नवलपरासी,१३ साउन
जिल्ला स्थित पृथ्वीचन्द्र अस्पताल परासीको लागि २० करोड लागतको मुख्य अस्पताल भवनको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवतmा तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी एक समारोह विच सो भवनको शिलान्यास गरि भवन निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।
शताब्दी पुरानो राणाकालिन पृथ्वीचन्द्र अस्पताल विभिन्न कालखण्डमा स्तरोन्नती हुदै अहिले ५० सैयाको अस्पतालमा स्तरोन्नती भए पनि भौतिक पुर्वाधार अभावले पुर्ण रुपमा अस्पताल सञ्चालन गर्न समस्या रहेको थियो । लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री हुदै मन्त्रि चौधरीले आफ्नै गृह जिल्लामा अस्पतालको भौतिक पुर्वाधार विकासका लागि अस्पतालमा यति ठूलो लगानी गरेको पहिलो योजना हो । भवनको शिलान्यास गर्दै मन्त्रि चौधरीले अस्पताल भित्र दुई बर्ष भित्रै भवन निर्माण भए पछि विशेषज्ञ सहितको सेवा दिनमा सक्षम हुने विश्वास ब्यतm गरेका थिए । अहिले सैद्धान्तिक रुपले अस्पतालको स्तरोन्नती भए पनि पुर्वाधार नहुदा पुर्ण रुपमा सेवा दिन सकेको छैन्,उनले भने,केही बर्ष भित्रै अस्पतालको मुहार फेरिने छ । जनताले जिल्लामै स्वास्थ्य सेवा पाउने छन् । उनले अस्पतालसँगै यो बर्ष एक अर्ब बढिको भौतिक पुर्वाधारमा काम भई रहेको जानकारी समेत गराएका थिए ।
केही बर्षमा अस्पताल रहेको परासी बजार क्षेत्रमात्र नभई नवलपरासी जिल्लाकै मुहार फेरिने दाबी गर्दै मन्त्री चौधरीले गणतन्त्रको उपलब्धी भित्र यसलाई लिन सकिने बताए । केन्द्रिय शासन प्रणाली हुदा पहुँच हुने जिल्लाले बजेट पाउने र विकास हुने प्रवृति थियो,उनले थपे, तर अहिले गणतन्त्र ब्यवस्थाले नै बजेट वितरण प्रणालीले पुरै नेपालको एक नासले सन्तुलित विकास भई रहेको छ । संघ,प्रदेश र स्थानिय तहबाट छुट्टा छुट्टै जनताको आवश्यकता पहिचान गरि प्राथमिकताको आधारमा विकास निर्माणको काम हुनुका साथै त्यसबाहेक तिनै सरकारको साझेदारीमा पनि विकासका आयोजनाले नेपालमा विकासको लहर ल्याएको बताएका थिए ।
अस्पताल भवनको प्रकार अनुसार प्राथमिक अस्पताल क बर्ग को टाईप २ अनुसार अस्पतालको मुख्य भवनको कुल लागत २० करोड ७८ लाख १६ हजार ६ सय २६ भ्याट सहितको आयोजना रहेको छ । श्याम सुन्दर÷एन.बि. जे.बि नयाँ बानेश्वर काठमाडौले निर्माणको काम सम्पन्न गर्ने गरि ठेक्का कबोल गरेको छ । १ हजार ७ सय ३७ बर्ग मिटर आयोजना स्थलको क्षेत्रफलमा ३ तल्ले भवन निर्माण हुनेछ । २०७८ असार १४ गते कार्यको प्रारम्भ गरि २०८० असार २९ मा सम्पन्न गर्ने गरि आयोजनाको सम्झौता भएको जानकारी गराएको थियो ।
आयोजना भित्र भवनसँगै,पार्किगँ निर्माण,पर्खाल निर्माण तथा हरियाली बगैचा समेत निर्माण हुनेछ । सो भवनबाट अस्पतालले ओपिडी सेवा,आकास्मिक सेवा,प्याथोलोजिल्याब सेवा,फार्मेसी सेवा,अवजर्वेसन ट्रिटमेन्ट,ब्लडबैंक,एक्स रे कक्ष,कुरुवा कक्ष,रिकभरी हल,अपरेटिगँ थ्रेटर,२० पि.एस.जि. बेड लिफ्ट(१ हजार २ सय ५० केजीसम्म क्षमताको),खोपकेन्द्र,इसिजि र युएसजी सेवा,फिजियो थेरापी सेवा,प्रसुती गृह,जनरल वाड,विशेषज्ञ वाड,डाक्टर र नर्स कक्ष,सर्जिकल वाड,आइसोलेसन युनिट,डेण्टल क्लिनिक,डेण्टल वर्कसप,चेन्जिगँकक्ष,साइकोलोजिकल कन्सल्टिगँ सेवा,बहुदेश्यि हल,पुस्तकालय तथा प्रशासन शाखा समेत सञ्चालन हुने गरि भवन निर्माण हुन लागेको हो ।
त्यसै गरि अस्पताल भित्रै दोश्रो आयोजना पनि संगै संचालन हुने जुन भारतिय दुताबासको सहयोगमा बनेको अस्पतालको भवन माथि ट्रस भवनका लागि पनि १ करोड ९७ लाख ३० हजार ७ सय ९६ भ्याट सहितको रकम रहेको जानकारी गराइएको थियो । अस्लिन कन्ट्रक्सन प्रा.लि. भतmपुरले ठेक्का कबोल गरेको उतm भवनको कुल क्षेत्रफल १ हजार १ सय ७३ बर्ग मिटर रहेको छ । उतm अयोजना २०७८ जेठ ९ देखी शुरु भई २०७८ माघ २८ भित्र सम्पन्न गर्ने गरि सम्झौता भएको छ । ट्रस भवन निर्माण हुनासाथ त्यसमा डेण्टल सेवा,साईकोलोजिकल कन्सटिगँ सेवा,मनोचिकित्सक सेवा,बैठक तथा कर्मचारी आवासमाम उपयोग हुने छ । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीको अध्यक्षतामा भएको थियो । उतm कार्यक्रममा संघिय संसद राष्ट्रिय सभा सदस्य रामलखन हरिजन,प्रदेश साँसद दिपेन्द्र अधिकारी,बैजनाथ कलवार,संविधानसभा सदस्य घनश्याम यादव लगायतका जनप्रतिनिधिहरुको समेत विशेष उपस्थिती रहेको थियो ।