स्टोर किपरले बिजय कुमार चौधरीले के कति मात्रामा म्याद गुज्रेका औषधी छन्,त्यसको लगत निकालेर हुर्न पर्छ । तर अधिकाँश म्याद गुज्रेका औषधीहरु थोरै दिनको म्याद भए पछि जिल्ला स्वास्थ्य कार्यालयले अस्पताललाई उपलब्ध गराएको हुदा वितरण हुन नसकी म्याद गुज्रेको हुन सक्ने दाबी गरे । औषधीको सबै विवरण अस्पताल प्रशासनलाई पनि जानकारी हुन्छ ।

तस्विर
नवलपरासी पृथ्वीचन्द अस्पतालमा लुकाइ राखेको म्याद गुज्रेका औषधीबारे अस्पतालका ब्यवस्थापक सुरेन्द्र अधिकारीसंग जानकारी लिदै उपभोत हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *