
बेचु गौड
नवलपरासी,१८ भदौ
जिल्लाको सरावल गाउपालिका २ जावा गाउ स्थित कोलवृक्ष बगैच क्षेत्रलाई लाई प्राचिन ककरपत्त नगर गाउपालिकाले घोषणा गरे पछि अहिले पुरातत्व विभागले राष्ट्रिय सम्पदामा सुचिकृत गरि सो स्थान संरक्षणका लागि बोर्ड राखेको छ । प्राचिन स्मारकको भएको र सो क्षेत्रको संरक्षणका लागि नेपाल सरकार पुरातत्व विभागले सो स्थानमा बोर्ड राखेको हो ।
कोलवृक्ष बगैचा रहेको स्थानलाई संरक्षण गर्दै पर्यटकिय क्षेत्र बनाउने गाउपालिकाले अभियान चाल्दै बौद्ध इतिहासको खोज गराए पछि सो गाँउ प्राचिन कोलिय गणराज्य अन्तरगत पर्ने ककरपत्त नगर(निगम) भएको गत असोज पुर्णिमाको अवसरमा घोषणा गरेको थियो । घोषणा पश्चात गाउपालिकाले सो स्थानको संरक्षण,विकास र प्रवद्र्धनका लागि कोलवृक्ष पर्यटन विकास संस्था समेत गठन गरि काम गर्न थाले पछि अहिले सो स्थानमा पुरातत्व विभागले प्राचिन स्मारक भएको जनाउदै संरक्षणका लागि बोर्ड राखे पछि यस स्थानमा पुरातात्विक खोज भई प्राचिनता प्रमाणित हुने र राष्ट्रिय सम्पदाको रुपमा मान्यता पाएकोमा स्थानिय उत्साही भएका छन् ।
पुरातत्वले यस स्थानमा बोर्ड राखेर राष्ट्रिय सम्पदामा सुचिकृत गरेको छ, गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले भने, पुरातत्वले उत्खनन गरि प्राचिनता प्रमाणित गर्दै प्राचिन ककरपत्त नगर प्रमाणित गरि विश्व सम्पदामा समेत सुचिकृत गराउनेमा हामी आशाबादी छौ । यसमा गाउपालिकाले आफ्नो स्तरबाट हरसम्भव प्रयास गर्ने उनको भनाई थियो । उनका अनुसार पुरातत्व विभागले राखेको सुचना बोर्डमा ‘यो प्राचीन स्मारकलाई नष्ट गरे,भत्काए,हटाए, परिवर्तन गरे,अनाधिकृत काममा लगाए वा अन्य कुनै किसिमसँग हानी नोक्सानी पुर्याएमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ (पाँचौ संसोधन) को दफा १२ (उपदफा क,ख र ग) अनुसार पच्चीस हजार रुपैया देखी १ लाख रुपैयासम्म जरिवाना वा ५ बर्ष कैद वा दुबै सजाय हुनेछ ।’ भनी उल्लेख गरिएको छ ।
बौद्ध धर्मग्रन्थ त्रिपिटकको सुत्त पिटकको अगुतँर निकायमा उल्लेख गरिए अनुसार भगवान बुद्ध प्राचिन ककरपत्त नगरमा आएका थिए,त्यसबेला ककरपत्त नगरको नगर(निगम) प्रमुख दिर्घजानुले हामी भिच्छु हुन सक्दैना,ै बुद्ध हामीलाई पनि मुतिmको बाटो देखाउनु भनेर अनुरोध गरे पछि भगवान बुद्धले गृहशुख सन्देश (जुन गृहस्तका लागि दिएको सन्देश हो) को धर्मदेशना गरेका थिए । यसलाई दिर्घजानु सुत्त भनेर उल्लेख भएको पाइन्छ । कोलवृक्षको बगैचा भएको,कमलपोखरी भएको प्राचिन स्थानका कारण ककरपत्त भएको र दिर्घजानुको नामले सो गाँउ अहिले जावा भनेर चिनिने गरेको जिल्लाका बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले एक समारोहको बि चगत असोज पुर्णिमाको अवसरमा ककरपत्त नगर घोषणा गरेका थिए । अहिले गाउपालिकाले सो क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरि काम गर्दै आएको छ ।
भगवान बुद्धले दिर्घजानुको आग्रहमा गृहस्तहरुलाई मुतिmको बाटो देखाउदै गरेको देशनामा गृहशुख सन्देशमा इहलौकिक र पारलौकिक गरि आठ वटा उपाय बताएका थिए । इहलौकिक अर्थात यसै लोकमा शुखीपुर्वक जिवन जिउनका लागि उट्ठान सम्पदा(आर्जन गर्नु)आरक्ष सम्पदा(सरक्षण गर्नु)कल्याणमित्रता(असर मित्र बनाउनु) र समआजिविका(सहि तरिकाले आजिविका गर्नु) भनेर सन्देश दिएको स्थान ककरपत्त हो । त्यसै गरि पारलौकिक शुखका लागि शिल सम्पदा,श्रद्धा सम्पदा,त्याग सम्पदा र प्रज्ञासम्पदा भनेर चारवटा पारलौकिक सुत्र भनेर सन्देश दिनु भएको थियो । करिब १० बिघा क्षेत्रफलमा फैलिएको कोलवृक्ष बगैचा क्षेत्र भित्र नै प्राचीन स्मारक –खण्डहर)को रुपमा रहेको छ । बगैचा भित्रै अहिले गाउपालिकाले बौद्ध भिच्छुलाई बस्नका लागि बौद्ध विहार(कुटी)को निर्माण गर्ने योजना ल्याएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । सो कुटी निर्माण पश्चात बौद्ध भिच्छुलाई दान दिने र बौच भिच्छु बसाल्ने योजना रहेको छ । बौद्ध भिच्छु यसै क्षेत्रमा बस्न थाले पछि यस क्षेत्रमा आउने दर्शनार्थी बौद्ध तिर्थयात्रीलाई तिनै भिच्छुले भगवान बुद्धले गृहस्तलाई सुनाएको गृह खुश सन्देश सुनाउने छन् । यसले आधुनिक कालमा पनि गृहस्तलाई अध्यात्मिक लाभ हुने उनको भनाई रहेको छ । अहिले ककरपत्त नगर देखी करिब ५ सय मिटर पश्चिम उत्तर दिशामा बुद्धले खोज गरेको विद्या विपश्यना सिकाउने गरि विपश्यना केन्द्र समेत बनाउनका लागि प्रदेश सरकारले ७० लाख रुपिया विनियोजन गरिसकेको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो आँगिक क्याम्पस समेत सञ्चालन गर्न प्रतिवद्धता जनाएको छ । यसले गर्दा बौद्ध तिर्थ स्थलको रुपमा विकास भई राष्ट्रिय÷अन्तराष्ट्रिय पर्यटको स्थल बन्नेमा उनले विश्वास ब्यतm गरेका थिए । उनका अनुसार अहिले पनि प्रति दिन सय जनाको हाराहारीमा आन्तरिक पर्यटक तथा तिर्थयात्री आउने गरेका छन् । उनीहरुको रात्री बसाईका लागि पनि गाउपालिकाले यसै बर्ष देखी घरबास(होम स्टे) बनाउन गाउलेलाई प्रोत्साहित गर्दै छ । होम स्टे सञ्चालनका लागि गत बर्ष नै तालिम दिलाई सकिएको उनले बताए । ककरपत्त क्षेत्रमा कार्यक्रम गर्नका लागि करिब ५ सय जना अट्ने बहुदेश्यि सभा हल,कोशेली भवन समेत निर्माण भई सकेको छ । थारु संस्कृति देखाउनका लागि साँस्कृतिक टोली बनिसकेको छ । थारु संस्कृतिको खाना परिकार जति खेर पनि खान पाउने गरि गाउलेहरु लागेको कोलवृक्ष पर्यटन विकास संस्थाका अध्यक्ष नरेन्द्र चौधरीले जानकारी गराएका थिए ।