नवलपरासी
जिल्लाको महेशपुर सिमा नाकामा मुल नाका सुनसान देखिए पनि साईड नाका भरिभराउ देखिएको छ । नेपाल र भारत दुबै देशका प्रहरी मिलेर मुल नाका रोक लगाउने र साईड नाका खुलाएर नेपाल भारतमा आउ जाउ गर्न छुट दिए पछि त्यस्तो देखिएको हो ।
महेशपुर सिमा नाका देखि पश्चिम ५० मिटर दुरीमा रहेको झरही खोलाका बाँध भएर मानिस भारतिय ठूठीबारी बजार जानेको भिडभाड देखिएको छ । नजिकै बसेर नेपालको शसस्त्र प्रहरीले भारतबाट माल समान लिएर आउने यात्रीको झोलापोका चेकजाँच गर्ने गरेका छन् । भने भारतका सिमा सुरक्ष बल –एसएसबी) ले झोला चेकजाँच गर्ने गर्दै आएका छन् । कोभिड महामारीले जिल्लाको सदरमुकाम परासी बजार लगायतका जिल्लाका बजारहरु स्थानिय प्रशासनले बन्द गराए पनि भारतयि बजारमा जान शसस्त्र प्रहरीले प्रोत्साहित गर्दै आएका छन् ।
कोभिज महामारीको नाममा नेपाली बजार बन्द गरेर नेपाली उद्योगी ब्यवसायी मात्र मारमा पर्ने भए पनि पुर्व पश्चिम राजमार्गसम्मका नेपाली नागरिक खुलेयाम भारतिय बजारमा पुगेर मालसमान ल्याउने गरेको हुदा भारतिय बजार प्रवद्र्धन हुदै आएको उद्योग बाणिज्य संघ नवलपरासीका पुर्व बाणिज्य उपाध्यक्ष राधेश्याम अग्रहरीले बताए । दैनिक हजारौको संख्यामा नेपाली भारतिय बजार पुगेर किन मेल गरेर आउने गरेका छन् । दुबै देशका प्रहरीले समेत लाभाँस लिई यस्तो कार्य गर्दै आएको आरोप नेपाली ब्यवसायिहरुको रहेको छ ।
नेपाल सरकार र नेपाली प्रशासन नेपाली ब्यसायीबाट कर उठाउन मात्र जानेको छ, उनले भने, तर ति ब्यवसायीको समस्या के छ ? त्यसबारे सोध खोज गर्नुको सट्टा कानमा तेल हालेर बसेको छ । कोभिड महमारी नै समस्या हो,भने के भारतमा गएर किन मेल गर्ने नेपालीलाई कोभिडले असर पार्दैन त ? उनले प्रश्न गरे,नेपाली प्रहरी के देखेर बसेकोछ । नेपाली बजार बन्द गराउने र भारतको बजारमा जनता पठाउने जिम्मेवारी प्रहरीको हो । जनप्रतिनिधिले समेत नेपाली उद्यमी ब्यवसायी प्रति गैरजिम्मेवार बनेका छन् । उनीहरुलाई पनि नेपाली ब्यपारीको भोट चाहियो,भारतिय ब्यपारीले नोटमा प्रभावित पारे पछि उनीहरु पनि मौन रहेको नेपाली ब्यपारीको भनाई छ ।